एमाले वालिङ नगरकमिटीको सपथ ग्रहण
वालिङ,१५ असार- नेपाल कम्युनिष्ट पार्टी एमाले वालिङ नगर कमिटीका नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै एमाले केन्द्रीय सचिव तथा पूर्व मन्त्री पद्मा कुमारी अर्यालले एमालेका नेतादेखि कार्यक्रता सबैले पार्टीको अनुशासनलाई पालना गर्नुपर्ने बताउदै पार्टीको हित बिपरितका गतिविधि गर्ने छुट कसैलाई नभएको बताउनुभयो । एमाले पार्टी एउटा सिंगो अभियान भएको बताउदै नेत्रृ अर्यालले भन्नुभयो, ‘देशलाई समृद्ध बनाउने अभियानको नेत्रृत्वदायी भूमीका खेलेको पार्टीका कार्यक्रताहरु पनि सोही रुपमा प्रस्तुत हुनुपर्छ ।’ पार्टीको नीति सिद्धान्तका साथै अहिलेको नयाँ प्रविधिका बारेमा समेत जानकार हुनुपर्ने अर्यालको भनाइ थियो ।
नवनिर्वाचित कमिटीलाई बधाई दिदै अर्यालले मिसन चौरासीलाई पुरा गर्ने गरी अहिले देखि योजना बनाएर लाग्न समेत नेता एवं कार्यक्रतालाई आग्रह गर्दै एमालेले उमेरका आधारमा मात्रै नभएर कामका आधारमा कार्यक्रता तथा नेताहरुको मूल्याङ्कन गरेर उचित जिम्मेवारी दिने समेत बताउनुभयो ।
पार्टीको यही असार ७ र ८ गते आयोजित दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण गराइएको हो । एमाले वालिङ नगर कमिटीका नवनिर्वाचित अध्यक्ष शोभाकान्त पौडेलले सपथ ग्रहण गराउनु भएको हो ।
आगामी तीनवर्षे कार्यकालका लागि आज ७२ जनाले सपथ ग्रहण गरेका छन् । विभिन्न क्लस्टरका अरु तीन जना सदस्य पछि थप गरिने र ७२ को १० प्रतिशत मनोनित सहित ८३ सदस्यीय नगर कमिटी बन्ने अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















