निजामती कर्मचारी संगठन स्याङ्जाद्वारा बालगृहलाई खाद्यान्न सहयोग
वालिङ,१४ साउन- नेपाल निजामती कर्मचारी संगठन स्याङ्जाले फेदीखोला गाउँपालिका १ मा रहेको अमोर सेवा नेपालद्वार सञ्चालित बालगृहलाई शनिबार एक कार्यक्रमको आयोजना गरेर खाद्यान्न सामग्री सहयोग गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठन कार्यसमिति स्याङ्जाले शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरपारेर बालगृहलाई खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले नेपाल निजामती कर्मचारी संगठन स्याङ्जाले बालगृहमा रहेका बालबालिकाहरुलाई सहयोग गरेकोमा धन्यवाद दिदै अभिभावक बिहिन बालबालिकाहरुलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । पालिकाले पनि बालगृहलाई सक्दो सहयोग गर्दै आएको र सबैको सकरात्मक सहयोगले आफन्त बिहिन बालबालिकाले अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहमा बसेर संरक्षण समेत पाएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका सदस्य निरमाँया कार्की, संग्ठनका केन्द्रिय सदस्य राजु मरासिनी, पेशागत महासंघ अध्यक्ष ताराचन्द्र ढकाललगायतले बोल्नुभएको थियो । साथै सोही अवसरमा संगठनले वृक्षरोपण कार्यक्रम समेत सम्पन्न गरेको छ । संगठनका जिल्ला अध्यक्ष अमरबहादुर पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव राजेश कुंवरले गर्नुभएको थिए भने स्वागत मन्तव्य रमेश विक र धन्यवाद बालगृहकी सञ्चालिका कमला पराजुलीले गर्नुभएको थियो ।यो बालगृहमा स्याङ्जासहित पर्वत, रुकुम र मुगुका गरी ३० जना बालबालिका छन् ।
ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















