“अलिखित पाना” कथा सङ्ग्रह विमाेचन 

वालिङ,१८ फागुन- साहित्यकार अनन्त अर्यालद्वारा लिखित “अलिखित पाना” नामक कथा सङ्ग्रहकाे शुक्रबार वालिङमा विमाेचन गरिएकाे छ। 

वालिङ मिर्दीमा रहेकाे नेचुरल भ्यु प्वाइन्ट हाेटलकाे सभाहलमा भएकाे कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक वरिष्ठ साहित्यकार डा. शंकर प्रसाद गैह्रे, डा. टंक प्रसाद पन्थ र “अलिखित पाना” कथा सङ्ग्रहका लेखक एवं साहित्यकार अनन्त अर्यालले संयुक्त रुपमा “अलिखित पाना” कथा सङ्ग्रहकाे विमाेचन गर्नुभएकाे थियाे। 

कार्यक्रमा प्रमुख अतिथि डा. शंकर प्रसाद गैह्रेले “अलिखित पाना” कथा सङ्ग्रहले नेपाली समाजकाे यथार्थतालाई कथाका माध्यामबाट आम नेपाली माझ ल्याएकाे बताउनुभयाे। त्यसै गरि साहित्यकार डा. टंक प्रसाद पन्थले विमाेचित कथा सङ्ग्रहका बारेमा समिक्षात्मक टिप्पणी गर्नुभएकाे थियाे। 

कार्यक्रममा स्याङ्जामा रहेर विभिन्न विधामा कलम चलाउदै आउनुभएका साहित्यकारहरु शम्भु अर्याल, स्मारिका अर्याल, पारिश्वर न्याैपाने, डिल्लिराम भण्डारी, खगेन्द्र प्रसाद अर्याल, नारायण प्रसाद रेग्मी लगायतले आ-आफ्ना रचना वाचन गर्नुभएकाे थियाे। 

“अलिखित पाना” कथा सङ्ग्रहमा ११ ओटा कथा रहेकाछन्। लेखक अर्यालले यश अघि कविता सङ्ग्रह र निबन्ध प्रकाशित गरिसक्नुभएकाे छ। 

साहित्यकार वसन्त खनालकाे स्वागत मन्तब्य संगै सुरु भएकाे कार्यक्रम साहित्यकार एवं विमाेचित कृतिका लेखक अनन्त अर्यालकाे सभापतित्व र युवा साहित्यकार मिलन समिरकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे। 

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal