सुनसान बजार र निरास व्यापारी

दर्वेन्द्र देव खनाल
गल्याङ,२६ साउन – स्याङ्जा जिल्लाको तेस्रो ठूलो व्यापारीक केन्द्र गल्याङ बजारमा संचालन भएका व्यवसायहरु अत्यन्त अप्ठयारो स्थितिमा रहेका छन् । गत वर्षको कोभिडका कारण झण्डै ७ महिना बन्द रहेका व्यापार, व्यवसाय यो वर्ष पनि सोहि प्रकृतिको भाइसरसबाट प्रताडित भएको पाइएको छ । पछिल्लो समय सुस्ताउदै गएको गल्याङ बजारको दैनिक कारोबार यस प्राकृतिक प्रकोपका कारण थप मर्कामा परेको छ । यो गल्याङ बजार यस क्षेत्रको प्रमुुख व्यापारिक केन्द्र हो ।

गल्याङ नगरपालिकाको कार्यालय समेत रहेको यस बजार विगत लामो समय पाल्पा, गुुल्मी, पर्वत जिल्लाका विभिन्न ठाउँका बासिन्दाहरुको नुुन, तेल लगायतका दैनिक प्रयोजनका सामाग्री खरिद गर्ने केन्द्रको रुपमा रहनुुका साथै बुुटवल, पोखरा, काठमाडौ लगायतका ठाउँमा आवत जावत गर्नका लागि प्रमुुख नाकाको रुपमा रहेको थियो ।

यस ठाउँबाट पाल्पाको रामपुुर, गुुल्मीको पूर्तिघाट, स्याङ्जाको चापाकोट लगायत यस क्षेत्र वरिपरिका विभिन्न ठाउँमा जानका लागि यस नाकाको प्रयोग हुुने गर्दथ्यो । पछिल्लो समय आफ्नो गाउँ आफै बनाउँ अभियान अन्तर्गत तत्कालिन गा.वि.सहरुलाई निश्चित बजेटको व्यवस्था हुन थाले पश्चात ग्रामिण क्षेत्रमा कच्ची मोटरबाटोको निर्माणको कार्यले तिब्रता पाउन थाल्यो । कतिपय क्षेत्रमा उपभोक्ता स्वयंले समेत आफ्नो लगानी थप गरेर आफ्नो टोल बस्तीसम्म मोटरबाटो खन्ने कार्यले तिब्रता पाएको थियो । जसको फलस्वरुप ग्रामिण यातायातको रुपमा गाउँगाउँमा जीपहरुले खाद्यान्न लगायतका सामाग्रीहरुको ओसारपसार गर्ने, यात्रुहरुलाई ओसारपसार गर्ने क्रियाकलाप बढ्दो देखियो । जसको कारण यस क्षेत्रबाट नजिकै रहेको ठुलो बजार बुुटवलसम्म जान मानिसहरुको सहजै पहुँच पुुग्न थाल्यो भने बुुटबल, पोखरा लगायतका ठाउँहरुबाट ग्रामिण क्षेत्रका विभिन्न ठाउँहरुमा सिधा यातायातको व्यवस्था हुुन थाल्यो ।

यसरी खाद्यान्न लगायतका सामाग्री बोकेका विभिन्न ठाउँका यातायातका साधनहरु प्रत्यक्ष रुपमा जनताका घरदैलोमा गाउँगाउँमा, बस्तीबस्तीमा पस्न थालेपछि व्यापारिक केन्द्रको रुपमा, सम्भवत् स्याङ्जा जिल्लाकै सबैभन्दा धेरै दैनिक नगद कारोबार हुने भनेर चिनिएको यस बजारको साख दिनानुुदिन घट्दै जान थाल्यो । पर्याप्त मात्रामा होलसेलका पसलहरुको व्यवस्था नभैसकेको परिप्रेक्ष्यमा यस ठाउँको बजारको कारोबार ओरालो लाग्न थाल्यो अनि पुुराना व्यापारीहरु यहाँबाट विस्थापित हुन थाले भने कसैले आफ्नो पेशा परिवर्तन गर्ने वा पेशा नै छोड्ने अवस्थामा पुुग्न थाले ।

कालिगण्डकी परियोजना र कालिगण्डकी करिडोरको निर्माण भन्दा अगाडी सम्म पश्चिम तर्फ विर्घासम्मको क्षेत्रका बासिन्दा र पाल्पाको असेर्दी, हुँगी, गेझा सम्मकको नियमित नुुन, तेल लगायत विवाह, ब्रतबन्ध, मृत्युसंस्कार समेतमा आवश्यक सामाग्री खरिदका लागि यो बजारको भर पर्नुपर्ने अवश्था थियो भने त्यस परियोजनाको कारण यातायातको सुुविधा भएपश्चात त्यस क्षेत्रमा पनि बजारीकरणको शुुरुवात भयो भने पुर्तिघाट, सेतिवेणी, हुँगी लगायतका क्षेत्रबाट आउने ग्राहकहरुका लागि त्यो क्षेत्र सहज गन्तव्यको रुपमा रहन गयो । यसरी ६० को दशक सम्म अत्यन्तै राम्रो रहेको यस बजारको कारोवार विस्तारै ओरालो लाग्न थाल्यो । पछिल्लो समयमा केही व्यापारीहरुले खाद्यान्न लगायतका सामाग्रीहरुको होलसेल बजारीकरण गरि कारोबारमा थप बढावा दिएको र स्थानीय सरकारको निर्माण पश्चात ग्रामिण भेगका सडकहरुको स्तरोन्नती भएका कारण यस बजारबाट सिधै सामाग्रीहरुको ओसारपसारमा थप सहजता भएको देखिन्छ ।

गल्याङ नगरपालिकाको कार्यालय, ठूला बंैक तथा वित्तिय संस्थाहरु, क्याम्पस, नगर अस्पतालको सेवा विस्तार, निजी विद्यालय र अन्य विभिन्न सेवा प्रदायक संस्थाहरु यसै बजारमा रहेकोले हिजोआज यस नगरका मानिसहरुको केही बाक्लो उपस्थिति देख्न सकिएता पनि पहिलेको तुुलनामा अत्याधिक मात्रामा विक्रिवितरणमा कमि आएको पुुराना व्यापारीहरु बताउछन् । तर यस क्षेत्रमा केही सुविधा सम्पन्न होटल, लज, पार्टि प्यालेस निर्माण गरी र अन्य प्राविधिक तथा व्यवसायीयक शैक्षिक गतिविधीहरुलाई अगाढी बढाउन सकेमा थप कृयाकलाप बढ्ने व्यापारीहरु बताउदछन् ।
यसरी सडक यातायातको विस्तारको कारण खस्कदै गएको व्यापारलाई विभिन्न समयमा भएका प्राकृतिक प्रकोपले व्यापार र व्यापारीहरु थप मर्कामा परिरहेको अवस्थामा गत वर्षदेखि शुुरु भएको नोबल कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले डामाडोलको अवस्थामा पुुगेको केही व्यापारीहरु बताउछन् । व्यापार व्यवसाय बन्द रहेता पनि सटर भाडा, बैंकको व्याज लगायतका खर्चका स्रोतहरुमा कुुनै कमि नआउँदा व्यापार व्यवसायलाई धान्न अत्यन्तै मुुस्किल रहेको व्यापारीहरुको गुुनासो सुनिन्छ ।

