अघिअघि वेद, पछिपछि विज्ञान

बिनु पोखरेल

सन् २०२२ को नोवेल पुरस्कार क्वान्टम थ्योरी प्रमाणित गर्ने तीनजना वैज्ञानिक एलेन एस्पेक्ट (फ्रान्स), जोन एफ. क्लाउजर (अमेरिका) र एन्टन जेलिङ्गर (अष्ट्रिया) लाई दिइयो । उनीहरुले इन्ट्याङ्गल फुटोन वेल इन इक्वालिटी स्थापित गरेबापत क्वान्टम सूचना विज्ञानका लागि यो पुरस्कार दिइएको हो । यसलाई प्रमाणित गर्दै उनीहरुले भने, ‘द युनिभर्स इज लोकल्लि नट रियल ।’ अर्थात् ब्रह्माण्ड सत्य होइन र सबैभन्दा छोटो समयमा लामो यात्रा गर्ने प्रकाश नभएर सूचना हो । जसलाई उनीहरुले टेलिपोर्टेशन नाम दिएका छन् । यी दुई कुरा प्रमाणित गर्दै गर्दा उनीहरुले वैदिक शास्त्रमा उल्लेख गरिएका ‘अन्तर्ध्यान’, ‘संसार माया हो’, ‘टेलिपेथी’, ‘आत्मातत्व अमर हो’ जस्ता धेरै कुरा प्रमाणित गरेका छन् । जसको सविस्तार व्याख्या यस आलेखमा गरिएको छ ।

यी भौतिक अध्येता एलेन एस्पेट, जोन एफ. क्लाउजर र एन्टन जेलिङ्गरले ब्रह्माण्ड सत्य होइन र प्रकाशभन्दा सूचनाले छिटो यात्रा गर्ने कुरा प्रमाणित गरे । ब्रह्म सत्य जगत मिथ्या भन्ने वैदिक उद्घोषलाई आज आधुनिक विज्ञानले उनीहरुको खोजमार्फत प्रमाणित गरिदिएको छ । साथै उनीहरुले अल्वर्ट आइन्सटाइनको थ्यौरीलाई पनि गलत सावित गरिदिएका छन् ।

आइन्सटाइनले फोटो इलेक्ट्रिक इफटको खोज गरेका थिए । जसमा उनले भनेका थिए, ‘नथिङ क्यान ट्राभल फास्टर द्यान द स्पीड अफ लाइट ।’ अर्थात् प्रकाशभन्दा छिटो पुग्न सक्ने केही हुँदैन । जसको इनर्जी क्वान्टाइज हुन्छ । यसको मतलब सबैभन्दा छोटो युनिटको भ्याल्यु सधैं निश्चित(फिक्स) हुन्छ । अर्थात् आइन्सटाइनले प्रकाशको गति एक मिनेटमा १ लाख ८६ हजार माइल हुन्छ भने । यसै खोजको लागि आइन्सटाइनलाई नोबेल पुरस्कार पनि दिइएको थियो । उनले प्रमाणित गरेको कुराले भन्थ्यो- सबै कुराको आआफ्नो अस्तित्व छ । हामी ब्रह्माण्डको त्यति नै हिस्सा महसुस गर्न सक्छौं जति हामी वरपर हुन्छ । तर, क्वान्टम सिद्धान्तले सूचनाको तरङ्ग जहाँ पनि पुग्न सक्ने कुराको तथ्य दिन्छ । उनीहरुले गरेको यो व्याख्या नोबेल पुरस्कारको आफ्नो वेबसाइटमा गएर पनि हेर्न सकिन्छ ।

क्वान्टम सिद्धान्त प्रतिपादकहरुले दोहोर्‍याएको शब्द ‘विटनेस र कन्ससनेस’को संस्कृत अर्थ हुन्छ साक्षी, चैतन्य । जसले विज्ञानको खोजलाई वैदिक ग्रन्थका ऋचाहरुमा ल्याएर जोड्छ । आधुनिक विज्ञानको यस तथ्य भनिरहेको छ, वैदिक ग्रन्थ वैज्ञानिक दस्तावेज हुन् ।

अझ अगाडि बढेर हेरौं- विज्ञानलाई यस तथ्यमा आइपुग्न कहिलेकहिले कसकसले योगदान दिए ? यो तथ्यसम्म पुग्नुअघि के कुरालाई विश्वास गरिन्थ्यो ? अनि ती विश्वासलाई कुन सिद्धान्तले काट्यो र उनीहरु नयाँ तथ्यमा आइपुगे ? तथ्य खोजको कालक्रमअनुसार यहाँ प्रस्तुत छ ।

पहिला हामी आइन्सटाइन (सन् १८७९-१९५५)ले पत्ता लगाएको सिद्धान्तमा जाऔं । आइन्सटाइनको वेलासम्म भनिन्थ्यो- द युनिभर्स इज एप्सुलेट रियालिटी । अर्थात् जे देखिन्छ, देखिरहेका छौं त्यो सत्य हो । अनि टाइम र स्पेस एक-अर्कामा इन्डिपेन्डेण्ट एक्जिस्टेन्स (असम्बद्ध अस्तित्व) हुन् भन्ने मानिन्थ्यो । सन् १९२१ मा आइन्सटाइनले एक रिलेटिभिटी सिद्धान्त (सापेक्षतावाद) प्रतिपादन गरे । जसमा समय साक्षीको आधारमा छ भन्ने कुराको आधार तय गरिदियो । अर्थात् युनिभर्स इज नट रियल भन्ने तथ्यको बिज यही रोपिएको थियो । यद्यपि आइन्सटाइनले क्वान्टम थ्योरीमा सधैं विरोधी तर्क दिए । त्यसपछि आएका निल्स वोर (सन् १८८५-१९६२) र हाइसेनबर्ग (सन् १८००-१९७६)ले साक्षी नहुञ्जेलसम्म सम्बन्धितको कुनै अस्तित्व नहुने कुराको तर्क राखे । तर, श्रडिङ्गर र आइन्सटाइनले लामा पत्र तयार गरेर यसको खण्डन गरे ।

इन्ट्याङ्गल पार्टिकलका बारेमा थाहा भए पनि के कारणले यस्तो हुन्छ भन्नेमा भने वैज्ञानिकहरु जानकार थिएनन् । सन् १९६० सम्म आइपुग्दा पनि निल वोरको क्वान्टम व्याख्या र आइन्स्टाइनको क्लासिकल व्याख्याकै बीचमा ब्रह्माण्डीय खोज कतै हरायो । त्यसपछि आएका आयरल्याण्डका भौतिकशास्त्री जोन बेल पनि फरक धारसहित यसको खोजमा आए । जुन सिद्धान्तलाई बेलको सिद्धान्त भनियो ।

अन्ततः सन् २०२२ मा आएर क्वान्टम सिद्धान्त प्रमाणित गर्दै वैज्ञानिकहरुले भने, ‘द वर्ल्ड इज नट लोकल्ली रियल, अब्जर्भ ब्रिङ्स द वर्ल्ड इनटु एक्जिस्टेन्स ।’  अर्थात् ब्रह्माण्ड सत्य होइन, जे देखिन्छ चेतनाको एक परार्वतनमात्र हो । चेतना (साक्षी)को कारणमात्र संसार (ब्रह्माण्ड) अस्तित्वमा छ । क्वान्टम सिद्धान्त प्रतिपादकहरुले दोहोर्‍याएको शब्द ‘विटनेस र कन्ससनेस’को संस्कृत अर्थ हुन्छ साक्षी, चैतन्य । जसले विज्ञानको खोजलाई वैदिक ग्रन्थका ऋचाहरुमा ल्याएर जोड्छ । आधुनिक विज्ञानको यस तथ्य भनिरहेको छ, वैदिक ग्रन्थ वैज्ञानिक दस्तावेज हुन् ।

उहिल्यै वेदमा लेखिएका कुरा र अहिले विज्ञानले भनेका कुरामा के भिन्नता र समानता छ दाँजेरै हेरौं ।

वेद उपनिषद्मा हजारौं वर्ष पहिल्यै यी कुराहरु लिपिबद्ध छन् । भनिएको छ, ‘यो ब्रह्माण्ड(संसार) माया हो । साक्षी चैतन्यका कारण मात्र ब्रह्माण्डको अस्तित्व छ । अर्थात् ‘युनिभर्स इज एन इलुजन, कन्ससनेस क्रिएट्स द युनिभर्स ।’ उनीहरुका शब्दलाई केही पनि तलमाथि नपारी म यहाँ लेखिरहेकी छु । क्वान्टम फिजिक्सले भन्यो, ‘युनिभर्स इज नट रियल, अब्जर्भर ब्रिङ इनटु एक्जिस्टेन्ट (नोवेल पुरस्कार २०२२) । अर्थात् ब्रह्माण्ड असत्य कुरा हो, साक्षीले मात्र यसलाई अस्तित्वमा ल्याउँछ । एउटा बुझ्नुपर्ने कुरा के छ भने वेदमा ब्रह्माण्डलाई भ्रम भनिएको छ भने अहिले क्वान्टम सिद्धान्तले असत्य हो भनेको छ ।

क्वान्टम फिजिक्सले भन्यो, ‘युनिभर्स इज नट रियल, अब्जर्भर ब्रिङ इनटु एक्जिस्टेन्ट (नोवेल पुरस्कार २०२२) । अर्थात् ब्रह्माण्ड असत्य कुरा हो, साक्षीले मात्र यसलाई अस्तित्वमा ल्याउँछ । एउटा बुझ्नुपर्ने कुरा के छ भने वेदमा ब्रह्माण्डलाई भ्रम भनिएको छ भने अहिले क्वान्टम सिद्धान्तले असत्य हो भनेको छ ।

यो कुरा प्रमाणित गर्दै उनीहरुले भने, ‘सूचनाले एक ठाउँबाट प्रकाशभन्दा कम समयमा लामो दूरी पार गर्नसक्छ । खासमा चिज ठोस देखिए पनि यथार्थमा त्यसको अन्तिम विन्दु तरङ्ग हो भनेका छन् । त्यसकारण जसरी सूचनाले एक ठाउँबाट अर्को ठाउँमा कम समयमा यात्रा गर्नसक्छ । जसको लागि कुनै ‘पार्टिकल’(अणु) राखेर प्रयोग गर्दा पनि उति नै समयमा पुग्ने कुराको हजारौं पटक प्रयोग गरेको र यो सफल भएको उनीहरुले बताएका छन् । यसको अर्थ वैदिक ग्रन्थहरुमा हामीले पढिरहेको अन्तध्र्यानबाट कुनै निश्चित कुरासम्म पुग्नु वा प्राप्त गर्नु सम्भव छ भन्ने कुरा आधुनिक विज्ञानले प्रमाणित गरेको हो । यी सबै कुरालाई ल्याएर आज विज्ञानले वैदिक ग्रन्थले भनेजस्तो आत्मा तत्वलाई स्वीकार गरेको छ ।

पदार्थको अन्तिम रुप तरङ्ग हो भन्ने कुरामा उपनिषद्मा भनिएको छ, ‘मानिसको भौतिक शरीरसँगै मानसिक र ऊर्जा शरीर पनि छ । अनि मानिस शारीरिक शरीर कम र मानसिक तथा ऊर्जा शरीरको आधारमा बढी निर्देशित छ । जसलाई वैश्वानर, तैजस, सषुप्ति र तुरीय अवस्थाको रुपमा व्याख्या गरिएको छ (माण्डुक्योपनिषद्, ३-५) ।’ यसको अर्थ मान्छे शारीरिक शरीर कम, मानस र ऊर्जा शरीर अधिक हो । जुन कुरालाई वेदले भन्दै आएको थियो । वैदिक ज्ञानका अनुयायीहरु यो कुरामा पहिल्यै जानकार थिए ।

क्वान्टम सिद्धान्तको रिपोर्टमा छिरेर हेर्नुभयो भने विटनेस र कन्ससनेस शब्द उनीहरुले धेरैपटक प्रयोग गरेका छन् । क्वान्टम सिद्धान्तको निचोड छ– ‘युनिभर्स एक सपना हो, सपना देख्ने साक्षी तिमी हौ । अनि तिमीबाट उत्पत्ति भएको त्यो सपना तिमीभित्र आउँछ र तिमीमै हराउँछ । तिमी साक्षी हुञ्जेल त्यो सपना रहन्छ, त्यसपछि त्यसको अस्तित्व छैन । तर, सपनामा जे देख्यौ, त्यसबाट तिमी मुक्त छौ । किनकि तिमी सपना होइनौ, मात्र सपना देखेको साक्षी हौ । निर्माण वा विनाश एउटा सपनामात्र हो, त्यसको कर्ता, भोक्ता र सहभागी तिमी होइनौ, साक्षीमात्र हौ । सुतेको बेला तिमीले आफूलाई चोर वा साधु रहेको देख्न सक्छौ, ब्युँझँदा तिमी न चोर हुन्छौ न त साधु । बरु ती दुबै दृश्य देख्ने साक्षीमात्रै हुन्छौ । त्यस्तै यो ब्रह्माण्ड पनि एक कन्ससनेस अर्थात् चेतनामात्र हो, जसलाई तिमीले सपनाजसरी देखिरहेका छौ, त्यसबाट व्युँझँदा त्यो सपना जस्तै हराउँछ ।

यस ब्रह्माण्डमा सबै कुरा एक चैतन्यबाट चलेको छ । ॐ त्यही शाश्वत ध्वनि हो । जो पूर्ण छ । अनि पूर्णमा पूर्ण जोडे पनि पूर्ण नै हुन्छ, पूर्णबाट पूर्ण घटाए पनि पूर्ण नै बाँकी रहन्छ । भनेको चैतन्य नष्ट नहुने अस्तित्व हो । जो सदा रहन्छ । यसैलाई सनातन भनिएको हो ।

विज्ञानले आज भनिरहेको कुरा नै अद्वैत हो, चैतन्य हो र वेदान्तको सार पनि यही हो । जसलाई अष्टावक्रले अष्टावक्रगीतामा पनि अधिक स्पष्टसँग व्याख्या गरेका छन् ।

भनिएको छ –
न त्वं देहो न ते देहो भोक्ता कर्ता न वा भवान् ।
चिद्रुपोक्सि सदा साक्षी निरपेक्षः सुखं चर ।।

यसको अर्थ हो- न तिमी देह हौ, न त देह तिम्रो हो, न तिमी कर्ता हौ न त तिमी भोक्ता हौ । तिमी त सदा एकरस चेतन-साक्षी हौ । तसर्थ विषयहरुबाट पर रहेर सुखपूर्वक विचरण गर । (अष्टावक्रगीता, पन्धौं प्रकरण, श्लोक ४, गीताप्रेस, गोरखपुर) ।

त्यसलाई बुझाउन वेदमा गुरु र शिष्यको एउटा संवाद छ । जहाँ गुरु र शिष्यको संवादमा गुरुले भन्छन्- अहम् ब्रह्मास्मि । अर्थात् म नै ब्रह्म हुँ । सँगै बसेका शिष्यले म चाहिँ को हुँ भनेर गरेको प्रश्नमा गुरुले फेरि भनेका छन्- ‘तत् त्वम् असि’ अर्थात् तिमी पनि त्यही चेतन तत्व हौ । अनि यो सारा संसार चाहिं के हो त भनेर सोधेको अर्काे प्रश्नमा भनिएको छ- सर्बं खलु इदं ब्रह्म । अर्थात् सबै सबै ब्रह्म हो, अन्तिम चैतन्य हो । जसका कारण नै यो अस्तित्व सम्भव छ ।

यहाँका वैदिक ग्रन्थमा मात्र होइन, अष्टावक्रगीतामा राजा जनकसँगको संवाद, भगवद्गीतामा कृष्णले अर्जुनसँग गरेको संवादका सबै भाष्यहरु यसैमा केन्द्रित छन् । सबैले एकमात्र आत्मा तत्त्वलाई जोड दिइरहेका छन् । भगवद्गीतामा भनिएको छ- सत्य भनेको मात्र एक साक्षी चैतन्य हो ।

गीतामा कृष्णले अर्जुनलाई भनेका छन्-
वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा न्यन्यानि संयाति नवानि देही । ।
(भगवद्गीता, २, २२)

यसको अर्थ हो, जसरी मनुष्यले पुरानो वस्त्र त्यागेर नयाँ वस्त्र धारण गर्छ, उसैगरी जीवात्माले जीर्ण शरीर त्यागेर नयाँ देह धारण गर्छ ।

टेलिपेथी भनेको टाढा बसेको मान्छेले पनि अन्तर्दृष्टिको शक्तिले त्यहाँ के भैरहेको छ भनेर थाहा पाउनु । आज टेलिपेथीलाई विज्ञानले बल्ल प्रमाणित गरेर स्वीकारेको छ । तर, यसको प्रयोग महाभारतकालमै भएको थियो ।

अर्थात् चेतना (आत्मा) त्यस्तो एकमात्र शक्ति हो, जो कहिल्यै नष्ट हुँदैन, त्यसले नयाँ रुप धारण गर्छ भनेर चैतन्यको कुरा गरिएको छ ।

त्यस्तै उपनिषद्मा भनिएको छ –
ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते

(बृहदारण्यकोपनिषद्,५।१ वा ईशावास्योपनिषद् शान्ति पाठ, गीताप्रेस गोरखपुर) ।

यहाँ भनिएको छ- यस ब्रह्माण्डमा सबै कुरा एक चैतन्यबाट चलेको छ । ॐ त्यही शाश्वत ध्वनि हो । जो पूर्ण छ । अनि पूर्णमा पूर्ण जोडे पनि पूर्ण नै हुन्छ, पूर्णबाट पूर्ण घटाए पनि पूर्ण नै बाँकी रहन्छ । भनेको चैतन्य नष्ट नहुने अस्तित्व हो । जो सदा रहन्छ । यसैलाई सनातन भनिएको हो ।

जुन कुराको ज्ञान हरेक एकलाई थियो । तर पश्चिममा समाज त यो विषयमा भर्खरैसम्म पनि जानकार थिएन । यसको उदाहरण परमहंस योगानन्द (सन् १८९३-१९५२)को पुस्तकको पश्चिममा चर्चा । परमहंस लामो समय अमेरिकामा नै बसे र उतै पुस्तक प्रकाशन गरे । जहाँ उनले आफ्नो वायोग्राफ्री (अटोबायोग्राफी अफ योगी)मा उल्लेख गरेको ‘रि-इर्कानेसन’ अर्थात् पुनर्जन्मको कुराले उनीहरुलाई अचम्ममै पार्‍यो । पश्चिममा यो पुस्तक धेरैले बोकेर हिँडे । किनकि यो कुरा उनीहरुले पहिलो पटक सुनेका थिए । स्टीभ जब्सले त योगीको बायोग्राफी हर साल पढेको उल्लेख गरेका छन् । उनले भौतिकताबाट मनको तहमा पुग्नलाई यसले साथ दिएको उल्लेख गरेका छन् ।

यहाँ त वेद उपनिषद्मात्र होइन, स्मृतिहरुमा पनि उही चैतन्यको कुरा छ । संसार के हो भन्ने विषयमा एउटा श्लोक छ-
ब्रह्म सत्यं जगन्मिथ्या जीवो ब्रह्मैव नापरः।
अनेन वेद्यं सच्छास्त्रमिति वेदान्तडिण्डिमः।।

यसको अर्थ हो- ब्रह्म (चेतना) मात्र सत्य अनि जगत मिथ्या (भ्रम) हो । यसद्वारा सच्छास्त्र जान्नुपर्छ भन्ने वेदान्तको उद्घोष हो ।

जगत माया (छल) हो । सत्य ब्रह्ममात्र हो । यो जगत भ्रम हो भन्ने कुरा वैदिक ग्रन्थले उहिल्यैदेखि ज्ञान दिइरहेका छन् ।

अझ क्वान्टम सूचनाको आविस्कार हुनसक्छ भन्ने सिद्धान्तको प्रतिपादनले ऋषि महर्षिहरुले ब्रह्माण्डीय शक्तिद्वारा सञ्चालित सञ्चारको स्वचालित उपकरण टेलिपेथी प्रयोग गर्दथे भन्ने कुरा प्रमाणित नै गरिदिएको छ ।

हामीले पढेका शास्त्रमा टेलिपेथी कहाँ आउँछ ? टेलिपेथी भनेको के हो, यो तथ्य प्रमाणित भएर मान्छेको जीवनमा के फरक आउँछ भन्ने प्रश्न पनि उठ्न सक्छ । टेलिपेथी भनेको टाढा बसेको मान्छेले पनि अन्तर्दृष्टिको शक्तिले त्यहाँ के भैरहेको छ भनेर थाहा पाउनु । आज टेलिपेथीलाई विज्ञानले बल्ल प्रमाणित गरेर स्वीकारेको छ । तर, यसको प्रयोग महाभारतकालमै भएको थियो । महाभारतमा सञ्जयले राजा धृतराष्ट्रको दरवारमै बसेर कुरु क्षेत्रमा भैरहेको लडाइँको वर्णन गरेका थिए । (महाभारत, तृतीय खण्ड, भीष्म पर्व, गीता प्रेस) ।

नारद त यस्ता पात्र थिए, जो सुरदेखि असुरसम्म सबैका विश्वासिला सूचनादाता हुन् । जो तत्काल अन्तर्ध्यान भएर सूचना लैजानुपर्ने ठाउँमा स्वयं पुग्दथे । हिजो यो कुरा हामी कथाका रुपमा पढ्थ्यौं । तर, आज विज्ञानले भन्दैछ- यो सम्भव छ ।

माइलौं प्रकाश वर्ष टाढा । एकै समयमा एकै साथ त्यस्तो वस्तुले उही काम गर्‍यो भन्ने कुरा पत्ता लगाएका छन् ।

हो, यसरी विनाभौतिक माध्यम सूचनाको आदानप्रदान हुनुलाई टेलिपेथी भनिन्छ । यही कुरा क्वान्टम सिद्धान्तले सम्भव छ भनेर स्वीकार गरेको हो । हाम्रोमा भनाइ नै छ, जहाँ पुग्दैनन् रवि (प्रकाश) त्यहाँ पुग्छन् कवि (मन) । योे भनाइ उसै प्रचलित भएको होइन रहेछ । वेदको अनुसन्धानको निचोडले यस्तो भनाइ बनाउन काम गरेको थियो भन्ने स्पष्ट हुन्छ ।

त्यतिमात्र होइन, क्वान्टम सिद्धान्तमा सूचनाले सबैभन्दा छिटो यात्रा गर्न सक्छ भन्ने छँदैछ । त्योभन्दा अघि बढेर यस सिद्धान्तले भनेको छ- सूचनामात्र होइन, सूचनाको साथमा व्यक्ति स्वयं पनि त्यति नै गतिमा त्यो ठाउँमा पुग्नसक्छ । यहाँ क्वान्टम सिद्धान्तले वैदिक या पौराणिक ग्रन्थमा अन्तर्ध्यान हुने कुरा सम्भव थियो भन्ने कुरालाई प्रमाणित गर्दैछ ।

यी तीन वैज्ञानिकले यो कुरा पटक-पटक प्रयोग गरिएको जानकारी दिँदै भनेका छन्- हामीले प्रयोग गर्दैगर्दा सूचनाको ठाउँमा पदार्थलाई पनि राखेर हेर्‍यौं । यो शक्तिले पनि उसै गरी काम गर्छ, जसरी सूचनाले गर्छ । हाम्रा वैदिक शास्त्रमा नारद जसरी अन्तर्ध्यान भएर तत्काल अर्को ठाउँमा पुग्न सक्थे । वैज्ञानिकहरुको यस खोजले टेलिपेथी सम्भव छ भन्ने कुरा बताइरहेको छ ।

महाभारतमा कृष्ण अन्तर्ध्यान भएको कुरा धेरै ठाउँमा आउँछ । नारद त यस्ता पात्र थिए, जो सुरदेखि असुरसम्म सबैका विश्वासिला सूचनादाता हुन् । जो तत्काल अन्तर्ध्यान भएर सूचना लैजानुपर्ने ठाउँमा स्वयं पुग्दथे । हिजो यो कुरा हामी कथाका रुपमा पढ्थ्यौं । तर, आज विज्ञानले भन्दैछ- यो सम्भव छ । शिव अन्तर्ध्यान भएका तथ्य झनै धेरै ठाउँमा पढ्न पाइन्छ (शिव पुराण, रुद्र संहिता प्रथम खण्ड, गीता प्रेस गोरखपुर) ।

त्यसकारण अब विज्ञानलाई एक ठाउँबाट अन्तर्ध्यान भएर अर्को ठाउँमा निस्कन सक्ने उपकरणहरु तयार गर्ने बाटो खुलेको छ । सायद अब हवाईजहाजको ठाउँमा त्यस्ता उपकरण प्रयोगमा आउनेछन्, जुन उपकरणले आज २४ घण्टामा पुग्ने ठाउँमा तत्काल पुग्न सकिनेछ ।

अन्तर्ध्यानको कुरा खोजी गर्दैगर्दा उनीहरुले पत्ता लगाएको अर्काे कुरा के पनि हो भने एक पार्टिकललाई दुई वा जति वटामा बाँडे पनि पहिलोमा हुने शक्तिको मात्रा बाँकी टुक्रिएका पार्टिकल (अणु)हरुमा रहन्छ । यो कुराले वैदिक शास्त्रमा उल्लेखित ‘यथा ब्रह्माण्डे तथा पिण्डे’ भन्ने कुरा प्रमाणित गर्छ । यस संस्कृत हरफको अर्थ हुन्छ- मुख्य शक्तिमा जे छ, ससानामा त्यही शक्ति भरिएको छ । ब्रह्माण्ड जस्तो छ, हरेक कणकण उसैको सानो विभाजन भएकाले जसरी ब्रह्माण्ड शक्तिशाली छ हरेक एक पदार्थ उति नै शक्तिमा छ भन्ने उपनिषद्ले भनेको कुरा नै विज्ञानले पनि भन्दैछ ।

यसलाई कसरी बुझौं भने कृष्ण राधा र अन्य गोपिनीहरुसँग एकै समयमा सबैका साथमा हुन्थे भन्ने कुरामा सत्यता छ । यही कुरा अहिलेको भौतिक विज्ञानले कसरी प्रयोगमा ल्याउला, त्यो बेग्लै कुरा हो । तर, त्यो सम्भव थियो र छ भन्ने कुरा उनीहरुले बोलिरहेका छन् ।

अहिले यो सारा कुरा प्रमाणित भएर के हुन्छ भन्ने प्रश्न आउँछ । यसले पहिलो, वैदिक काल उच्चस्तरीय विज्ञानको काल थियो भन्ने प्रमाणित हुन्छ । वैदिक कालमा भएका प्रयोगहरु अब नयाँ प्रविधिका रुपमा प्रयोगमा आउनेछन् । तर, हिजो आइन्सटाइनको परमाणुको खोजलाई बम बनाउन गलत प्रयोग गरिए जस्तै यो सूक्ष्म शक्तिको गलत प्रयोग नहोला भन्न सकिन्न । यसको सकारात्मक प्रयोगले सोच्नै नसकिने क्वान्टम कम्प्युटर, क्वान्टम सूचना नेटवर्क बनाउन सकिनेछ । आज भएका सबै उपकरणविना नै जहाँ चाहिन्छ, त्यहाँ सूचना पाउन र लिन सकिने हुनसक्छ ।

निष्कर्षमा भन्दा आजको विज्ञानका एकएक उपलब्धिको आधार वेद र उपनिषद् नै रहेछन् । यसको आधारभूत ज्ञान पहिल्यै उपभोग गरेको वैदिक विज्ञान अपनाएको समाजले यसबारे संसारलाई प्रभावित पार्नुपर्ने थियो । तर, हामीलाई लामो समयसम्म हाम्रा शास्त्र अन्धविश्वासयुक्त र रुढ हुन् भन्ने कुराले गाँज्यो । अंग्रेजी भाषा र पश्चिमा शिक्षा नै आधुनिकीकरण र प्रगति हुन् भन्ने भ्रम पालेर बस्दा हामी पछि पर्‍यौं । तर, विज्ञान भने एकपछि अर्को वेदका ऋचालाई सत्यका रुपमा स्वीकार गरेर तथ्यसहित लिएर आउँदैछ । यसले के प्रमाणित गरेको छ भने अघिअघि वेद, पछिपछि विज्ञान हिंडिरहेको छ । हामीले त्यसलाई जस्ताको तस्तै स्वीकार गर्नमात्रै बाँकी छ ।नेपाल प्रेस


ताजा

विद्यार्थीका लागि पूरक परीक्षाकाे तयारी

२०८१ बैशाख ५ गते, बुधबार

विद्यार्थीका लागि पूरक परीक्षाकाे तयारी

२०८१ बैशाख ५ गते, बुधबार

समाचार प्रभाव: आज बाह्रबिसे मेला लाग्ने, तयारी पुरा

२०८१ बैशाख ५ गते, बुधबार

बाह्रबिसे मेला लाग्ने

२०८१ बैशाख ४ गते, मंगलवार

बस बाट खसेर विद्यार्थीकाे मृत्यु

२०८१ बैशाख ३ गते, सोमबार

यश पालि लाग्लाकी के गर्ला बाह्रबिसे मेला

२०८१ बैशाख ३ गते, सोमबार

किन गर्नुपर्छ वास्तुशास्त्र अध्ययन ?

२०८१ बैशाख २ गते, आईतवार

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

२०८१ बैशाख २ गते, आईतवार

सेतीवेणीमा दर्शनार्थीकाे भिड फाेटाे फिचर भिडियाे सहित

२०८१ बैशाख १ गते, शनिबार

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

२०८० चैत्र ३० गते, शुक्रबार

गल्याङ महाेत्सव आजदेखि सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal