पहिरो रोकथामकालागि प्रभावित क्षेत्रको अवलोकन

वालिङ,२ असोज– वालिङ १४ तमादीमा गतवर्ष गएको पहिरो रोकथाम तथा नियन्त्रणका लागि प्रभावित क्षेत्रको अध्ययन अवलोकन गरिएको छ । वालिङ नगरपालिका र गण्डकी प्रदेश भू संरक्षण तथा जलाधार डिभिजन कार्यालयको संयुक्त पहलमा पहिरो प्रभावित क्षेत्रमा रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपायहरु अपनाउनका लागि योजना बनाउन लागिएको हो ।

सडक विभागले खनेको बाटोका कारण गत वर्ष असोजमा माथिबाट पहिरो आएसँगै एकैघरका ९ जनाको पुरिएर मृत्यु भएको थियो भने पशुचौपायाहरु मरेका थिए । पहिरोका कारण घरै भत्किएपछि चार घर विस्थापित भएका छन् ।

गत वर्ष पहिरो गएको ठाउँभन्दा माथि जमिन चर्किएकाले त्यसको रोकथाम र बाढी पहिरो गईसकेको ठाउँमा नियन्त्रणका लागि अपनाउन सकिने उपायहरुकाबारेमा ईञ्जिनियरहरुको टोलीले अध्ययन गरेर कुन ठाउँमा के विधि अपनाउँदा प्रभावकारी हुन्छ सोही अनुसार योजनासहित अगाडि बढ्ने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

आगामी दिनमा थप क्षति हुन नदिनकालागि माटोको अवस्था हेरी जाली लगाउने, पर्खाल लगाउने र बायोईन्जिनियरिङ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम तथा नियन्त्रण गरिने नगर प्रमुख खाँणले बताउनुभयो ।

पहिरोका कारण विस्थापित बनेका परिवारहरुका लागि जग्गा छनोट र आवास निर्माणका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढाईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।

भू संरक्षण तथा जलाधार डिभिजन कार्यालयका बरिष्ठ अधिकृत दिवाकर पौडेलले नगरपालिकासँगको सहकार्यमा यस ठाउँमा छिट्टै काम सुचारु गर्ने बताउनुभयो । गत वर्ष नगरपालिका र जलाधार कार्यालयको साझेदारीमा बायोईञ्जिनियरिङ प्रविधिबाट तटबन्ध कार्य गरिएको थियो ।

ताजा

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal