सत्ता गठबन्धनसँग बहुमत छ, एमसीसी पारित गरे हुन्छः एमाले प्रवक्ता ज्ञवाली
काठमाडौ,२ असोज– नेकपा (एमाले) का प्रवक्ता तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलिनियम च्यालेन्ज कर्पोेरेशन (एमसीसी) सम्झौता प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो आफ्नो सरकारको पालामा गर्नुभएकाले पारित गर्ने दायित्व पनि उहाँको रहेको बताउनुभएको छ ।
नयाँ किरण समूह टोखा काठमाडौंको आयोजनामा शनिबार यहाँ सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रवक्ता ज्ञवालीले सो कुरा बताउनुभयो । एमसीसी गलत भएको भए सरकारले सम्झौता नै गर्न नहुने चर्चा गर्नुहुँदै नेता ज्ञवालीले भन्नुभयो, “अहिले वर्तमान सरकारसँग १६५ सांसद छन, प्रतिपक्षीविनै उहाँहरुले संसदबाट एमसीसी पारित गर्न सक्नुहुन्छ ।”
एमसीसी सम्झौता देउवा नेतृत्वको सरकारले गरे पनि गाली ओली नेतृत्वको सरकारले खाएको टिप्पणी गर्नुहुँदै नेता ज्ञवालीले भन्नुभयो, “एमसीसी पारित गर्ने तपाईहरुको इच्छा हो भने संसदमा प्रस्ताव ल्याउनुस्, त्यतिबेला हामीले के गर्नुपर्ने हो पोजिशन क्लियर गरौंला ।”
यसअघि ओली नेतृत्वको सरकारले एमसीसी प्रस्ताव संसदमा अगाडि बढाउँदा अहिलेका सत्ता गठनन्धन दलहरुले सडकमा आगो बाल्ने काम गरेको उहाँले स्मरण गर्नुभयो । वर्तमान सरकारले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषयलाई छाडेर चीनसँगको सीमा समस्या उठाएर विषय मोड्न खोजेको पनि उहाँले आरोप लगाउनुभयो ।
समूहका अध्यक्ष निपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सीमाविद बृद्धिनारायण श्रेष्ठले समेत नेपालको सीमाबारे आफ्नो धारणा राख्नुभएको थियो ।
ताजा
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार





















