गह्रौ प्राथमिक अस्पताललाई शैया हस्तान्तरण
वालिङ,३० वैशाख– वालिङमा रहेका सहकारी तथा विभिन्न संघ संस्थाले गह्रौ प्राथमिक अस्पताललाई शैया हस्तान्तरण गरेका छन् ।
तिब्र गतिमा फैलिरहेको कोभिड १९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा निर्माणाधिन आइसोलेसन कक्षका लागि सहकारी तथा विभिन्न संघ संस्थाले बुधबार शैया हस्तान्तरण गरेका हुन् । ‘एक संस्था एक शैया’ हस्तान्तरण अभियान अन्तर्गत यहाँका १८ सहकारी तथा संघ संस्थाद्वारा सामूहिकरुपमा अस्पताललाई १८ शैया हस्तान्तरण गरेका हुन् ।
महामारीकोरुपमा फैलिएको कोभिडको रोकथामका लागि नगरपालिकाले जनस्वास्थ्य विपद घोषणा गरी नियन्त्रणलाई अगाडि बढाईरहेका बेला विभिन्न संघ संस्था तथा सहकारीहरुद्वारा प्राप्त सहयोगप्रति नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले आभार ब्यक्त गर्दै नगर प्रमुख खाँणले भन्नुभयो, “नगरपालिकाले गरेको आब्हानलाई स्वीकार गरी सहकारीहरु तथा संघ संस्थाहरुद्वारा आधुनिक शैया उपलब्ध गराउनुभएकोमा धन्यवाद दिन चाहान्छु ।” सहकारी तथा संघ संस्थाहरुले उपलब्ध गराएको शैयाहरुको सही सदुपयोग गर्दै सङ्क्रमितहरुको उपचार कक्षमा प्रयोग गर्ने उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
उहाँले अस्पतालमा आइसोलेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुहुँदै सङ्क्रमितको अवस्था हेरी अन्य स्थानहरुमा पनि आइसोलेसन कक्ष सञ्चालन गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
सङ्क्रमणका बेला सहकारीहरुले यहाँका नागरिकहरुको जीवनरक्षाका लागि सहयोग पुगोस् भन्ने हेतुले अस्पताललाई शैया उपलब्ध गराएको जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक मुक्तिप्रसाद पाण्डेले बताउनुभयो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
























