तीन हजार किलाे मकैको बिउ उत्पादन
अर्जुन काफ्ले
स्याङ्जा,१८ फागुन- स्याङ्जामा ३० हजार ५९४ केजी उन्नत मकैको बिउँ उत्पादन गरिएको छ । यहाँका १० समूहका कृषकले बिउबिजन प्रयोगशाला पोखराबाट स्वीकृति लिएर मकैको बिउ उत्पादन गरेका हुन् ।
यहाँ सबैभन्दा धेरै फेदिखोला गाउँपालिकाका जैसीँडाँडा आमा समूहले १७ हजार ५८ केजी, राममन्दिर कृषक समूहले ९१२ केजी र सहयात्रा कषि सहकारीले २० हजार ४७० केजी बिउ उत्पादन गरेको छ ।
यस्तै, आँधीखोला –१ को सिद्ध कृषक समूहले दुई हजार २५० केजी, पुतलीबजार नगरपालिका –१३ को चण्डिकालिका कृषक समूहले तीन हजार ७०४ केजी, अर्जुनचौपारी –१ को मनकामना महिला कृषक समूहले ९४८ केजी बिउ उत्पादन गरेको छ ।
यस्तै, गल्याङ –११ को कर्मचौर कृषक समूहले ९४२ केजी, गल्याङ ७ को थुम कुषक समूहले एक हजार २६५ केजी, कालिगण्डकी –१ को कालिका कृषक समूहले आठसय केजी र चापाकोट –८ को रत्नपुर सानाकिसान कृषि सहकारीले २१५ केजी बिउ उत्पादन गरेको हो ।
यहाँ उत्पादन गरिएको बिउमा २६ हजार ८३७ केजी (मनकामना ३), एक हजार १५७ केजी (अरुण २), दुई हजार पाँचसय केजी (मनकामना ५), एकसय केजी (रामपुर कम्पोजिट) छ ।
बिउबिजन प्रयोगशालाका अधिकृत रत्नमणि ढकालले कृषकले मूल तथा प्रमाणित बिउ लगाएर उन्नत बिउ उत्पादन गरेको बताउनुभयो । कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले यहाँ उत्पादन भएको उन्नत मकैको बिउले स्याङ्जा आत्मनिर्भर रहेको र बाहिरबाट किन्नुनपर्ने बताउनुभयो । स्रेतःगोप
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















