धन्न कुसे औँसी आयो र नत्र बिर्सिसकेकाे बा !

राजु अर्याल

कुसे औँसीमा मात्रै सम्झेँ है

मलाई साँच्चै फुर्सद नै छैन बाबा

धन्न वर्षमा एकपटक कुसे औँसी र

दुईपटक तर्पण अाउँछ र मात्र हाे

हजुरलाई सम्झने नत्र फुर्सद नै छैन ।

र आजपनि त्यसैगरी सम्झेँ

बिहानै उठेर फेसबुक खाेलेकाे थिएँ

जहाँ जीवित अजीवित पिताहरूकाे तस्बिरले पन्ना भरिइसकेछन्

मलाई लाग्याे ए आजत बालाई सम्झने दिन पाे रैछ

फेरि एउटा तस्बिर त राख्नै पर्याे नत्र लाेकले के भन्ला ? जस्तै लाग्याे ।

पन्ना नपाइने हाे कि याे लेख्दै गर्दा? फेरि बा !

आज म पनि बा भएकाे छु मेराे पनि अस्तित्व बढेकाे छ

म हिजो झैँ छैन अाज ।

श्रीमती र बालबच्चा पनि छन् उनीहरूकाे इच्छा,

चाहनाअनुसार चल्नु पर्ने भएकाे छु हिजाे हजुरलाई चलाउँथेँ ।

जिम्मेवारी बढेकाे बढ्यै छ

उनीहरूकाे खुसी नै मेराे खुसी मानेकाे छु

शिक्षा, स्वास्थ्य, खानपान, तडकभडक सब्बै ।

त्यसैले हिजाे हजुरलाई घाेडा बनाएँ हाेला आज म बनिरहेकाे छु ।

धन्न कुसे औँसी आयाे र मात्रै नत्र बिर्सिसकेकाे ।

अर्यालः वालिङ बहुमुखी क्याम्पसमा अध्यापनरत हुनुहुन्छ।

ताजा

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal