आँधीखोला गाउँपालिकामा शैक्षिक सप्ताह सम्पन्न
स्याङ्जा,२९ मङ्सिर– आँधीखोला गाउँपालिकामा शैक्षिक सप्ताह सम्पन्न भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत माध्यामिक तह स्तरिय छात्र छात्रा भलिबल खेलका साथै अन्य विभिन्न छ विधाका अतिरिक्त क्रियाकलापहरु सम्पन्न भएका छन् ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले खेलकुद र अतिरिक्त क्रियाकलापले विद्यार्थीको शारीरिक एवं सृजनात्मक क्षमतामा अभिवृद्वि हुनुका साथै अनुशासित बनाउदै लैजाने बताउनुभयो ।
खेलकुद तर्फ आँधीखोला गाउँपालिका भित्रका माध्यमिक तह स्तरीय छात्र तथा छात्राहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा छात्रतर्फ प्रथम त्रिशहीद नमुना मावि, पञ्चमूल भएको छ भने द्वितिय श्रवण मावि बाङसिङ र तृतीय जनप्रदीप मावि चिलाउनेबास भएका छन् । त्यस्तै छात्रातर्फको प्रतियोगितामा प्रथम स्थान श्रवण मावि ले र द्वितिय स्थान जनप्रदिप माविले हासिल गरेको जानकारी आँधीखोला गाउँपालिकाका सुचना प्रविधि अधिकृत रोशन लामिछानेले बताउनुभयो ।
त्यसै गरी मंसिर २९ गते सञ्चालन भएको विविध अतिरिक्त क्रियकलाप अन्तरगत हाजिरी जवाफ तर्फ श्रवण मावि प्रथम, त्रीशहिद नमुना मावि द्वितिय र प्रधुम्न पनेरु मावि. तृतिय भएका छन ।
त्यस्तै नेपाली हिज्जे मा प्रधुम्न पनेरु मावि प्रथम, त्रीशहिद नमुना मावि द्वितिय र जनप्रिय मावि तृतिय भएका छन । अंग्रेजी हिज्जे प्रतियोगितामा जनप्रदिप मा.वि. प्रथम, भगवती मावि द्वितिय र त्रि शहिद नमुना मावि तृतिय भएका छन ।
नेपाली श्रुतिलेखन मा जनप्रदिप माविकी स्वस्थानी सापकोटा, शारदा माविकी आकृति ढकाल र त्रिशहिद नमुना माविकी सृष्टि ढकाल क्रमस प्रथम, द्वितिय र तृतिय भएका छन ।
अंग्रेजी श्रुतिलेखनमा प्रधुम्न पनेरु माविका सबिन भुजेल प्रथम, जनप्रदिप माविकी सम्पन्न पोख्रेल द्वितिय र शारदा मन्दिर माविकी रोशनी ढकाल तृतिय भएका छन् ।
चित्रकला प्रतियोगितामा जनहित माविकी डिम्पी गुरुङ्ग, शारदा मन्दिर माविकी सिम्रन ढकाल र जनहित मा.वि. का विकास नेपाली क्रमश प्रथम, द्वितिय र तृतिय भएका छन ।
विद्यालय स्तरबाटै खेलाडिहरु उत्पादन गर्ने उद्देश्य अनुरुप सञ्चालन गरिएको प्रतियोगिताबाट धेरै विद्यार्थी खेलाडिहरुको प्रतिभा देखिएको र उनीहरुले आफुलाई निखार्ने अवसर पाएको कुरा समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्मिला देवी पौडेलले बताउनुभयो ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार























