वालिङ उद्योग वाणिज्य संघले भन्यो आवश्यकपरे सिटी हललाई आइसोलेसन बनाउँ

वालिङ,५ जेठ– वालिङ उद्योग वाणिज्य संघले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरियन्टले माहमारीको रुप लिएको अवस्थामा आवस्यक परेमा संघको सिटी हललाई आइसोलेसन सेन्टर निर्माणको लागि उपलब्ध गराउने जनाएको छ । पछिल्लो समय कोरोनाको नयाँ भेरियन्टका कारण वालिङमा संक्रमित तथा मृत्युदर बढिरहेका बेला संक्रमणको नियन्त्रणका लागि व्यापारी व्यवसायीको भूमिका एवं ब्यावसायीहरुलाई परेको समस्याका बारेमा छलफल गरिएको हो ।

संघले लकडाउनको पुर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाहमा सर्भसुलभ दरमा सामान खरिदविक्रि गर्न व्यापारीहरुलाई आग्रह गरेको छ ।
संघका अध्यक्ष शोभाकान्त पौडेलले क्रमणको जोखिमलाई मध्यनजर आवस्यक परेमा वालिङ नगरपालिका र गह्रौँ प्राथामिक अस्पतालको सहयोगमा सिटीहललाई आइसोलेसन सेन्टरको रुपमा निर्माण गर्ने बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, ‘हाम्रो संघको कार्यसमिति बैठक बसेर कोरोनाका कारण सिर्जित पछिल्लो अवस्थाका बारेमा छलफल भएको छ । कोरोनाको संक्रमणको नियन्त्रणका लागि सक्दो सहयोग गर्न हामी प्रतिवद्ध छौँ ।’

बैठकले विभिन्न ब्यवसायिक संघसंस्था, सहकारीहरु, हार्डवयर ब्यवसायी, अटो इञ्जिनियरिङ ब्यवसायी, विद्युत ब्यवसायी लगायतका वस्तुगत संघहरु र उद्योगी ब्यवसायीहरुले वालिङको कोभिड–१९ राहत कोष एवं गह्रौँ प्राथामिक अस्पताललाई विभिन्न पक्षबाट उपलब्ध गराउनुभएको सहयोगको समेत उच्च सम्मान गर्दै आभार प्रकट गरेको संघका महासचिव केशरबहादुर खाँण (धु्रव) ले बताउनुभयो ।
त्यसैगरी कोभिड–१९ को महामारीका समयमा उद्योगी ब्यापारी ब्यवसायीहरुमा परेका समस्याहरुको सहजीकरणका लागि विभिन्न क्षेत्रको लागि पूर्व गठित टोल समितिहरुलाई सक्रिय गराउँदै जिम्मेवारी प्रदान गरेको संघले जनाएको छ ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal