गल्याङ महाेत्सव आजदेखि सुरु

वालिङ,३० चैत- तेस्रो गल्याङ महोत्सव आजबाट सुरु भएको छ । गल्याङ उद्योगवाणिज्य संघको आयोजनामा तेस्रो गल्याङ औद्योगिक, ब्यापार तथा कृषि महोत्सव सञ्चालन गरिएको हो । ‘गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पूर्वाधार’ भन्ने नारासहित सुरु भएको महोत्सवको पूर्व कानूनमन्त्री धनराज गुरुङले उद्घाटन गर्नुभयाे।

स्थानीयस्तरमा उत्पादित कृषि तथा हस्तकलाका सामग्रीहरुको ब्यवसायिक प्रवर्धन, धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने, मौलिकरुपमा रहेका कला संस्कृतिहरुको संरक्षण र सम्वर्धनमा जोड दिइएकाे गल्याङ उद्योगवाणिज्य संघका अध्यक्ष डोलप्रसाद श्रेष्ठले बताउनुभयो । महोत्सवको पहिलो दिन राष्टिय कलाकारहरु शिव हमाल, धनश्याम रिजाल र कमला गैह्रे लगायतका कलाकारहरुले आफ्ना प्रस्तुति राखेका थिए ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ करोडको आर्थिक कारोबार र करिव एक लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवमा कूल १ सय ४० स्टल रहेका छन् । स्थानीय ब्यापारी ब्यवसायीलाई स्टल भाडामा २५ प्रतिशतसम्म छुट दिईएको छ । स्थानीयस्तरमा उत्पादित कृषि तथा पशुपंक्षीजन्य सामग्रीहरु, हस्तकलाका सामग्रीहरुकालागि २० वटा निशुल्क स्टलको ब्यवस्था गरिएको गल्याङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष यज्ञप्रसाद अर्यालले जानकारी दिनुभयाे।

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal