पञ्चकाेटले दिइरहेकाे राष्ट्रिय सन्देश

बलेवा(बागलुङ),१९ फागुन- गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलश निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ गत फागुन ९ गतेदेखि ब्रह्माण्डीय महायज्ञको बाटो रोजिएको छ । 

फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा कथा वाचन, पाठपरायणलगायत गतिविधि निरन्तर भइरहेका छन् । वि.सं.२०७१ मा महायज्ञमार्फत धार्मिक संरचना तयार हुँदै आएको पञ्चकोटमा महत्वकांक्षी योजना सम्पन्न हुँदैछन् । यहाँ अहिलेसम्म ५० करोड बढीका संरचना बनिसकेका छन् । त्यसबाहेक अग्लो कलश बनाउने अभियान अझै जारी छ । 

झण्डै पाँच अर्बको योजनामा यहाँ भइरहेका सबै काममा महायज्ञ, धनधान्याञ्चल र स्थानीयको दानमुठीकैभर छ । केही पूर्वाधार निर्माणका क्षेत्रमा स्थानीय र प्रदेश सरकार जोडिएको पञ्चकोटका परिकल्पनाकार स्वामी कमलनयनाचार्यले बताउनुभयो । उहाँका अनुसार अधिकांश काम महायज्ञका लागि दानमुठी गरिएको रकमबाटै भएका छन् ।

फागुनको १० गते राष्ट्रपति रामचन्द्र पौडेलले महाघण्टको उदघाटन गर्नुभयो । त्यसयता पञ्चकोटमा देशका विभिन्न क्षेत्रका विज्ञ, सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि तथा देश विदेशका पर्यटन प्रवर्द्धकको बाक्लो उपस्थिति भइरहेको छ । पञ्चकोटमा महायज्ञ मात्रै भइरहेको छैन । १५ दिन लामो महायज्ञको कर्मकाण्डबाहेक हरेक दिन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरले चासो राख्ने गरी सन्देशहरु प्रवाह भइरहेका छन् । 

महायज्ञमा हरेक दिन फरक विषयका विज्ञको सम्मेलनले सन्देश प्रवाह गरिरहेका हुन् । पहिलो दिन फागुन ९ गते जल, ऊर्जा, विकास तथा वातावरण सम्मेलन भयो । जलसम्पदा जोगाउन विज्ञले अनुनय गरे । त्यो मात्रै होइन जलकै कारण विश्वयुद्धको सम्भावना औँल्याइयो । जुन विषय देशविदेशमा रहेर जलसम्पदाको चासो राख्नेका लागि मुख्य विषय बन्यो ।  

फागुन ११ गते राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलन भयो । विज्ञले शिक्षा नीतिमै सुधारको आवश्यकता औँल्याए । “महायज्ञको उद्देश्य एउटा पाटो हो, महायज्ञ अवधिमै भएका विज्ञ सम्मेलनले निकै राम्रो र दीर्घकालीन सन्देश दिएका छन्”, पूर्वसांसद तथा पञ्चकोट क्षेत्रकै स्थानीय इन्द्रलाल सापकोटाले भन्नुभयो, “विकाससँगै भइरहेका विनाशका विषय पनि पञ्चकोटले सम्झाएको छ । यसमा सरोकारवाला गम्भीर हुन जरुरी छ ।”

महायज्ञ अवधिमा फागुन १२ गते गण्डकी विकासको अवधारणा र कार्यान्वयन सम्मेलन, फागुन १३ गते प्रादेशिक राजनीति र सुशासन सम्मेलन भएको छ । फागुन १४ गते राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्धति कार्यान्वयन सम्मेलन, फागुन १५ गते आत्मनिर्भरमुखी राष्ट्रिय कृषि, फागुन १६ गते योग तथा खेल, फागुन १७ गते पूर्वीय चिकित्सा पद्धति र जनस्वास्थ्य विकास, १८ गते राष्ट्रिय अर्थतन्त्रको विकास र वित्तीय संस्थाको योगदान सम्मेलन भइसकेको महायज्ञ मूल संयोजक कमलनयनाचार्यले जानकारी दिनुभयो ।  

आज समावेशीताको सिद्धान्त र महिलाको क्षमता विकास सम्मेलन, फागुन २० गते भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन हुनेछ । फागुन २१ गते समाजसेवा र समाजसेवीको प्रभावकारिता सम्मेलन, फागुन २२ गते प्राकृतिक स्रोत संरक्षण र वातावरण सम्मेलन तथा फागुन २३ गते वैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक संस्थाको संरक्षणसम्बन्धी सम्मेलन हुने संयोजक कमलनयनाचार्यले बताउनुभयो । महायज्ञले देशको अहिलेको अवस्था चित्रण गर्ने र बिग्रेका विषय सुधार गर्न सरोकारवालालाई सन्देश दिने उहाँले बताउनुभयो । 

ब्रह्माण्डीय महायज्ञ अहिलेसम्म नेपालमा नभएको र बागलुङमा पहिलो पटक भएको हो । ब्रह्माण्डीय महायज्ञ केबल धार्मिक कार्यक्रम मात्र नभई जल जोगाउन राष्ट्रिय आह्वान भएको कमलनयनाचार्यले बताउनुभयो । पञ्चकोटमा भएका सम्मेलनले जल, ऊर्जा, विकास तथा वातावरण, देश विकासको अवधारणा र कार्यान्वयनका साथै राजनीति र सुशासनका विषय सन्देश दिइरहेका छन् । 

पन्ध्र दिनसम्म चल्ने महायज्ञमा २५ फिट अग्लो मौलो २१ हजार कर्ताबाट धान अर्पण गरेर पुरिने छ । एक सय ५१ फिट अग्लो कलशमा करिब एक हजार पाँच सय व्यक्ति अटाउने गरी निर्माण भइरहेको छ । कलश निर्माणका लागि ४० फिट जमिनमुनिबाट फाउन्डेसन तयार पार्ने काम भइसकेको छ ।रासस

ताजा

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता

२०८३ जेष्ठ १९ गते, मंगलवार

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन

२०८३ जेष्ठ १५ गते, शुक्रबार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal