वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

वालिङ,१ चैत- दमक उद्योग वाणिज्य संघबाट चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको टाेलीलाई वालिङ उद्याेग वाणिज्य संघले एक कार्यक्रमका विच स्वागत गरेकाे छ। टाेलीलाई वालिङ उद्याेग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ सहितका पदाधिकारीहरुले स्वागत गर्नुभएकाे थियाे। 

दुई उद्याेग वाणिज्य संघका बिचअनुभव आदानप्रदानका साथै संघहरुले गरेका विभिन्न गतिविधिहरुको बारेमा छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो । 

दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा सहभागी ब्यावसायीहरुकाे टाेली र वालिङ उद्याेग वाणिज्य संघका पदाधिकारी एवं ब्यावसायीहरुले आ–आफ्नो संघका गतिविधिहरु र समसामयीक तथा ब्यवसायीक समस्याहरुको बारेमा भनाइ राख्नुभएकाे थियाे।

कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाायण श्रेष्ठले हाम्रो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले न्युन विजकीकरण लगायतका ब्यवसायीका कतिपय साझा समस्याहरु समाधानमा उल्लेखनीय भूमिका खेल्नुपर्ने कुरा ब्यक्त गर्नुभएको थियो ।  

सोही अवसरमा दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेउवामहासंघका केन्द्रीय गोकुल श्रेष्ठले नेउवामहासंघमा जिल्ला÷नगर उद्योग वाणिज्य संघका समस्याहरुलाई जोडदार रुपमा उठान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

दुई उद्याेग वाणिज्य संघका पदाधिकारी एवं ब्यावसायीहरुले हाेली पर्व समेत परेकाेले एक आपसमा रंग दलेर हाेली पर्व समेत मनाएका थिए। 

ताजा

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

२०८३ असार ३० गते, मंगलवार

मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस

२०८३ असार २९ गते, सोमबार

वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित

२०८३ असार २८ गते, आईतवार

श्रमजीवी पत्रकारको करार नतोड्न  नेपाल पत्रकार महासंघको आग्रह

२०८३ असार २६ गते, शुक्रबार

मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ

२०८३ असार २६ गते, शुक्रबार

विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले

२०८३ असार २६ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal