उत्तरवाहिनीमा मातापिता पूजन दामाेदर महोत्सव हुने
वालिङ,६ कात्तिक- पवित्र कालीगण्डकी नदी किनार उत्तरवाहिनीमा मातापिता पुजन एवं गण्डकी शालग्राम दामोदर महामहोत्सव हुने भएको छ ।
कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान र कालीगण्डकी गुरुकुलमको आयोजनामा महोत्सव गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष चैतण्यकृष्णले जानकारी दिनुभयो । यही कात्तिक ९ देखि ३० गतेसम्म संचमला हुने महोत्सवमा गल्याङ नगरपालिका वडा नम्बर १ मालुंगा र पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ अर्सेदीमा रहेको धामका दुवै स्थानहरुमा कार्यक्रम गरिने मंगलबार कालीगण्डकी गुरुकुलम असेर्दीमा आयोजित पत्रकार सम्मेलनमा जनकारी गराइएको छ ।

पछिल्लो समय मातापिताप्रतिको सम्मान र सेवाभाव हराउन थालेको भन्दै प्रतिष्ठानले महोत्सवको आयोजना गर्ने भएको हो ।
उक्त महामहोत्सवमा मातापिताको प्रत्यक्ष एव्ां मानसपुजन, अनेकौँ महापुरुषहरुद्वारा दिव्य प्रवचन, समग्र योग अनुशासन, प्राणायम, ध्यान तथा साधाना, हातहातमा दिपक लिएर गण्डकी एवं दामोदरको आरती, सविधि कार्तिक स्नान तथा उत्तरबाहिनी गण्डकी मञ्त्रोच्चारणपुर्वक जिवन जिउने कला, तनाव व्यवस्थापन, मातापिताको सेवा लगायत विधाका अनुपम प्रशिक्षण, शिक्षा आध्यात्म, संस्कृति क्षेत्रको प्रेरक, विज्ञहरुको सम्मेलन, गोष्ठी सेमिनारहरु, आयुर्वेद योग र प्राकृतिक उपचार, कर्मकाण्ड, ज्योतिष एवं वास्तु शास्त्रको सरलतम प्रशिक्षण, विशिष्ट सन्त, वैज्ञानिकहरुको बीचमा अदभुत अन्तरसंवाद रहने प्रतिष्ठानका अध्यक्ष चैतण्यकृष्णले जानकारी दिनुभयो ।

प्रतिष्ठानद्वारा सञ्चालित गुरुकुलममा ३३ जना विभिन्न जिल्लाका विद्यार्थीहरु अध्ययनरत छन् । विद्यार्थीहरुको अध्ययन तथा प्रतिष्ठानलाई दिगोपनाका लागि महामहोत्सवको आयोजना गरिएको हो । गुरुकुलममा विद्यार्थीहरु निशुल्क रुपमा अध्ययन गरिरहेका छन् ।
निशुल्क विद्यादान, अन्नदान र जिवनदानका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्य राखेर महामहोत्सवको आयोजना गरिएको अध्यक्ष चैतन्यकृष्णले जानकारी दिनुभयो । ११ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ गर्न लागिएको महामहोत्सवमा खर्च भने कम हुने आयोजकको दावी छ । कात्तिक १ गतेदेखि हरेक दिन अनुष्ठानका कार्यहरु भईरहेको बताउदै ९ गतेबाट आफ्ना आमाबुवाहरुलाई कालीगण्डकी तटमा रहेको उत्तरवाहिनीमा ल्याइ सेवाभाव, आमाबुवाप्रतिको कर्तव्य भाव जागृत गराउन यो कार्यक्रम गरिएको हो । आफ्ना दिवंगत बुवाआमाको सम्झनामा समेत फोटो राखेर पुजा गर्न सकिने भएकाले जेष्ठ आमाबुवाहरुका लागि निशुल्क आवासीय व्यवस्थापन गरिएको समेत पत्रकार सम्मेलनमा जनकारी गराइएको छ ।
उत्तरवाहिनीको महत्व उजागर गर्दै आफ्ना आमाबुवाप्रतिको कर्तव्य सन्तानले नभुलुन भन्ने हेतुले यो महामहोत्सव गर्न लागिएको हो ।

ताजा
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार





















