अखिल अध्यक्षमा सुनिता बराल, सचिवमा स्याङ्जाका भट्टराई

काठमाडौँ,२ असोज– नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन हुनुभएको छ । ललितपुर स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनःगठन गर्दै बराललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
निवर्तमान अध्यक्ष ऐन महरले बैठकमा राजीनामा दिएपछि बरालको अध्यक्षतामा ४ सय ६ सदस्यीय केन्द्रीय कमिटी पुनःगठन गरेको अनेरास्ववियुले जनाएको छ । पुनःगठित केन्द्रीय कमिटीले आगामी अखिलको २३औँ महाधिवेशन गराउने छ।
नवनिर्वाचित अध्यक्ष बराल अखिलको केन्द्रीय सदस्य, सचिवालय सदस्य, सचिव र उपाध्यक्ष भइसक्नुभएको छ । उहाँ अखिलमा महिलाबाट अध्यक्ष बन्ने तेस्रो हुनुहुन्छ । यस अघि रामकुमारी झाँक्री र नवीना लामा अखिलको अध्यक्ष भइसक्नुभएको छ।
सङ्गठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने र महासचिवमा समिक बडालले जिम्मेवारी पाउनुभएको छ भने सचिवमा स्याङ्जाका सुजन भट्टराई चयन हुनुभएको छ । उहाँले गण्डकी प्रदेशको इन्चार्जको समेत जिम्मेवारी प्राप्त गर्नुभएको छ । कालीगण्डकी गाउँपालिका स्थायी घर भएका भट्टराई लामो समयदेखि विद्यार्थी राजनीतिमा सकृय हुनुहुन्छ । निवर्तमान अध्यक्ष ऐन महर, उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला र शैलेश लामाले अखिलबाट बिदा लिनुभएको छ।
ताजा

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट तालिम
२०८२ असार ३ गते, मंगलवार
गण्डकी प्रदेशकाे बजेट ३१ अरब ९७ कराेड
२०८२ असार ३ गते, मंगलवार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार