तीन हजार किलाे मकैको बिउ उत्पादन

अर्जुन काफ्ले
स्याङ्जा,१८ फागुन- स्याङ्जामा ३० हजार ५९४ केजी उन्नत मकैको बिउँ उत्पादन गरिएको छ । यहाँका १० समूहका कृषकले बिउबिजन प्रयोगशाला पोखराबाट स्वीकृति लिएर मकैको बिउ उत्पादन गरेका हुन् ।
यहाँ सबैभन्दा धेरै फेदिखोला गाउँपालिकाका जैसीँडाँडा आमा समूहले १७ हजार ५८ केजी, राममन्दिर कृषक समूहले ९१२ केजी र सहयात्रा कषि सहकारीले २० हजार ४७० केजी बिउ उत्पादन गरेको छ ।
यस्तै, आँधीखोला –१ को सिद्ध कृषक समूहले दुई हजार २५० केजी, पुतलीबजार नगरपालिका –१३ को चण्डिकालिका कृषक समूहले तीन हजार ७०४ केजी, अर्जुनचौपारी –१ को मनकामना महिला कृषक समूहले ९४८ केजी बिउ उत्पादन गरेको छ ।
यस्तै, गल्याङ –११ को कर्मचौर कृषक समूहले ९४२ केजी, गल्याङ ७ को थुम कुषक समूहले एक हजार २६५ केजी, कालिगण्डकी –१ को कालिका कृषक समूहले आठसय केजी र चापाकोट –८ को रत्नपुर सानाकिसान कृषि सहकारीले २१५ केजी बिउ उत्पादन गरेको हो ।
यहाँ उत्पादन गरिएको बिउमा २६ हजार ८३७ केजी (मनकामना ३), एक हजार १५७ केजी (अरुण २), दुई हजार पाँचसय केजी (मनकामना ५), एकसय केजी (रामपुर कम्पोजिट) छ ।
बिउबिजन प्रयोगशालाका अधिकृत रत्नमणि ढकालले कृषकले मूल तथा प्रमाणित बिउ लगाएर उन्नत बिउ उत्पादन गरेको बताउनुभयो । कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले यहाँ उत्पादन भएको उन्नत मकैको बिउले स्याङ्जा आत्मनिर्भर रहेको र बाहिरबाट किन्नुनपर्ने बताउनुभयो । स्रेतःगोप
ताजा

वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार