लगानीकर्ता शिक्षा कार्यक्रम

वालिङ,९कात्तिक– वालिङमा लगानी कर्ता शिक्षा तथा सचेतन अभिवृद्धि कार्यक्रम गरिएको छ । नेपाल धितोपत्र बोर्डले यही कात्तिक ६ देखि १२ गतेसम्म विविध कार्यक्रम गरी विश्व लगानीकर्ता सप्ताह २०२४ मनाइरहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्डको सझदारी अनुसार नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी र वालिङ उद्योग वाणिज्य संघको सहकार्यमा विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा लगानी कर्ता शिक्षा तथा सचेतन अभिवृद्धि कार्यक्रम वालिङमा बिहीबार गरिएको हो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका सल्लाहकार तथा निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांणले सेयर बजारमा प्राथमिक बजार र दोस्रो बजारमा सेयर कारोबारका बारेमा भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटाले धितोपत्र बोर्डको कार्य र शेयर बजारका बारेमा प्रकाश पार्नुभएको थियो ।
यसै गरी मियो सेक्युरिटिजका कार्यकारी प्रमुख सुमन मल्लले स्टक मार्केट, सेयर बजार प्रवेश, नेप्सेलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो भने नेपाल धितोपत्र बोर्ड निर्देशक रञ्जना थकलभट्टले लगानीको निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरु, धितोपत्र, प्राथामिक बजार, धितोपत्रको दोस्रो बजार मूल्यमा प्रभाव पार्ने तत्व, विवेकशील लगानीकर्ता कसरी हुने, सेयरधनीको हकअधिकार, धितोपत्र सम्बन्धी कसुरलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा व्यापारी, व्यवसायी, बैंक तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

ताजा

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal