चापाकोटमा कुवाकोट साना किसान कृषि सहकारीद्वारा मकैको बीउ वितरण
गोपाल जिटी
वालिङ,१८ फागुन-स्याङ्जाको चापाकोटमा साना किसान कृषि सहकारी संस्थाले किसानहरुलाई मकैको बीउ वितरण गरेको छ । कृषि ज्ञानकेन्द्र स्याङ्जासँगको समन्वयमा कुवाकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडले किसानहरुलाई मकैको बीउ शुक्रबार वितरण गरेको हो । सहकारीले मनकामना, अरुण २, रामपुर कम्पोजिट जातको बीउ ७५ प्रतिशत अनुदानमा किसानहरुलाई उपलव्ध गराएको छ ।
२ हजार २ सय जना शेयर सदस्य रहेको सहकारीले उनिहरुको मागको आधारमा मकैको बीउ उपलव्ध गराइएको संस्थाका अध्यक्ष राजु कोइरालाले जानकारी दिनुभयो । अहिले ६ हजार किलो मकैको बीउ अनुदानमा वितरण गरिने संस्थाका अध्यक्ष कोइरालाले बताउनुभयो । चापाकोट क्षेत्रको उर्वर भूमि र किसानहरुको सक्रीयतालाई मध्यनजर गरेर उन्नत बीउ बिजनसँगै बीमाको समेत सहकारीले सहजिकरण गर्दै आएको छ । स्थानीय उत्पादनमा वृद्धिसँगै कृषक उत्थानमा टेवा पुगोस भनेर विगतका वर्षदेखि काम गर्दै आएको र किसानहरु पनि लाभान्वित हुदै आएको अध्यक्ष कोइरालाले बताउनुभयो । १० नम्वर वडामा मात्रै करिव ४ सय जना किसानहरुलाई बीउ वितरण गरिने छ । यसकासाथै समग्र पालिकाभरि गरेर १ हजार ६ सय घरधुरी अनुदानको बीउबाट लाभान्वित हुने अध्यक्ष कोइरालाले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार यस अघि कात्तिक महिनामा सहकारीले आलुको बीउ वितरण गरेको थियो । करिव ४ सय बोरा आलुको बीउ यहाँका १ सय ७१ जना किसानहरुले लगाएका छन् । सकेसम्म किसानहरुले आँफै विक्री गर्नुहुन्छ, बाँकी रहेमा वा विक्री गर्न समस्या भएमा संस्थाले बजारीकरणका लागि सहजिकरण गरिदिने अध्यक्ष कोइरालाले बताउनुभयो ।
यसकासाथै संस्थाले किसानहरुलाई व्यावसायी बनाउनका लागि उत्प्रेरित गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । भैंसी, बाख्रा र बङ्गुर पशुबीमा गराउँदै आएको छ भने नगदेबालीमा तरकारीलाई लिइएको छ । कर्जा दिंदा नै बीमा गराइने छ भने बिना सेवा शुल्क कर्जा प्रदान गरिदै आएको अध्यक्ष कोइरालाले उल्लेख गर्नुभयो ।

सहकारी संस्थाले बीउ विजनका साथै बीमाकोसमेत सहजीकरण गरिदिदा किसानहरुलाई धेरै सहज गराएको यहाँका कृषक प्रेमनारायण पङ्गेनी बताउँनुहुन्छ । पङ्गेनीले आलु पनि राम्रैसँग लगाएका छन् । ३० क्वीण्टल बीउ लगाएकोमा ५ सय क्वीण्टल फल्ने उहाँको अनुमान छ । उमेरले ६४ पुगें, काम गर्ने जाँगर छ, बुढ्यौलीको अनुभूति छैन । जीवनको अर्थ कर्म हो, कर्मयोग गर्नुपर्छ, कर्मयोगमा लाग्नुपर्छ, रमाउनुपर्छ पङ्गेनीले भन्नुभयो, मकैको बीउ पनि ३० किलो लगेर लगाउँदैछु ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