विभिन्न समस्या र परिस्थितिबाट गुज्रदै अगाडी बढेर भए पनि व्यापारीहरुले आफ्नो धर्मलाई भने भुुलेको पाईदैन । यो विषम परिस्थितिमा समेत आफ्नो ज्यानको प्रवाह नगरी यस क्षेत्रबाट विभिन्न गाउँहरुमा नियमित रुपमा पर्याप्त मात्रामा खाद्यान्न सामाग्री पैठारी गर्ने कार्यमा व्यापारीहरु लागेको उद्योग वाणिज्य संघ गल्याङका अध्यक्ष यज्ञप्रसाद अर्याल बताउनुु हुुन्छ । उहाँका अनुसार यो बजारको व्यापार विस्तारमा गल्याङ उद्योग बाणिज्य संघ लागि रहेको र यस क्षेत्रमा सहज मूल्यमा बस्तुुको विक्रि वितरणका लागि ढुुवानीको भाडाले समस्यामा पारेको र ठुला मालबाहक साधनलाई यहाँ ल्याउने सन्दर्भमा रामनदीको मोटरेवल पुुलको क्षमता बाधक बनेको सन्दर्भमा विभिन्न निकाय, पूूर्व कृषि मन्त्री पद्यमा कुमारी अर्याल, अर्थमन्त्री विष्णुु पौडेल र उद्योग बाणिज्य महासंघ जस्ता व्यक्ति र निकायमा निरन्तर खवरदारी पश्चात माग सुनुवाई भई कार्य प्रगति भएकोले अवका केही वर्षमा बजारको विकास र विस्तारमा वस्तुुहरुको होलसेल विक्रिवितरणका लागि व्यापारीहरुलाई उत्साहि बनाई पहिलेको यस बजारको गरिमालाई पूनः फर्काउने दिशामा लागेको अर्याल बताउनुु हुन्छ ।

एक फरक प्रसंगमा अध्यक्ष अर्यालले यो महामारीमा जनताको चुुलो बाल्नका लागि व्यापारीहरुले आफुु संक्रमणको जोखिम मोलेरै भएपनि आफ्नो कार्यमा निरन्तर लागेकोले अबका दिनमा सर्वप्रथम उनीहरुलाई भ्याक्सिनको प्रबन्ध मिलाउन सम्बन्धित निकायसंग जोडदार माग राखेको बताउनुु हुुन्छ । दैनिक रुपमा उनीहरु सयौ ग्राहकको सम्पर्कमा आउने भएकोले कुनै कारणवश उनीहरुमा संक्रमण भएमा त्यसले झनै ठूलो माहामारीको रुपलिने बताउनुहुन्छ ।

यसरी लामो समयसम्म आफ्नो छुुट्टै व्यापारीक पहिचान बनाउन सफल यस गल्याङ नगरीको गरिमालाई कायम राख्नका लागि यस क्षेत्रका व्यापारी, व्यवसायी, घरेलु तथा मझौला उद्यमी, राजनैतिक दल सम्बद्ध व्यक्तित्वहरु, संघसंस्थाका प्रतिनिधि लगायत सबैले बेलैमा योजना बनाउनुु आवश्यक देखिन्छ भने कृषिजन्य वस्तुुहरुको उत्पादन र साना तथा मझौला उद्योगहरुको स्थापनामा नव युवाहरुलाई प्रोत्साहन गर्नका लागि स्थानीय सरकारले योजनाबद्ध कार्यक्रमहरु प्रस्तुुत गर्नु अपरिहार्य छ । बस्तुुहरुको मुुल्यमा एकरुपता, सटरको भाडाहरुमा एकरुपता, गुुणस्तरीय बस्तुहरुको विक्रिवितरण, उचित मुुनाफा र ग्राहकसंगको राम्रो सम्बन्ध जस्ता विषयहरुमा सम्बन्धित निकायबाट निगमन आवश्यक देखिन्छ । सबै क्षेत्रको सहयोग रहेमा खस्कदै गएको व्यापारिक क्रियाकलाप र व्यापारीहरुको मनोवलमा बृद्धि गर्न सकिने अर्याल बताउनुु हुुन्छ ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal