फेदीखाेलाकाे साल्मेडाँडामा निर्माण गरिएकाे गाेर्खा स्मारककाे निर्माण कार्य सुस्त

अर्जुन काफ्ले

स्याङ्जा,१९ फागुन- स्याङ्जाको फेदीखोला गाउँपालिका–१, साल्मेडाँडा रामकोटमा निर्माणाधीन गोर्खा स्मारकको निर्माणको गति सुस्त छ । गोर्खा स्मारक ट्रस्टमार्फत विभिन्न पाँच वटा परियोजना रहेको बृहत् योजना निर्माण २०७० सालदेखि सुरु भएको हो । सन् १८१४ देखिका लडाइँ तथा प्रथम र दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका वीर गोर्खालीको पुस्तौँसम्म स्मरण गराउने उद्देश्यले स्मारकसहितको बृहत् योजना अगाडि बढाइएको हो । 

निर्माण सुरु भएको १० वर्ष हुँदा बल्ल पहिलो चरणको समाधिस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । समाधिस्थल प्रवेश गर्ने स्थानमा गोलार्ध बनाइएको छ । भुइँमा ब्लक र ढुङ्गा बिछ्याइएको छ । चारैतर्फ पर्खाल निर्माण कार्य भइरहेको छ । गोरखा समाधि निर्माण गरिएको छ । सुविधा सम्पन्न शौचालय र आवास निर्माण गरिएको छ । सहयोगीका नाम लेख्न टावरसमेत निर्माण गरिएको छ । निर्माण गरिएको समाधिस्थल अपाङ्गमैत्रीसमेत छ । 

ट्रस्टका महासचिव डा. चन्द्रबहादुर गुरुङले पानीको फोहरा जडान र गोर्खा राइफल सैनिकको मूर्ति राख्न बाँकी रहेको बताउनुभयो । समाधिस्थलमा भारत स्वतन्त्र हुनुपूर्व सन् १९४७ अघि सैन्य पोसाक लगाएका गोर्खा राइफल सैनिकका मूर्ति राखिने छ । प्रथम र द्वितीय विश्वयुद्धलगायत अन्य क्षेत्रीय युद्धमा मारिएका एक लाख नेपालीको समाधि बनाउन पनि बाँकी छ । 

उहाँले प्रथम विश्वयुद्धमा मारिएका २० हजार र द्वितीय विश्वयुद्धमा मारिएका २३ हजार जनाको नाम सङ्कलन भइसकेको र अन्यको नाम सङ्कलन कार्य धमाधम भइरहेको बताउनुभयो । गोर्खाली सेना र इस्ट इन्डिया कम्पनी सेनाबिच गोर्खा राज्य विस्तारका क्रममा मारिएकाको पनि यहाँको शिलालेखमा नाम कुँदिने छ । 

गोर्खा राइफल आर्मीको मूर्ति काठमाडौँमा तयार भइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, “सुरक्षाका कारण मूर्ति ल्याइएको छैन । तारबार गरिएसँगै २१ जातिका धर्मगुरुले तान्त्रिक वैदिक रीति अनुसार प्राणप्रतिष्ठा गरेर मूर्ति राख्ने छौँ ।” 

उहाँले समाधिस्थलको काम सकिनेबित्तिकै अन्य परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्य अगाडि बढाइने बताउनुभयो । परियोजनाभित्र गोर्खा सङ्ग्रहालय, गोर्खा टावर, २१ जातीय घर, पोखराको फुस्रेखोलाबाट केबलकार तथा तीन डिब्बाको रेल बनाउने योजना रहेका छन् । गोरखा टावर ७० मिटर अग्लो हुने छ र यो पेरिसको एफिल टावर जस्तै तयार गरिने छ । यसमा चढेर पोखरा नियाल्न सकिने छ । यसै गरी सुविधा सम्पन्न होटल पनि निर्माण गरिने छ । जातीय घरहरू निर्माण गरिने छ र तिनको निर्माणको जिम्मा सम्बन्धित जातिलाई दिइने छ । पोखराबाट १७ किलोमिटर दक्षिण पश्चिममा पर्ने र कास्की तथा स्याङ्जाको सङ्गमस्थल साल्मेडाँडामा निर्माणाधीन बृहत् योजना ५२ रोपनी क्षेत्रफलमा फैलिएको छ । पहिलो चरणको समाधिस्थल निर्माणमा नेपाल सरकारको छ करोड रुपियाँ र गोर्खा लाहुरे तथा चन्दादाताको १९ करोड रुपियाँ खर्च भइसकेको छ भने अझै छ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । 

गोर्खा स्मारकका पाँच वटै परियोजना सम्पन्न गर्न दुई अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । सम्पूर्ण निर्माण सम्पन्न गर्न अझै १० वर्ष लाग्ने अनुमान गरिएको छ । 

फेदीखोला वडा नं. २ का अध्यक्ष अभिलाष गुरुङले सुरुका वर्षमा निर्माण कार्यले गति लिए पनि पछिल्ला समयमा सुस्त बनेको बताउनुभयो । उहाँले स्मारक निर्माणपछि पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने र युद्धका बेला ज्यान गुमाउनेका जीवनी सबैले अध्ययन तथा अवलोकन गर्न पाउने बताउनुभयो । स्राेत गाेप

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal