नयाँ वर्षका अवसरमा होमस्टेमा घुइँचो

कावासोती, ३० चैत-  नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबिच रमाइलो गर्ने प्रचलनले नवलपुरका होमस्टेमा पर्यटकको चाप बढेको छ । पर्यटनका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । योसँगै नयाँ वर्षको रौनकताले यहाँका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिएको हो ।

नवलपुरका पर्यटकीय क्षेत्रमा यतिखेर आन्तरिक तथा विदेशी पर्यटकको भिड लागेको छ । यो समयमा वर्षको अन्तिम बिदा मनाउने, परीक्षा सकेर बसेका विद्यार्थीलगायत पर्यटकीय गन्तव्यको भ्रमणमा निस्कन्छन् । ‘अमलटारी मध्यवर्ती होमस्टे’ व्यवस्थापन समितिका अध्यक्ष प्रेमशङ्कर मर्दनिया थारूले जिल्लाको ‘अमलटारी मध्यवर्ती होमस्टे’ मा पछिल्लो समय परिवार, साथीभाइबिच रमाइलो गरी नयाँ वर्ष मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “होमस्टे सञ्चालन भएको पाँच वर्षको अवधिमा होमस्टेमा हालसम्म एक लाख १० हजार पर्यटकले भ्रमण गरेका छन् । थारू समुदायद्वारा सञ्चालित होमस्टेमा दैनिक रूपमा करिब एक सय पर्यटक जङ्गल सफारीका लागि आउने गरेका छन्, जसमा विदेशी पर्यटक बाससमेत बस्ने गर्छन् ।” 

उहाँका अनुसार चैतमा मात्र तीन हजार पर्यटक आइसकेका छन् । नयाँ वर्षको अवसरमा होमस्टेमा घुइँचो हुने गरेको छ । नेपालकै उत्कृष्ट मानिने अमलटारी होमस्टे अध्ययन तथा अवलोकनको गन्तव्यसमेत बनेको उहाँको भनाइ छ ।

चिलाह होमस्टे व्यवस्थापन समितिका अध्यक्ष धनीराम गुरौले होमस्टेमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सामुदायिक वनमा हात्तीमार्फत वन्यजन्तुको अवलोकन तथा डुङ्गा सयर गराउने गरिएको बताउनुभयो । दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ थारू र बोटे जातिको सांस्कृतिक नाच देखाउने गरिएको छ । संस्कृति संरक्षण र स्थानीयको दिगो जीविकोपार्जनका लागि सुरु गरिएको होमस्टेले अहिले व्यावसायिक सफलता पाउँदै गएको छ । पर्यटकलाई दिने सेवामा पनि वृद्धि गर्दै लगेका कारण आन्तरिक पर्यटकले अहिले होमस्टे भरिभराउ भएको गुरौ बताउनुहुन्छ । होटल व्यवसायी नवलपुरका अध्यक्ष सन्तोष रानाले मुख्य पर्यटकीय मौसममा विदेशी पर्यटकको सङ्ख्या पनि बढेको बताउनुभयो । 

अध्यक्ष रानाले भन्नुभयो, “अहिले विद्यार्थीको परीक्षा सकिएको, कर्मचारीको बिदा कटाउने र नयाँ वर्ष पनि परेकाले प्रमुख पर्यटकीय क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटक बढेका छन्,” उहाँले भन्नुभयो, “यसले नवलपुरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाउन ठुलो सहयोग गर्ने विश्वास लिएका छौँ । साथै पछिल्लो समय आर्थिक रूपले समस्यामा परेका पर्यटन तथा होटल व्यवसायीलाई आर्थिक रूपमा बलियो बनाउन ठुलो राहत दिने आशा पलाएको छ ।” आर्थिक तथा पर्यटन विकास मात्र नभएर जैविक पर्यापर्यटनका गतिविधि बढ्नाले यसले संरक्षणको क्षेत्रमा थप टेवा पु¥याउने उहाँको भनाइ थियो ।स्रोतःगोप

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal