चुच्चे नक्सा जारी भएपछी केपी ओली हटाउने अभियान चल्यो ः मन्त्री अर्याल


काभ्रे, १५ माघ– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले विगतमा छुटाइएका नेपाली भूभाग समेटेर चुच्चे नक्सा जारी गरेपछी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल शुरु भएको बताउनुभएको छ ।
अखिल नेपाल महिला संघ काभे्रले बिहीबार बनेपामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो । नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री अर्यालले राष्ट्रियताको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिएका कारण प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई पदबाट हटाउने प्रयासमा विभिन्न गतिविधिहरु शुरु भएको बताउनुभयो । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले चुच्चे नक्सा जारी गरेपछी केपी ओलीलाई नफाली नहुने गरी खेल शुरु भयो । उहाँहरु त्यसरी लाग्नुभयो’, मन्त्री अर्यालले भन्नुभयो, ‘पहिलोपटक नाकाबन्दीको विरुद्धमा उभिदा र दोस्रोपटक चुच्चे नक्सा ल्याएपछी प्रधानमन्त्री ओलीलाई हटाउन विभिन्न प्रकारका खेलहरु भइरहेकाछन् ।’
प्रधानमन्त्री ओली राजनेता बन्ने भयो भनेर नै उहाँकाविरुद्ध विभिन्न आरोप लगाएर सत्ताबाट फाल्ने ढंगले आफ्नै पार्टीका नेता अगाडी बढेकोले अहिलेको अवस्था सिर्जना भएको मन्त्री अर्यालको भनाइ थियो । आगामी वैशाखमा हुने निर्वाचन कसैले नसोचेको निर्वाचन हुने भन्दै उहाँले यो निर्वाचनबाट फेरिपनि केपी ओली नेतृत्वको पार्टीले जित्ने दाबी गर्नुभयो । वैशाखमा हुने निर्वाचनबाट गणतन्त्र खतरामा पर्ने भनेर केही पक्षले भन्दै आएको भन्दै मन्त्री अर्यालले तर वैशाखको निर्वाचनबाट गणतन्त्रलाई खतरा नभएर प्रचण्ड–नेपाल पक्षको पद धरापमा परेको बताउनुभयो ।
अबको जमाना प्रतिस्पर्धा, क्षमताको भएको भन्दै उहाँले बिना प्रतिस्पर्धा कँहीपनि पुग्न नसकिने बताउनुभयो । त्यसकारण नेतृत्वमा आउने सबै महिलाहरुले समयअनुसार प्रतिस्पर्धी क्षमताको विकास गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

ताजा

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal