उ फर्केर आउनेछ

फेरि पनि ६२/६३ जस्तो आन्दोलन होस्
बागमतीको किनारै किनार खालि खुट्टा भाग्दा भाग्दै
उ मेरो घरमा पसोस्
आफ्ना पैतालाको घाउ बिर्सेर
मेरो सुन्दरताको वर्णन गरोस्
मेरो घर बिर्सियोस् तर मलाई नबिर्सोस्
त्रिपुरेश्वर सम्झदा ।
उसमा मैले देखेको राजनीतिक र क्रान्तिकारी छवि नमरोस्
म कहिलेकाहीँ बिदेश घुम्न जाँदा
उसलाई कुनै होटलमा भाँडा माज्दै गरेको देख्न नपरोस्
म मुना भएर पर्खिरहन पाउँ
उ भोटको मदन होस्
म मालती त उ मधु होस्
कुनै दिन
विपीले लेखेको नरेन्द्र दाइ बनेर मेरो टोलमा फर्कियोस्
ठिकै छ मलाई माया नगरोस्
मैले माया गरिरहन पाउँ ।
आजकल
कतै आन्दोलन हुँदा पनि
उ पर्केर आउने आस पलाउँछ
म आफैं पनि कयौंपटक आन्दोलनमा गएँ
र जाँदै छु
उसलाई भेट्छु कि भनेर
मलाई आस छ यो गणतन्त्र रहेसम्म
उ एकदिन फर्केर आउनेछ
र ढोका ढक्ढक्याउँदै भन्नेछ
घरमा को हुनुहुन्छ ? छिटो ढोका खोल्नु
मेरो पछि पुलिस छ ।
© गणेश प्रसाद पौडेल ” बहुरुपी “
हाल युएई
ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चाैतारी: अबकाे गन्तव्य
२०८१ चैत्र १० गते, आईतवार
वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित
२०८१ चैत्र ६ गते, बुधबार
वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी
२०८१ चैत्र ५ गते, मंगलवार
प्रथम पिंक सिटी महोत्सव सम्पन्न
२०८१ चैत्र ३ गते, आईतवार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार