सपनीमा भएपनी आउनु है बाबा ! धेरै गुनासो गर्नुछ ….
कल्पना भुसाल
पिडाले अनियंत्रित बनेको मनको बाँधलाई
बल्लतल्ल अड्याएर घिसारिएको जिन्दगीमा
फेरि बेला,बेलामा आउने यादको बाढीले
भत्काइदिदो रहेछ र फेरि जिन्दगीको गति
त्यही अनियंत्रित बनि मन भासिदो रहेछ !
सन्सार हेरेर बुझाउछु भन्ने मनले,
सन्सार देखेरै अबुझ बनि बर्साउदो रहेछ
आँखाबाट बस्ती डुबाउने झरी जस्तै
जिन्दगी डुबाएर गलाउने आँसुका झरी ….
कैयौंपटक सोच्छु,
जिन्दगी सदैव उजाड मरुभूमि बनाउनु उचित हुँदै होइन…..
फेरि अर्को मनले भन्छ आकाश बिना
यो धर्तिका कुन चाहीँ जिवजन्तु जिवित रहन सक्छन् र
त्यसरी नै मरिसके मेरा सपनाहरु पनि ,
अहँ अब फर्किने छैनन……
घरीघरी सोच्छु जिन्दगी आखिर अन्तिम हुनै छ
अब पुर्ण बिराम लगाइदिन्छु जे सुकै होस् कमसेकम ….
फेरि अर्को मनले सम्झाउदै भन्छ
तेरो शरीरमा बगेको थोपा,थोपा रगतमा
उहि भगवानको प्यारो भएर गएको मान्छेको
परिस्रम र पसिना बगेको छ ,
त्यहाँ पनि त खोज्न सक्छेस् उहि मान्छेको माया..
उहि मान्छेको सपना .. कायर हुने होइन
संघर्ष गरेर अब उहाँको सपना तैँले पुरा गर्नैपर्छ ,
अनि आफुलाई सम्हालेजस्तो गर्दै हिड्न खोज्छु
तर कसैले हात समाइदिएर हिड्नु
दुखको चर्को घाममा कोहि छाता बनेर उसको छायामा हिड्नु
जस्तो सजिलो किन हुन्थ्यो जिन्दगी ….
लडिरहन्छु हजुरलाई सम्झिन्छु ,
दुख र पिडाको घाममा डडिरहन्छु हजुरलाई सम्झिन्छु ,
दुखाइ र पोलाइले तड्पाइरहन्छ पटक, पटक
मलम बन्नुको सट्टा नुन ,चुक छर्किन आउने धेरै भेटिन्छन
र हजुरलाई सम्झिन्छु हजुरले भनेको बचन
“बाबु म छिट्टै आउछु भनेको अन्तिम बोलि सम्झिन्छु
“फर्केर नआउने जान्दाजान्दै पनि बाटो हेरिरहन्छु
कतै …..बाबा! सपनामा भन्नुहुन्छ नि “बाबु म मरेको छैन ” हो!
बाबा मलाई अझै त्यस्तै लाग्छ
सपनीमा भएपनी आउनु है बाबा ! धेरै गुनासो गर्नुछ ….
ताजा
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार





















