वालिङ महोत्सवको सम्झना स्वरुप समिक्षात्मक कार्यक्रम


वालिङ,१५ माघ– जिल्लाकै मध्यभागमा रहेको वालिङ बजार यतिबेला महोत्सव आयोजना गरेर बेहुली झैं सिंगारिएर झकिझकाउ हुने गथ्र्यो । कोरोना महामारीका कारण देशैभरिका मेला महोत्सवहरु प्रभावित हुन पुगे । भव्य र सभ्य महोत्सव भनेर देशैभर चर्चा कमाएको वालिङ महोत्सव पनि कोरोना संक्रमणका कारण यस पटन सञ्चालन हुन सेकन । कोरोनाको चपेटामा परेको वालिङ महोत्सवको विगतको सम्झना गर्दै वालिङ उद्योग वाणिज्य संघले बिहीबार महोत्सवको सम्झना स्वरुप समिक्षात्मक कार्यक्रम गरेर मनाएको छ ।
२०६३ देखि २०७५ सम्म सातौं महोत्सव सम्पन्न गरेको संघले यो वर्ष आठौं वालिङ महोत्सव गर्ने कार्यक्रम रहेको थियो । कोरोना महामारीका कारण यो वर्ष मेला महोत्सवहरु नहुने भएकाले समिक्षात्मक कार्यक्रम गरेर मनाएको हो । संघको निर्णय अनुसार यहि माघ १५ गते शुभारम्भ गरिने महोत्सवको सम्झना स्वरुप समिक्षात्मक कार्यक्रम गरिएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले बताउनुभयो । वालिङ उद्योग वाणिज्य संघ मेचि, जनकपुर, चितवन, लेखनाथ, रोल्पा, जुम्ला र धनगढी गरी सातवटा प्रदेशका संघसँग समन्वय गरेर आगामी महोत्सव मनाउने कार्यक्रम रहेको समेत अध्यक्ष पौडेलले बताउनुभयो । प्रत्येक दुई वर्षको अन्तरालमा गरिने महोत्सव यस पटक गर्न नपाए पनि समय र परिस्थिति प्रतिकुल नभएमा आगामी वर्ष आठौं संस्करणलाई निरन्तरता दिने पनि अध्यक्ष पौडेलले जानकारी दिनुभयो । साथै अव संघले बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरेर बचत तथा ऋणको कारोबार समेत गर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।

ताजा

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal