पहिरो रोकथामकालागि प्रभावित क्षेत्रको अवलोकन

वालिङ,२ असोज– वालिङ १४ तमादीमा गतवर्ष गएको पहिरो रोकथाम तथा नियन्त्रणका लागि प्रभावित क्षेत्रको अध्ययन अवलोकन गरिएको छ । वालिङ नगरपालिका र गण्डकी प्रदेश भू संरक्षण तथा जलाधार डिभिजन कार्यालयको संयुक्त पहलमा पहिरो प्रभावित क्षेत्रमा रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपायहरु अपनाउनका लागि योजना बनाउन लागिएको हो ।

सडक विभागले खनेको बाटोका कारण गत वर्ष असोजमा माथिबाट पहिरो आएसँगै एकैघरका ९ जनाको पुरिएर मृत्यु भएको थियो भने पशुचौपायाहरु मरेका थिए । पहिरोका कारण घरै भत्किएपछि चार घर विस्थापित भएका छन् ।

गत वर्ष पहिरो गएको ठाउँभन्दा माथि जमिन चर्किएकाले त्यसको रोकथाम र बाढी पहिरो गईसकेको ठाउँमा नियन्त्रणका लागि अपनाउन सकिने उपायहरुकाबारेमा ईञ्जिनियरहरुको टोलीले अध्ययन गरेर कुन ठाउँमा के विधि अपनाउँदा प्रभावकारी हुन्छ सोही अनुसार योजनासहित अगाडि बढ्ने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

आगामी दिनमा थप क्षति हुन नदिनकालागि माटोको अवस्था हेरी जाली लगाउने, पर्खाल लगाउने र बायोईन्जिनियरिङ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम तथा नियन्त्रण गरिने नगर प्रमुख खाँणले बताउनुभयो ।

पहिरोका कारण विस्थापित बनेका परिवारहरुका लागि जग्गा छनोट र आवास निर्माणका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढाईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।

भू संरक्षण तथा जलाधार डिभिजन कार्यालयका बरिष्ठ अधिकृत दिवाकर पौडेलले नगरपालिकासँगको सहकार्यमा यस ठाउँमा छिट्टै काम सुचारु गर्ने बताउनुभयो । गत वर्ष नगरपालिका र जलाधार कार्यालयको साझेदारीमा बायोईञ्जिनियरिङ प्रविधिबाट तटबन्ध कार्य गरिएको थियो ।

ताजा

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

पुतलीबजार पूर्ण खोप पालिका घोषणा

२०८२ बैशाख ११ गते, बिहीबार

उत्पादन बढाउन आधुनिक खोर निर्माण

२०८२ बैशाख ११ गते, बिहीबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal