संस्कार संरक्षणका लागि उत्तरवाहिनीमा महोत्सव

सम्पादकीय

हराउदै गएको संस्कारको संरक्षण र प्रवद्धनका लागि उत्तरवाहिनीमा मातापिता पूजन गण्डकी शालग्राम दामोदर महोत्सव गरिने भएको छ ।
महोत्सव भन्ने वित्तिकै झट्ट सुन्दा हामी जो कोही लाई पनि लाग्न सक्छ । विभिन्न प्रकारका व्यापार व्यावसायका साथै गाना बजाना एवं लोक तथा दोहोरी कलाकार, हास्य कलाकारको प्रस्तुतीहरु होलान भन्ने तर स्याङ्जाको मालुङ्गा र पाल्पाको र असेर्दीमा यही कात्तिक ९ गते देखि ३० सम्म संचालन हुने महोत्सव भने अल्लि पृथक शैली र भावका साथै आयोजना गरिएको छ । आधुनिक्ताको विकास संगै हराउदै गएका हाम्रा परम्परा र संस्कारको संरक्षण एवं प्रवद्धनका साथै बढ्दो प्रविधिको विकास संगको साक्षतकारलाई समेत आत्मसात गर्ने योजना अनुरुप कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान र कालीगण्डकी गुरुकुलम्को आयोजनामा एकै साथ मालुङ्गा र असेर्दी दुवै स्थानमा कार्यक्रम गर्न लागिएको हो । यस प्रकारको महोत्सव नेपालमै पहिलोपटक गर्न लागिएको आयोजकको दावी रहेको छ ।

आफ्ना मातापिता प्रति सन्तान्ले भुल्दै गएको जिम्मेवारी र आश्रमा लगेर छाडिदिने प्रवृद्धिको बढ्दो क्रमलाई रोकी आमाबावु प्रति छोराछोरीले गर्नुपर्ने दायीत्वको बोध गराउन मातापिता पूजन कार्यक्रम राखिएको हो । महामहोत्सवमा मातापिताको प्रत्यक्ष एव्ां मानसपुजन, महापुरुषहरुद्वारा दिव्य प्रवचन, समग्र योग अनुशासन, प्राणायम, ध्यान तथा साधाना, हातहातमा दिपक लिएर गण्डकी एवं दामोदरको आरती, सविधि कार्तिक स्नान तथा उत्तरवाहिनी गण्डकी मञ्त्रोच्चारणपुर्वक जिवन जिउने कला, तनाव व्यवस्थापन, मातापिताको सेवा लगायत विधाका अनुपम प्रशिक्षण, शिक्षा आध्यात्म, संस्कृति क्षेत्रको प्रेरक, विज्ञहरुको सम्मेलन, गोष्ठी सेमिनार, आयुर्वेद योग र प्राकृतिक उपचार, कर्मकाण्ड, ज्योतिष एवं वास्तु शास्त्रको सरलतम प्रशिक्षण, विशिष्ट सन्त, वैज्ञानिकहरुको बीचमा अन्तरसंवाद लगायतका कार्यक्रमहरु राखिएको छ । जो आफैमा अति महत्वपूणर् छन् । हिन्दु धर्ममा अति पवित्र मानिएकी विश्वमा एक मात्र शालग्राम पाहिने कालीगण्डकी (कृष्ण गण्डकी) को तटमा हुने यो पवित्र कार्यले यस क्षेत्रको मात्रै नभएर समग्र मानव जातिको कल्याणका निम्ति कोसेढुङ्गा सावित हुनेछ ।
गुरुकुलम्लाई व्यवस्थित रुपमा संचालन गर्नुका साथै दिगोपना दिन अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथै आयोजना हुन गहिरहेको महोत्सवको पूणर् सफलताको शुभकामना ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal