वालिङ नगरपालिकाद्वारा पशुपालक किसानलाई अनुदान, अनुदान पाएपछि किसान उत्साहित
मणी प्रसाद अर्याल
वालिङ,१३ साउन- वालिङ नगरपालिकाले पशुपालक किसानलाई प्रति लिटर रु १० रुपैँयाका दरले अनुदान उपलब्ध गराएको छ । नरपालिकाबाट अनुदान पाए संगै दूग्ध उत्पादक किसानहरु उत्साहीत भएका छन् ।
नगरपालिकाले झण्डै सवा सात लाख अनुदान रकम वितरण गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को गाईभैंसी प्रवद्र्धन शिर्षक अन्तर्गत किसानहरुलाई प्रति लिटर रु १० रुपैयाँका दरले अकला नमूना साना किसान कृषि सहकारी सहित ४० जना किसानलाई आइतबार ७ लाख १६ हजार ९ सय २ रुपैयाँ अनुदान रकम वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिका ८ मा मुख्य कार्यालय रहेको अकला नमूना साना किसान कृषि सहकारीले रु १ लाख ७४ हजार रुपैयाँ अनुदान प्राप्त गरेको छ । यसैगरी सबैभन्दा बढि वालिङ १३ गाहखोलाका छविलाल गैह्रेले रु ४४ हजार २ सय २५ रुपैयाँ अनुदान प्राप्त गर्नुभएको छ ।
अनुदान रकमको चेक हस्तान्तरण गर्दै वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले सीमित स्रोत र साधनका बावजुद पनि किसानहरुलाई सहयोग पुगोस भने यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
नेपाललाई कृषि प्रधान देश भनिएपनि व्यवहारमा भने त्यस्तो नदेखिएको र अन्य क्षेत्र भन्दा कृषि क्षेत्र पछाडी परेको बताउदै सुखी नगरवासी र समृद्ध वालिङको नारालाई सार्थक बनाउन यो कार्यक्रमले महत्वपूणै भूमिक खेल्ने नगरप्रमु खाँणको भनाइ रहेको छ ।
यसैगरी नगर उपप्रमुख कविता तिवारीले बाटो घाटो, शिक्षा स्वास्थ्यसँगै मानव संसाधनको पनि विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मानव संसाधनको विकासलाई मुख्य ठानेर कृषिमा अनुदानका कार्यक्रम अगाडि सारेको बताउनुभयो । यो वर्ष दूधमा अनुदानसँगै एउटा गाई खरिदका लागि रु ५० हजार अनुदान सहयोग गर्ने कार्यक्रम लागु गरिएको बताउनुभयो ।
कृषकहरुको उत्थानका लागि दुईदेखि पाँचवटासम्म गाईपाल्न किसानहरुलाई एक ओटा गाई खरिद वापत रु ५० हजार रुपैयाँ अनुदान दिने कार्यक्रम लागु गरिएको जानकारी दिनुभयो ।
ताजा
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार





















