“अलिखित पाना” कथा सङ्ग्रह विमाेचन 

वालिङ,१८ फागुन- साहित्यकार अनन्त अर्यालद्वारा लिखित “अलिखित पाना” नामक कथा सङ्ग्रहकाे शुक्रबार वालिङमा विमाेचन गरिएकाे छ। 

वालिङ मिर्दीमा रहेकाे नेचुरल भ्यु प्वाइन्ट हाेटलकाे सभाहलमा भएकाे कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक वरिष्ठ साहित्यकार डा. शंकर प्रसाद गैह्रे, डा. टंक प्रसाद पन्थ र “अलिखित पाना” कथा सङ्ग्रहका लेखक एवं साहित्यकार अनन्त अर्यालले संयुक्त रुपमा “अलिखित पाना” कथा सङ्ग्रहकाे विमाेचन गर्नुभएकाे थियाे। 

कार्यक्रमा प्रमुख अतिथि डा. शंकर प्रसाद गैह्रेले “अलिखित पाना” कथा सङ्ग्रहले नेपाली समाजकाे यथार्थतालाई कथाका माध्यामबाट आम नेपाली माझ ल्याएकाे बताउनुभयाे। त्यसै गरि साहित्यकार डा. टंक प्रसाद पन्थले विमाेचित कथा सङ्ग्रहका बारेमा समिक्षात्मक टिप्पणी गर्नुभएकाे थियाे। 

कार्यक्रममा स्याङ्जामा रहेर विभिन्न विधामा कलम चलाउदै आउनुभएका साहित्यकारहरु शम्भु अर्याल, स्मारिका अर्याल, पारिश्वर न्याैपाने, डिल्लिराम भण्डारी, खगेन्द्र प्रसाद अर्याल, नारायण प्रसाद रेग्मी लगायतले आ-आफ्ना रचना वाचन गर्नुभएकाे थियाे। 

“अलिखित पाना” कथा सङ्ग्रहमा ११ ओटा कथा रहेकाछन्। लेखक अर्यालले यश अघि कविता सङ्ग्रह र निबन्ध प्रकाशित गरिसक्नुभएकाे छ। 

साहित्यकार वसन्त खनालकाे स्वागत मन्तब्य संगै सुरु भएकाे कार्यक्रम साहित्यकार एवं विमाेचित कृतिका लेखक अनन्त अर्यालकाे सभापतित्व र युवा साहित्यकार मिलन समिरकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे। 

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal