संस्कार संरक्षणका लागि उत्तरवाहिनीमा महोत्सव

सम्पादकीय

हराउदै गएको संस्कारको संरक्षण र प्रवद्धनका लागि उत्तरवाहिनीमा मातापिता पूजन गण्डकी शालग्राम दामोदर महोत्सव गरिने भएको छ ।
महोत्सव भन्ने वित्तिकै झट्ट सुन्दा हामी जो कोही लाई पनि लाग्न सक्छ । विभिन्न प्रकारका व्यापार व्यावसायका साथै गाना बजाना एवं लोक तथा दोहोरी कलाकार, हास्य कलाकारको प्रस्तुतीहरु होलान भन्ने तर स्याङ्जाको मालुङ्गा र पाल्पाको र असेर्दीमा यही कात्तिक ९ गते देखि ३० सम्म संचालन हुने महोत्सव भने अल्लि पृथक शैली र भावका साथै आयोजना गरिएको छ । आधुनिक्ताको विकास संगै हराउदै गएका हाम्रा परम्परा र संस्कारको संरक्षण एवं प्रवद्धनका साथै बढ्दो प्रविधिको विकास संगको साक्षतकारलाई समेत आत्मसात गर्ने योजना अनुरुप कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान र कालीगण्डकी गुरुकुलम्को आयोजनामा एकै साथ मालुङ्गा र असेर्दी दुवै स्थानमा कार्यक्रम गर्न लागिएको हो । यस प्रकारको महोत्सव नेपालमै पहिलोपटक गर्न लागिएको आयोजकको दावी रहेको छ ।

आफ्ना मातापिता प्रति सन्तान्ले भुल्दै गएको जिम्मेवारी र आश्रमा लगेर छाडिदिने प्रवृद्धिको बढ्दो क्रमलाई रोकी आमाबावु प्रति छोराछोरीले गर्नुपर्ने दायीत्वको बोध गराउन मातापिता पूजन कार्यक्रम राखिएको हो । महामहोत्सवमा मातापिताको प्रत्यक्ष एव्ां मानसपुजन, महापुरुषहरुद्वारा दिव्य प्रवचन, समग्र योग अनुशासन, प्राणायम, ध्यान तथा साधाना, हातहातमा दिपक लिएर गण्डकी एवं दामोदरको आरती, सविधि कार्तिक स्नान तथा उत्तरवाहिनी गण्डकी मञ्त्रोच्चारणपुर्वक जिवन जिउने कला, तनाव व्यवस्थापन, मातापिताको सेवा लगायत विधाका अनुपम प्रशिक्षण, शिक्षा आध्यात्म, संस्कृति क्षेत्रको प्रेरक, विज्ञहरुको सम्मेलन, गोष्ठी सेमिनार, आयुर्वेद योग र प्राकृतिक उपचार, कर्मकाण्ड, ज्योतिष एवं वास्तु शास्त्रको सरलतम प्रशिक्षण, विशिष्ट सन्त, वैज्ञानिकहरुको बीचमा अन्तरसंवाद लगायतका कार्यक्रमहरु राखिएको छ । जो आफैमा अति महत्वपूणर् छन् । हिन्दु धर्ममा अति पवित्र मानिएकी विश्वमा एक मात्र शालग्राम पाहिने कालीगण्डकी (कृष्ण गण्डकी) को तटमा हुने यो पवित्र कार्यले यस क्षेत्रको मात्रै नभएर समग्र मानव जातिको कल्याणका निम्ति कोसेढुङ्गा सावित हुनेछ ।
गुरुकुलम्लाई व्यवस्थित रुपमा संचालन गर्नुका साथै दिगोपना दिन अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथै आयोजना हुन गहिरहेको महोत्सवको पूणर् सफलताको शुभकामना ।

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal