विकास र यसका वहुआयामीक क्षेत्रहरु

विकास शब्द सँग हामी सबै परिचित छौं र आजको हाम्रो समाजमा सर्वसाधारण नागरिकदेखि राजनीतिज्ञ, उद्योगी ब्यवसायी, नागरिक समाज तथा उच्च ओहदामा रहेका ब्यक्तिहरुले धेरै प्रयोग गर्ने शब्दका रुपमा विकास शब्द रहेको छ ।
विकास भनेको हाम्रो समाजमा विध्यमान राजनैतिक, सामाजिक, आर्थिक, सास्कृतिक पक्षहरुको सकरात्मक परिर्वतनका साथ समुन्नत प्रगति हुनु हो। तसर्थ विकासलाई हामीले जसरी बुझेका छौ त्यो भन्दा धेरै गहिराईमा गए मात्र यसको वास्तविकता सँग हामी नजिक हुन सक्छौ ।
विकास सम्वन्धि अवधारण मानव सभ्यताको विकास क्रमसँगै कुनै न कुनै रुपमा प्रचालित रहदै आएको भएता पनि १८ औं शताब्दिमा युरोपले आलम्वन गरेको पँुजिबादी आवधारण अन्र्तगत आर्थिक समृद्धितर्फ उन्मुख हुने रणनीति पछि विकासको आधारणले मुर्तरुप पाउन थालेको देखिन्छ । अर्थशास्त्री एडम स्मिथको खुला अर्थतन्त्रीय अवधारणाले पनि आर्थिक समृद्धिलाई नै विकासको मुल आधार मानेको छ। यसै विचमा कार्लमाक्सले वर्ग सङ्घर्षको प्रतिफल, श्रमिक वर्गहरुको हित र उन्नतिको स्वरुप लाई नै वास्तविक विकास हो भनेका छन् ।
विकास भन्ने शब्द धैरै अवयबहरु संग सम्वन्धित हुन्छ। विकासलाई हेर्ने दृष्टिकोण ब्यक्ति , ठाँउ, समाज, देश र त्यहाँको आवश्कता अनुशार फरक फरक हुने गर्दछ । विकसित देश र हाम्रो जस्तो विकाशन्मुख देशको आवश्यकता फरक-फरक हुने हुदा विकासलाई हेर्ने दृष्टिकोण पनि फरक-फरक हुन्छ । एक ब्यक्ति वा समाजको आवश्यकता अर्को व्यक्ति वा, समाजको लागि विलासिताको साधन हुन सक्छ । त्यस कारण नागरिकको जीवन स्तरमा वृद्धि भई व्यक्ती, समाज र मुलुक समृद्ध हुदै जानु नै विकास हो। तसर्थ कुनै एक क्षेत्रको विकासलाई मात्र विकास भन्न सकिदैन्, विकासलाई सम्पूणर्तामा हेरिनु पर्दछ, एक पक्षको विकास मात्र अपूणर् हुन्छ ।

विकास सँग सम्बन्धित वहुआयामिक क्षेत्रहरुः
विकास एउटा बहुआयामिक र निरन्तर चलिरहने विषय भएकोले निम्न पक्षहरु संग प्रत्यक्ष अन्तर सम्वन्ध रहेको हुन्छ ।

राजनैतिक विषय – राजनीतिज्ञहरु विकासलाई राजनीतिसंग जोडेर कुरा गर्न चाहान्छन । वास्तवमा राजनीति नीतिहरुको प्रधान नीति हो । मूलुक संचालन तथा विकसका लागि आवश्यक नीतिहरु राजनीतिले नै तय गर्ने गर्दछ । त्यसकारण राजनैतिक स्थिरता, लोकातन्त्र र स्थिर सरकार भयो भने मात्र राजनैतिक विकास सम्भव छ। शासकिय प्रणाली, आवधिक निष्पक्ष निर्वाचन, स्वतन्त्रता, मानवअधिकार, मौलिकहक, स्वस्थ प्रतिस्पर्धा, सहिष्णु राजनैतिक प्रणली जस्ता विषयहरु राजनैतिक विकास अन्र्तगत पर्दछन। हाम्रो संघिय संसदिय प्रणलीमा संसदबाट आवश्यक नीति निर्माण गरि कार्यान्वयनका लागि लैजाने गरिन्छ ।
नेपालको सन्र्दभमा कुरा गर्दा २००७ साल देखि आज सम्मको राजनैतिक यात्रामा ठुलो प्रगति भएको छ। एक दलिय निरंकुस जाहानिय साशन व्यवस्थाबाट आज हामी संघिय लोकतान्त्रीक गणतन्त्रात्मक मूलुकको रुपमा विकास गर्न सफल भएका छांै र एक ढंगले कुरा गर्दा राजनैतिक विकासको चरण पुरा भएको छ। तर अव यसलाई स्थितरतामा लैजान आवश्यक छ।

