वालिङ १२ वडा कार्यालयद्वारा खेल्कुद सामग्री वितरण

वालिङ,८ असार- वालिङ नगरपालिका वडा नम्बर १२ वडा कार्यालयले आफ्नो वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरेको छ । 

वडाले आ.व. २०८०।०८१ को खेलकुद विकास कार्यक्रमको योजना अनुरुप खेलकुद सामग्री वितरण गरेको हाे। खेल्कुद सामग्री वितरण कार्यक्रममा बोल्दै कार्यवहाक वडा अध्यक्ष धर्मागत पराजुलीले विद्यालयमा अध्ययनरत साना बावुनानीहरुको खेलकुदका माध्यमबाट शारीरिक एवं मानसिक विकासमा सहयाेग पुर्याउने बताउनुभयाे। 

त्यस्तै वडा सदस्य तिल बहादुर डालाले जनप्रतिनिधि समुदायकाे भित्री तह सम्म पुगेर उहाँहरुकाे चाहाना अनुसारकाे काम गर्न लागि परेकाे बताउनुभयाे।

वडा भित्र रहेका ९ वटा सामुदायिक विद्यालयहरुलाई विद्यालयका प्रधानाध्यापकहरु मार्फत उक्त सामग्री वितरण गरेको वडा सचिव पदमप्रसाद पराजुलीले जानकारी दिनुभयाे।  भलिबल जाली, व्याडमिन्टन, लुडो, चेस, स्किपिङ लगायतका  खेलकुद सामग्री वितरण गरिएकाे वडा कार्यालयले जनाएकाे छ । 

विद्यालयहरुलाई खेलकुद सामग्री आवश्यक परेको तर कहि कतैबाट सम्बोधन हुन नसकेको अवस्थामा वडा कार्यले विद्यालयकाे आवश्यकता बुझेर सामग्री उपलब्ध गराएकाेमा  सिर्सेकोट देउराली आधारभूत विद्यालयकी प्रअ गौमती गुरुङले धन्यवाद दिनुभयाे।  

सामुदायिक विद्यालयमा पढ्ने धेरै प्रतिशत बालबालिकाको घरको आर्थिक अवस्थाका कारण खेलकुदमा पहुँच पुग्न नसकेको अवस्था देखेर नै खेलकुद सामग्री वितरण गरिएकाे वडा सचिव पराजुलीले बताउनुभयाे । 

यस अघि वडाले सामाजिक सुरक्षा भत्ता नविकरणका साथै टोलटोलमै पुगेर जेष्ठ नागरिक तथा अपाङगता भएका लाभग्राहीहरु लाई सेवा दिदै आएकाे थियाे।

ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

बुद्धको प्रतिमा र राताम्मे पहाड

२०८२ असार २५ गते, बुधबार

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

२०८२ असार २५ गते, बुधबार

मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती

२०८२ असार २४ गते, मंगलवार

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

२०८२ असार २४ गते, मंगलवार

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती

२०८२ असार २० गते, शुक्रबार

मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद

२०८२ असार २० गते, शुक्रबार

भीरकोटमा उत्कृष्ट कृषक सम्मानित

२०८२ असार १९ गते, बिहीबार

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

२०८२ असार १९ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal