कोरिया छाडेका भण्डारी बाख्रा संग रमाउदै

गोपाल जिटी
वालिङ,२३ भदौ– युवाहरु माझँ वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा रहेको दक्षिण कोरियाले भन्दा यहाँका केही युवाहरुलाई भने आफ्नै गाउँघर र पाखोले तानेको छ । वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जानुभएका गल्याङ नगरपालिका १ मालुङ्गा फाँटका ध्रुव भण्डारी दक्षिण कोरियाको बसाइलाई विटमार्दै आफ्नै गाउँघरमा बाख्रापालन व्यावसाय गरेर यसैमा रमाउनुभएको छ । भण्डारीले कोरियाको जागिर छोडेर विगत दुई वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आउनु भएको हो ।

विदेशमा अरुको दवावमा काम गर्नुभन्दा आप्mनो गाउँठाउँमा स्वतन्त्ररुपमा कृषि पेशा गर्नु ठिक लागेर गाउँ फर्केको भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,“विदेशमा अरुको दवावमा काम गर्नुभन्दा आफ्नो गाउँठाउँमा स्वतन्त्ररुपमा कृषि पेशिा गर्न ठिक लागेर गाउँ फर्किए अहिले यही काममले आनन्द मिलेको छ ।”

तीन वटा माउ पाठी र एउटा बीउ बोका गरी जम्मा चारवटाबाट सुरु गर्नुभएका भण्डारीको मालुङ्गा नमूना बोयर बाख्रा फर्ममा अहिले ३५ वटा माउ सहित साना ठुला गरी ५५ वटा बाख्रा छन् । नेपालको हावापानीमा छिटो वृद्धि हुने र मूल्य पनि राम्रो पर्ने भएकाले बोयर बाख्राले भण्डारीलाई आकर्षित गराएको हो । स्थानीय खरी बाख्राबाट नश्ल सुधार गरेर भण्डारीले क्रमिकरुपमा बोयर जातको विकास गर्दै आउनुभएको हो । भण्डारीको फर्ममा सय प्रतिशत सम्मका बोयर बाख्रा छन् ।

सेतो सहरको अवधारणा सहित अगाडि बढेको गल्याङ नगरपालिकाले दूध उत्पादनसँगै बाख्रापालनलाई पनि प्राथमिकता दिन थालेकाले थप उत्साही बनाएको भण्डारीले सुनाउनुभयो । हामीले अरुको देखेर र रहरको भरमा व्यवसाय गरेर हुँदैन मनैदेखि म यो काम गर्छु भनी दृढ संकल्प सहित कामको थालनी गरेमा सफल हुन सकिने भण्डारीको विश्वास छ । अन्न र दाना भन्दा पनि घाँस खुवाएर उत्पादन लिन र थोरै लगानीबाट पनि सुरु गर्न सकिने भएकाले बाख्रापालनलाई रोजेको उहाँको भनाई छ ।

मूल्यमा गिरावट नआउने र माग पनि धेरै हुने भएकाले पनि बाख्रापालन व्यावसायमा मन जागेको भण्डारीले बताउनुभयो । चार वटा बाख्राबाट भएको आम्दानी बाख्रामा थप्दैजाँदा खोर निर्माण सहित अहिलेसम्म भण्डारीले ३५ लाखको लगानी गरिसक्नुभएको छ । भण्डारी भन्नुहुन्छ, “उन्नत जातको बोयर बाख्रा भएको हुँदा एउटा पाठापाठीको मूल्य दुई तीन लाख भनेको सुन्दा छिमेकीहरुले सुनको बाख्रा हो र भन्ने गर्थे, अहिले सुन होइन मोति भएको छ ।” अहिले छिमेकीहरु मलाई पनि दिए हुन्थ्यो, मैले पनि पाए हुन्थ्यो भन्ने गरेका छन् । यसले मलाई खुसी मिलेको छ ।
कोरियाबाट फर्केर काठमाडौंमा घर समेत बनाइसकेको मान्छे गाउँमा आएर चार वटा बाख्रा पाल्न थाल्यो, यसले ठीक गरेन विग्रिएछ, भन्ने छिमेकीहरु अहिले आएर राम्रो गरेको भन्न थाल्नुभएको छ । छिमेकिका कुरा सुनेको भए आफुले केही पनि गर्न नसक्ने भण्डारी बताउनुहुन्छ । कुरा गर्नेहरुको कुनै पेशा पनि हुँदैन, उनिहरु कुनै अनुभव विना नै सल्लाह दिने र हुने नहुने कुरा गर्दैमा आनन्द हुने गर्छन् । अहिले तीनै व्यक्तिहरु यो पेशा प्रति आकर्षित भएकोमा खुसी लागेको छ ।

युवाहरुमा पनि वैदेशिक रोजगारीलाई नै आर्थिक उपार्जनको गन्तव्य हो भन्ने सोंचमा परिवर्तन आउनुपर्ने भण्डारी बताउनुहुन्छ । उहाँका अनुसार धेरै युवाहरु विदेश जानका लागि पन्ध्र वीस लाख लगानी गर्न तयार हुन्छन् र आप्mनो लगानी भन्दा महिनाको एक डेडलाख तलवलाई महत्व दिएर विदेश होमिन्छन् । यहाँ सुतेर देखेको सपना विदेशमा काम गरेर पूरा गर्नुपर्दा धेरै युवाहरु डिप्रेशनको शिकार हुने गरेको भण्डारीको भनाई छ ।
प्राविधिक शिक्षा लिएका होउन या अन्य क्षेत्रका दक्ष युवाशक्तिलाई वैदेशिक रोजगारीमा पठाएर रेमिटान्स भित्र्याउने मुलुक आज जस्ताको तस्तै छन् भने आप्mनै देशमा उद्यमी बनाउने देशहरुको आर्थिक वृद्धिदर उच्च रहेको अध्ययनले पुष्टी गरेको छ । अतः वैदेशिक रोजगारीको रेमिटान्सबाट देश चलाउँछु भन्नु गलत भएको भण्डारीको भनाईरहेको छ । राज्यले वैदेशिक रोजगारीमा जानेहरुका लागि भनेर श्रम स्वीकृतदेखि लिएर विभिन्न देशहरुसँग समन्वय समेत गरेको छ । यसरी दक्ष जनशक्तिलाई विदेश पठाउनु भन्दा उनिहरुलाई आफ्नै देशमा सीप सिक्न प्रेरित गर्दै काम गर्ने वातावरण सिर्जना गर्नु आजको आवस्यकता भएको भण्डारीको भण्डारी बताउनुहुन्छ ।

ताजा

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal