रामपुरमा पराजय भोगेका उम्मेदवार घरदैलाेमै पुगेपछि मतदाता दङग

रामपुर,१४ जेठ- चुनाव आउदा नेताहरु लाइन लागेर घरघरमै पुग्ने र पराजय भएपछि पनि आफ्ना आफ्नै काममा व्यस्त रहने कुरा तपाईं हाम्रा लागी अनौठो होइन तर यता रामपुर नगरपालिकामा भने चुनाव सकिएपछि पनि चुनाव आएजस्तो लागेको मतदाताले भन्ने गरेका छन् ।

गएको बैशाख ३० गते भएको निर्वाचनमा पराजय बेहोरेका मेयर पदका उम्मेदवार शिव अर्याल तथा उपमयेयर पदका उम्मेदवार दुर्गादेवी राना लगायतको टिम यतिवेला घरदैलोमा जुटेको छ । झिनो मतान्तरले उपबिजेता बनेका उम्मेदवार घरदैंलोमा पुग्दा नागरिक नै अचम्ममा छन् ।

स्थानिय तहको निर्वाचनको मतगणना सकिए लगतै घरदैलोमा पुगेका उम्मेदवारसँग आफूहरुले चाहेर पनि बिजेता बनाउन नसकेकोमा मतदाता भक्कानिएर रोएका थिए । १० वटा वडा रहेको नगरको वडानम्बर १ देखी १० सम्म दैनिक रुपमा घरदैलो गरेर नागरिकसँग भेट्ने गरेको मेयर पदका उम्मेदवार अर्यालले बताउनुभयो ।

उहाँले जितको नजिक पुगेर पराजय बेहोर्नु परेकोमा आफू भन्दा धेरै मतदाता दुः खी रहेको उल्लेख गर्दै हारजित प्राविधिक प्राविधिक कुरा रहेपनि आफू जनतासँगै रहेकोमा जोड दिनुभयो । आफूलाई रामपुरको विकासमा हातेमालो गरेर अगाडी बढ्ने इच्छा लागेको अर्यालको भनाई छ ।

समृद्ध रामपुर सुखी रामपुरबासीको सपना साकार पार्ने अभियानमा लागेको जानकारी दिदै नेता अर्यालले आफूलाई थोरै मात्रै मतले बिजयी हुन नसकेको बताउनुभयो । मतदातालाई धन्यवाद दिदै घरदैलोमा पुगेका अर्यालले रामपुर नगरपालिकामा शिक्षा, स्वाश्थ्य, खानेपानी विद्युत , सडक लगायत विविध क्षेत्रमा योेजनागत रुपमा काम गरी आफू जन्मेको ठाउँको विकासमा लाग्ने इच्छा जाहेर गर्नुभयो ।

२०७४ र यसपाली गरी दुई पटक नै निर्वाचनमा पराजय भोगेकी उपमेयर पदका उम्मेदवार दुर्गादेवी रानाले आफू पराजयकै कारण हतोत्साहित नबनेको बताउनुभयो । यसपालीको निर्वाचनमा झिनो मतले पराजित दुर्गादेवी राना यतिबेला जनताको घरदैलो जाने क्रममा महिला दिदीबहिनीको समस्या लगायत गाउँघरका हरेक काममा नेतृत्वदायी भुमिका रहेको र त्यो निरन्तर हुने बताउनुभयो । गतबैशाख ३० गतेको निर्वाचनमा मेयर पदमा नेपाली कांग्रेसका रमणबहादुर थापाले १० हजार ४ सय ५६ प्रतिस्पर्धी अर्यालले १० हजार ८३ मत प्राप्त गर्नुभएको थियो । मेयर पदमा थापा र अर्यालविच ३ सय ७३ मतान्तर रहेको थियो ।

उपमेयर पदमा नेपाली कांगे्रसका बालकुमारी थापाले १० हजार ३ सय ७ तथा प्रत्यासी दुर्गादेवी रानाले १० हजार २ सय ५० मत प्राप्त गर्नुभएको थियो । उपमेयर पदमा ५७ मतान्तर रहेको थियो । पराजय बेहोरेपछि वा चुनाव जितेपछि गाउँमा नेता देख्न नपाइने भन्दै यसपाली भने घरदैलोमा आउदाँ सान्तवना मिलेको मतदाताले बताएका छन् ।

ताजा

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal