गल्याङ महाेत्सव आजदेखि सुरु

वालिङ,३० चैत- तेस्रो गल्याङ महोत्सव आजबाट सुरु भएको छ । गल्याङ उद्योगवाणिज्य संघको आयोजनामा तेस्रो गल्याङ औद्योगिक, ब्यापार तथा कृषि महोत्सव सञ्चालन गरिएको हो । ‘गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पूर्वाधार’ भन्ने नारासहित सुरु भएको महोत्सवको पूर्व कानूनमन्त्री धनराज गुरुङले उद्घाटन गर्नुभयाे।
स्थानीयस्तरमा उत्पादित कृषि तथा हस्तकलाका सामग्रीहरुको ब्यवसायिक प्रवर्धन, धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने, मौलिकरुपमा रहेका कला संस्कृतिहरुको संरक्षण र सम्वर्धनमा जोड दिइएकाे गल्याङ उद्योगवाणिज्य संघका अध्यक्ष डोलप्रसाद श्रेष्ठले बताउनुभयो । महोत्सवको पहिलो दिन राष्टिय कलाकारहरु शिव हमाल, धनश्याम रिजाल र कमला गैह्रे लगायतका कलाकारहरुले आफ्ना प्रस्तुति राखेका थिए ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ करोडको आर्थिक कारोबार र करिव एक लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवमा कूल १ सय ४० स्टल रहेका छन् । स्थानीय ब्यापारी ब्यवसायीलाई स्टल भाडामा २५ प्रतिशतसम्म छुट दिईएको छ । स्थानीयस्तरमा उत्पादित कृषि तथा पशुपंक्षीजन्य सामग्रीहरु, हस्तकलाका सामग्रीहरुकालागि २० वटा निशुल्क स्टलको ब्यवस्था गरिएको गल्याङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष यज्ञप्रसाद अर्यालले जानकारी दिनुभयाे।

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार
प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित
२०८१ फाल्गुन २८ गते, बुधबार
टोड्केको सिरेटोमा रमाउँछन् पाहुना
२०८१ फाल्गुन २७ गते, मंगलवार
विद्यालय पुग्न ट्युबको सहारा
२०८१ फाल्गुन २७ गते, मंगलवार
सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने
२०८१ फाल्गुन २२ गते, बिहीबार
संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न
२०८१ फाल्गुन २२ गते, बिहीबार