रामपुरमा पराजय भोगेका उम्मेदवार घरदैलाेमै पुगेपछि मतदाता दङग

रामपुर,१४ जेठ- चुनाव आउदा नेताहरु लाइन लागेर घरघरमै पुग्ने र पराजय भएपछि पनि आफ्ना आफ्नै काममा व्यस्त रहने कुरा तपाईं हाम्रा लागी अनौठो होइन तर यता रामपुर नगरपालिकामा भने चुनाव सकिएपछि पनि चुनाव आएजस्तो लागेको मतदाताले भन्ने गरेका छन् ।
गएको बैशाख ३० गते भएको निर्वाचनमा पराजय बेहोरेका मेयर पदका उम्मेदवार शिव अर्याल तथा उपमयेयर पदका उम्मेदवार दुर्गादेवी राना लगायतको टिम यतिवेला घरदैलोमा जुटेको छ । झिनो मतान्तरले उपबिजेता बनेका उम्मेदवार घरदैंलोमा पुग्दा नागरिक नै अचम्ममा छन् ।
स्थानिय तहको निर्वाचनको मतगणना सकिए लगतै घरदैलोमा पुगेका उम्मेदवारसँग आफूहरुले चाहेर पनि बिजेता बनाउन नसकेकोमा मतदाता भक्कानिएर रोएका थिए । १० वटा वडा रहेको नगरको वडानम्बर १ देखी १० सम्म दैनिक रुपमा घरदैलो गरेर नागरिकसँग भेट्ने गरेको मेयर पदका उम्मेदवार अर्यालले बताउनुभयो ।
उहाँले जितको नजिक पुगेर पराजय बेहोर्नु परेकोमा आफू भन्दा धेरै मतदाता दुः खी रहेको उल्लेख गर्दै हारजित प्राविधिक प्राविधिक कुरा रहेपनि आफू जनतासँगै रहेकोमा जोड दिनुभयो । आफूलाई रामपुरको विकासमा हातेमालो गरेर अगाडी बढ्ने इच्छा लागेको अर्यालको भनाई छ ।
समृद्ध रामपुर सुखी रामपुरबासीको सपना साकार पार्ने अभियानमा लागेको जानकारी दिदै नेता अर्यालले आफूलाई थोरै मात्रै मतले बिजयी हुन नसकेको बताउनुभयो । मतदातालाई धन्यवाद दिदै घरदैलोमा पुगेका अर्यालले रामपुर नगरपालिकामा शिक्षा, स्वाश्थ्य, खानेपानी विद्युत , सडक लगायत विविध क्षेत्रमा योेजनागत रुपमा काम गरी आफू जन्मेको ठाउँको विकासमा लाग्ने इच्छा जाहेर गर्नुभयो ।
२०७४ र यसपाली गरी दुई पटक नै निर्वाचनमा पराजय भोगेकी उपमेयर पदका उम्मेदवार दुर्गादेवी रानाले आफू पराजयकै कारण हतोत्साहित नबनेको बताउनुभयो । यसपालीको निर्वाचनमा झिनो मतले पराजित दुर्गादेवी राना यतिबेला जनताको घरदैलो जाने क्रममा महिला दिदीबहिनीको समस्या लगायत गाउँघरका हरेक काममा नेतृत्वदायी भुमिका रहेको र त्यो निरन्तर हुने बताउनुभयो । गतबैशाख ३० गतेको निर्वाचनमा मेयर पदमा नेपाली कांग्रेसका रमणबहादुर थापाले १० हजार ४ सय ५६ प्रतिस्पर्धी अर्यालले १० हजार ८३ मत प्राप्त गर्नुभएको थियो । मेयर पदमा थापा र अर्यालविच ३ सय ७३ मतान्तर रहेको थियो ।
उपमेयर पदमा नेपाली कांगे्रसका बालकुमारी थापाले १० हजार ३ सय ७ तथा प्रत्यासी दुर्गादेवी रानाले १० हजार २ सय ५० मत प्राप्त गर्नुभएको थियो । उपमेयर पदमा ५७ मतान्तर रहेको थियो । पराजय बेहोरेपछि वा चुनाव जितेपछि गाउँमा नेता देख्न नपाइने भन्दै यसपाली भने घरदैलोमा आउदाँ सान्तवना मिलेको मतदाताले बताएका छन् ।
ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार
प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित
२०८१ फाल्गुन २८ गते, बुधबार
टोड्केको सिरेटोमा रमाउँछन् पाहुना
२०८१ फाल्गुन २७ गते, मंगलवार
विद्यालय पुग्न ट्युबको सहारा
२०८१ फाल्गुन २७ गते, मंगलवार
सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने
२०८१ फाल्गुन २२ गते, बिहीबार
संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न
२०८१ फाल्गुन २२ गते, बिहीबार