पाल्पाका धार्मिक तथा ऐतिहासिक स्थलको विकासका लागि बजेट विनियोजन

सिर्जना घिमिरे

पाल्पा,१५ जेठ– सरकारले पाल्पाका धार्मिक तथा ऐतिहासिक स्थलको विकास र प्रवधनमा टेवा पुर्याउने गरी आर्थिक वर्ष २०७८÷०७९ को बजेट घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेल द्वारा शनिबार प्रस्तुत गरिएको बजेटमा जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल सत्यवती मन्दिरलाई धार्मिक पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न बजेट विनियोजन गरिएको छ । यसै गरी रुरुक्षेत्र, भैरवस्थान मन्दिरमा पूर्वाधार विकास ,सिद्धबाबामा सुरुङमाग निर्माण गर्नग बजेटमा सम्बोधन भएको छ ।

ऐतिहासिक तानसेन पुरानो बजारको रुपमा शहरी विकास पूर्वाधार निर्माण तथा रानीघाटमा आधुनिक पूर्वाधार विकास गरिने कुराले पाल्पालाई पर्यटकिय गन्तव्यका रुपमा विकास गरिने अपेक्षा गरिएको छ । तिनाउ गाउँपालिकामा रहेको नेपालकै अनौठो खालको ऐतिहासिक महत्व बोकेको चिच्याएर बर माग्ने सत्यवती क्षेत्रको विकासमा सरकारले सम्बोधन गरेकोमा थप खुसी लागेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिले बताउनुभयो । केन्द्रीय बजेट करिब १ करोडको लागतमा काम भएको सत्यवतीमा पुन थप योजना सम्बोधन हुदाँ पाल्पालीमा आशा जगाएको छ ।

पहिरोग्रस्त क्षेत्रका रुपमा परिचित पाल्पा–बुटवल सडकखण्डको सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा–दोभान खण्डमा आगामीबर्ष निर्माणका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री बिष्णुपौडेलले बजेट भाषणमा उल्लेख गर्नुभयो । कालीगण्डकी करिडोर निर्माणकार्यको निरन्तरता, पाल्पाको बाँसटारी– जोर्ते खण्डको विस्तृृत योजना बनाएर विकास गरिने, कालीगण्डकीको देवघाट देखि राम्दीसम्म जलमार्ग निर्माण गरिने,कालीनदीको पानीलाई लिफ्टिङ गरि यसक्षेत्रका फाँटमा सिंचाई प्रवन्ध गर्ने, सिद्धार्थ राजमार्गलाई डबल लेन बनाइने, तानसेनको बर्तुङमा लिफ्टिङ् खानेपानी आयोजना तथा झुम्साखोलामा खानेपानी आयोजनाको काम गरिने कुराले पाल्पालीलाई उत्साहित बनाएको छ ।

कालीगण्डकी नदीमा यातायात सञ्चालनका लागि यहि वर्ष सर्बे भएकोमा अव निर्माणको काम थालिने कुराले थप खुसी थपेको यसक्षेत्रका नागरिकले बताएका छन् । बजेटमा पश्चिम पाल्पामा मौसम राडरको कामलाई निरन्तरता र राम्दी तिनाउ डाइभर्सनको योजनाको बारेमा उल्लेख छ ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal