भारतीय सेनाध्यक्षद्वारा जङ्गी अड्डामा सम्मान निरीक्षण

काठमाडौँ,२० भदौ– भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो ।
सो अवसरमा उहाँले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षारोपणसमेत गर्नुभयो । यसअघि उहाँले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । प्रधानसेनापति शर्मा र उहाँबीच अहिले भेटवार्ता भइरहेको छ । केही बेरपछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुहुनेछ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार यहाँ आउनुभएको हो ।रासस
ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार
विद्यार्थीलाई कपाल काट्ने तालिम
२०८२ जेष्ठ २९ गते, बिहीबार
चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै
२०८२ जेष्ठ २९ गते, बिहीबार
मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित
२०८२ जेष्ठ २८ गते, बुधबार