वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
वालिङ,१ चैत- दमक उद्योग वाणिज्य संघबाट चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको टाेलीलाई वालिङ उद्याेग वाणिज्य संघले एक कार्यक्रमका विच स्वागत गरेकाे छ। टाेलीलाई वालिङ उद्याेग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ सहितका पदाधिकारीहरुले स्वागत गर्नुभएकाे थियाे।
दुई उद्याेग वाणिज्य संघका बिचअनुभव आदानप्रदानका साथै संघहरुले गरेका विभिन्न गतिविधिहरुको बारेमा छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा सहभागी ब्यावसायीहरुकाे टाेली र वालिङ उद्याेग वाणिज्य संघका पदाधिकारी एवं ब्यावसायीहरुले आ–आफ्नो संघका गतिविधिहरु र समसामयीक तथा ब्यवसायीक समस्याहरुको बारेमा भनाइ राख्नुभएकाे थियाे।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाायण श्रेष्ठले हाम्रो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले न्युन विजकीकरण लगायतका ब्यवसायीका कतिपय साझा समस्याहरु समाधानमा उल्लेखनीय भूमिका खेल्नुपर्ने कुरा ब्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेउवामहासंघका केन्द्रीय गोकुल श्रेष्ठले नेउवामहासंघमा जिल्ला÷नगर उद्योग वाणिज्य संघका समस्याहरुलाई जोडदार रुपमा उठान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
दुई उद्याेग वाणिज्य संघका पदाधिकारी एवं ब्यावसायीहरुले हाेली पर्व समेत परेकाेले एक आपसमा रंग दलेर हाेली पर्व समेत मनाएका थिए।

ताजा
देशभरको मौसम सफा रहने पूर्वानुमान
२०८२ कार्तिक २७ गते, बिहीबार
देशभरको मौसम सफा रहने पूर्वानुमान
२०८२ कार्तिक २७ गते, बिहीबार
३२ वर्ष सेवा गरेका भण्डारीलाई विद्यालयले गर्याे सम्मान
२०८२ कार्तिक २६ गते, बुधबार
एमालेद्वारा संविधानको रक्षार्थ स्याङ्जामा शान्तिपूर्ण ¥याली
२०८२ कार्तिक २५ गते, मंगलवार
प्रतिष्ठान स्याङ्जाको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा गौडेल
२०८२ कार्तिक २३ गते, आईतवार
यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान
२०८२ कार्तिक १९ गते, बुधबार
जेष्ठ नागरिक स्कुल सञ्चालनको तयारीमा रामपुर
२०८२ कार्तिक १७ गते, सोमबार
हरिबाेधिनी एकादशी फाेटाे फिचर
२०८२ कार्तिक १५ गते, शनिबार
आज हरि बोधिनी एकादशी : घरमा तुलसीलाई दामोदरसँग विवाह गरिँदै
२०८२ कार्तिक १५ गते, शनिबार
मानिसलाई देवता र धर्तीलाई स्वर्ग बनाउने महाअधियान उत्तरवाहिनी धर्मोत्सव
२०८२ कार्तिक १४ गते, शुक्रबार





















