स्नातक तहका प्रश्नपत्र अब  अङ्ग्रेजी र नेपाली दुवै भाषामा

काठमाडाैँ,५ कात्तिक- त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने  भएको  छ । 

त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईलाई  उक्त निर्णयबारे  सोमबार जानकारी गराउँदै लेखेको पत्र अनुसार यसअघिको   मन्त्रालयको पत्रमा उल्लेख गरिएअनुसारको पहिलो चरणमा  शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने ब्यहोरा समेत जानकारी गराउँदछु भनिएको छ ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गतेको बसेको बैठकबाट निर्णय गरिएको थियो।

ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

बुद्धको प्रतिमा र राताम्मे पहाड

२०८२ असार २५ गते, बुधबार

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

२०८२ असार २५ गते, बुधबार

मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती

२०८२ असार २४ गते, मंगलवार

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

२०८२ असार २४ गते, मंगलवार

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती

२०८२ असार २० गते, शुक्रबार

मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद

२०८२ असार २० गते, शुक्रबार

भीरकोटमा उत्कृष्ट कृषक सम्मानित

२०८२ असार १९ गते, बिहीबार

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

२०८२ असार १९ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal