लचिला अर्थमन्त्रीको ‘लोकप्रिय’ बजेट : सबैलाई खुशी पार्ने प्रयास
काठमौं,१५ जेठ– विपक्षी दल तथा विभिन्न भुपुहरुले कामचलाउ बजेट मात्र ल्याउन सरकारलाई दवाव दिइरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृहद आकारको ‘लोकप्रिय’ बजेट सार्वजनिक गरेका छन् । कोभिडलाई मुख्य केन्द्रविन्दूमा राखिएको भए पनि बजेटले ‘सबैलाई खुशी पार्ने’ स्पष्ट ध्येय बोकेको छ ।
सरकारले यसै वर्ष मध्यावधि चुनावको घोषणा गरेकाले त्यसलाई लक्ष्यित गर्दै ‘मतदाता रिझाउने खालका कार्यक्रम’ आउन सक्ने पूर्वानुमान थियो नै । तर, कोभिड-१९ र आर्थिक पुनरुत्थानका लागि यथेष्ट रकम छुट्याउनुपर्ने अवस्थामा ‘पपुलिस्ट’ कार्यक्रममा जोड नदिन विज्ञहरुले जोड दिइरहेका थिए । अर्थमन्त्री पौडेलले ‘सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने’ गरी कोभिड संकट समाधान, आर्थिक पुनरुत्थान तथा लोकप्रिय कार्यक्रमसहितको ‘ककटेल’ बजेट ल्याएका छन् ।
बजेटले देशका सबैजसो क्षेत्र, र तह-तप्काका नागरिकलाई छोएको छ । सबैलाई कुनै न कुनै हिसाबले राहत तथा सहुलियत दिइएको छ । वृद्धवृद्धा, युवा, विद्यार्थी, व्यवसायीदेखि पत्रकारसम्मलाई विभिन्न ‘अफर’ हरु बजेटमा छन् । यसरी सबैलाई खुशी पार्न खोज्दा बजेट आकारमा ठूलो र सिद्धान्तमा खुकुलो बनेको छ ।
वृद्धवृद्धालाई खुशी पार्न सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ भने सरकारी कर्मचारीलाई खुशी पार्न उनीहरुको तलवमा वृद्धि गरेको छ । आमजनतालाई खुशी पार्न विद्युत तथा खानेपानी महसुलमा सहुलियत तथा छुट दिइएको छ । बजेटमा उल्लेख भएअनुसार मासिक न्यूनतम २० हजार लिटर खानेपानी उपभोग गर्ने उपभोक्ताले महसुल तिर्नु पर्दैन । यस्तै निषेधाज्ञाभरि २० युनिट विद्युत उपभोग गर्ने उपभोक्ताले शतप्रतिशत छुट पाउनेछन् । युवा-विद्यार्थीहरुलाई खुशी बनाउन शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण लिन सकिने व्यवस्था बजेटले गरेको छ । यसैगरि, विद्यार्थीलाई ल्यापटप खरिदका लागि १ प्रतिशत व्याजदरमा ८० हजारसम्म ऋण दिने तथा १६ वर्षमाथिकालाई निशुल्क सिम दिनेजस्ता योजना बजेटमा छन् । पत्रकारलाई सरकारी अस्पातालमा निशुल्क उपचार दिने घोषणा गरिएको छ ।
अर्थमन्त्रीले बजेट भाषणमा ‘जनताको जीवनरक्षा’ लाई मुख्य प्राथमिकतामा राखेको बताएका छन् । कोभिड-१९ ले जनस्वास्थ्यमा संकट पैदा गरेका बेला सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नु स्वभाविक पनि हो । बजेटमा स्वास्थ्य क्षेत्रलाई अहिलेसम्मकै धेरै १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
कोभिड- १९ को रोकथाम र नियन्त्रणमा बजेटले बढी जोड दिएको छ । यसका लागि ३७ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरिएको छ भने खोप खरिदका लागि मात्रै २६ अर्ब ७५ करो रुपैयाँ छुट्याइएको छ । अक्सिजन लगायत स्वास्थ्य पूर्वाधार तथा सामग्रीहरुका खरिद तथा निर्यातमा विभिन्न छुटहरुको घोषणा भएको छ ।
बजेटले आर्थिक पुनरुत्थानलाई दोस्रो प्राथमिकतामा राखेर उद्योगी-व्यवसायीलाई राहत दिने प्रयास गरेको छ । उनीहरुले उठाएका धेरै माग सम्वोधन भएका छन् । व्यवसायीलाई पुनर्कजाका लागि १३ अर्ब रुपैयाँको विनियोजन भएको छ । बजेटले राहत, पुनरुत्थान, सहजीकरण र प्रोत्साहन गर्दै सरकारले निजी क्षेत्रको अभिभावकत्व लिन खोजेको छ । यद्यपि, आर्थिक पुनरुत्थान निकै चुनौतिपूर्ण विषय भएकाले बजेटमा घोषित कार्यक्रमहरु पर्याप्त हुन्छन् भन्न सकिन्न ।
कोरोनाको संकटका बीचमा आएको ‘लोकप्रिय’ बजेटलाई अर्थशास्त्रीय आँखाबाट हेर्दा भने प्रश्न उठाउने ठाउँ छन् । स्रोतको सुनिश्चितताबिना नै बजेटको आकार ठूलो बनाइएको छ । कोरोनाले आर्थिक गतिविधिमा संकुचन आएका बेला सरकारले सोचेजति राजश्व संकलन र वैदेशिक अनुदान प्राप्त नहुन सक्छ । सम्भावना न्यून छ । यस्तोमा घोषित कार्यक्रमहरुको कार्यान्वयनमा समस्या पर्नेछ ।
आलोचनाको अर्को विषय भनेको आर्थिक संकटका बीच पनि बजेटले वितरणमूखी कार्यक्रमहरुमा जोड दिनु हो । खासगरी वृद्धभत्ता र सरकारी कर्मचारीको तलव बढाउन अहिले उपयुक्त समय होइन भन्ने धेरै अर्थविदको मत थियो । यद्यपि, पार्टीको घोषणापत्रमा नै वृद्धभत्ता पाँच वर्षमा ५ हजार पुर्याउने उल्लेख भएकाले त्यो वाचालाई अर्थमन्त्रीले भुल्न सकेनन् । यसले राज्यकोषमा निकै ठूलो भार थपेको छ । यीबाहेक पनि अनुत्पादक कार्यक्रमहरु बजेटमा यथेष्ट छन् ।
समम्रमा नितान्त राजनीतिक पृष्ठभूमिका अर्थमन्त्री पौडेलले बजेटमार्फत जनता रिझाउने इमानदार प्रयास गरेका छन् । सैद्धान्तिक हिसाबले बजेट खुकुलो र वितरणमुखी भए पनि आमजनताले यो बजेटलाई सकारात्मक रुपमा आत्मसात गर्न सक्ने देखिन्छ ।
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















