आँधिखोलामा बेपत्ता भएका युवक भेटिए
वालिङ,११ साउन- शुक्रबार आँधिखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक भेटिएका छन् । वालिङ बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत हरिनास गाउँपालिका ५ स्थित बसन्त डाँडा स्थायी घर भएका २३ वर्षीय शिव पोखरेल शनिबार वालिङ नगरपालिका १३ र गल्याङ ८ को सिमाना आँधिखोला किनारमा मृत भेटिएको प्रहरीले जनाएको छ ।