सामाजिक विकास –
सामाजिक विकास भनेको सामाजिक जीवनमा सकरात्मक परिवर्तन ल्याई सार्वजनिक सेवामा छनोटको अवसर प्रदान गर्नु हो। परम्परागत गलत रिति रिवाजको अनत्य हुदै सभ्य र शु-सम्पन्न समाजको निर्माण हुदै जानु लाई सामाजिक विकास भनिन्छ । समाजमा विभिन्न परम्परागत कुरितिहरुले जरा गाडिरहेको हुन्छन र जहिले सम्म त्यसको अन्तय गर्न सकिदैन तव सम्म सभ्य सामाज निर्माण गर्न सकिदैन। सामाजिक विकास मानिसको क्षमता विकास संग सम्बन्धित हुन्छ। नागरीकहरुका सरोकारका विषयहरु शिक्षा, स्वास्थ, खानेपानी, सरसफाई, रोजगारीको अवसर, शुसाशन र सामाजिक सदभाव सामाजिक विकास अन्र्तगत पर्दछन ।

आर्थिक विकास –
मूलुकको अर्थव्यवस्थामा भएको सकरात्मक परिर्वतनको अवस्थालाई आर्थिक विकास भनिन्छ। अर्थशास्त्रीहरु आर्थिक क्षेत्रको विकाश भएको अवस्थामा मात्र विकास भएको राय राख्दछन। राजनैतिक तथा सामाजिक क्षेत्रको विकासको लागि पनि अर्थको आवश्यकता पर्दछ र आर्थिक अभावमा हामीले राजनैतिक र सामाजिक विकासलाई अगाडि बढाउन सक्दैनौ ।
प्रतिव्यक्ति आयमा वृद्धि , राष्ट्रिय आयमा वृद्धि, उत्पादन क्षमतामा बृद्धि, उघोग घन्दाको स्थापना, पुर्वाधार विकास, सहरीकरण जस्ता विषयहरु आर्थिक विकासमा पर्दछन। आर्थिक विकामका लागि पुँञ्जी, सिप, अनुभव, ज्ञान र प्रविधिलाई उपयोग गरी शहरदेखी गाँउ सम्म, आर्थिक कृयाकलाप बढाउन, नागरिकहरुमा व्यवसायिकता बृद्धि गर्न तथा मझौला र ठुला उद्योगहरुको स्थापना गर्न आवश्यक छ। हामीले राजनैतिक परिवर्तन गरे पनि आर्थिक तथा सामाजिक विकासमा धेरै प्रगति गर्न सकिरहेका छैनौ। आर्थिक विकास हाम्रो जस्तो मूलुकको एक जटिल र संवेदनशिल विषय हो ।
आर्थिक विकास भनेको एक लामो र निरन्तर प्रकृया हो। आर्थिक विकासको मुख्य उद्देश्य उत्पादन संगै वितरण, आयसंगै बचत, नागरिकको जीवन स्तरमा सुधार, रोजगारी संगै अवसर सृजना तथा गरिवी न्युनिकरण आदिमा जोड दिनु पर्दछ। मुलुकलाई आर्थिक विकासको बाटोमा हिडाउन सरकार, नीजिक्षेत्र, सहकारीक्षेत्र, सामुदायिक संघ सस्था, गैह्र सरकारी संस्था नागरिक समाज र आम नागरिकको सकृय भूमिका आवश्यक रहन्छ।
त्यस कारण यी बहुआयामिक क्षेत्रहरुको सकरात्मक विकासले मात्रै मूलुकलाई समृद्ध बनाउन सकिन्छ। हामीले व्यवस्था परिर्वतन त गर्यौ तर राजनैतिक स्थिरता कायम गर्न सकेनौ। प्छिल्लो २० वर्षमा १९ पटक सरकार परिवर्तन हुनु यसको उदाहरण हो। स्थापित राजनैतिक दलहरुप्रति नागरिकहरुको अविश्वास र नयाँ दलहरुको आगमनले पनि स्थिरता कायम गर्न सकिरहेका छैनौ। त्यसै गरी सामाजिक क्षेत्रमा पनि हामील्ो चाहेजस्तो गरी सकरात्मक परिवर्तन हुन सकिरहेको छैन । शिक्षा, स्वास्थ, रोजगारी जस्ता आम सामाजिक सरोकारका विषयहरुमा समेत विविध समस्याहरु यथावत छन। गुणस्तरिय शिक्षा र रोजगारीका लागि ठुलो जनशक्ती बाहिरिनु दःुखद पक्ष हो।
यसैगरी अर्को महत्वपूणर् पक्ष आर्थिक विकासको अवस्था पनि सन्तोष जनक छैन। आयात बढदो छ। प्रतिव्यक्ति आय, उत्पादन क्षमतामा न्यून मात्रामा बृद्धि भएको छ। खर्च गरिएका रकमहरु सही सदुपयोग भएका छैनन। गुणस्तरियता नहुनु, भ्रष्टाचार बढनु, नागरिकको आवश्यकता र अपेक्षा भन्दा पनि माथिबाट योजना लादिनु जस्ता समस्याहरुले लगानी अनुसारको प्रतिफल प्राप्त हुन सकिरहेको छैन।
त्यस कारण विकास र यसका बहुआयामिक पक्षहरुको सहि विश्लेषण गरी सबै नागरिकहरु जिम्मेवार बन्दै खबरदारिका साथ विकास प्रकृयामा लाग्नु आजको आवश्कता हो ।

(लेखक पौडेल नेकपा एमाले वालिङ नगर कमिटी अध्यक्ष हुनुहुन्छ ।)

ताजा

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता

२०८३ जेष्ठ १९ गते, मंगलवार

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन

२०८३ जेष्ठ १५ गते, शुक्रबार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal