स्मार्ट वालिङको सडक हिउँदमा हिलाम्मे

गोपाल जि टी

वालिङ,२९ मङ्सिर– स्मार्टसिटीको अवधारणा सहित अगाडि बढेको स्याङ्जाको वालिङ नगरमा मध्य हिउँदका बेलापनि सडक हिलाम्मे भएर नागरिकहरु सास्ती खेपिरहेका छन् । नगरपालिकाको केन्द्र मानिने वडा नम्वर ८ मा सडक हिलाम्मे भएर नागरिकहरुले सास्ती खेप्न बाद्य भएका हुन् । सिद्धार्थ राजमार्गमा पर्ने वालिङ बजार चोकदेखि झण्डै १ किलोमिटर दक्षिण मियालेटोल नजिकैको सडक पानीको निकास नहुँदा अस्तव्यस्त छ । झण्डै एक महिनादेखि सडक हिलाम्मे भएर हिडडुल गर्न समेत मुश्किल परिरहेको छ ।

स्मार्टसिटीका लागि विभिन्न सुचकाङ्कहरु तयार गरी आप्mना गतिविधि सञ्चालनमा ल्याएको नगरपालिकाले उद्घोष गर्दै आएका आएको छ । तर मध्य हिउँदका बेलामा पनि सवारी साधनमात्र नभएर पैदल हिँड्न समेत मुश्किल छ । यो क्षेत्रमा रहेका साढे तीन दर्जन घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् । यहि बाटो भएर वालिङदेखि काफलडाँडा हुँदै चापाकोटसम्म जाने दर्जनौ साना गाडिहरु दैनिक गुडिरहेका हुन्छन् । यसका साथै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व रहेको प्रसिद्ध गह«ौंसुर मन्दिरमा पनि यहि बाटो भएर जानुपर्छ । वडा अध्यक्ष कमल सुवेदीलाई पटक पटक गरेका गुनासाको कुनै सुनुवाई नभएको स्थानीयहरु बताउँछन् ।

स्थानीय मियाँले टोलवासीका साथै विपीचोकवासीको समेत पाइपात पर्नेहुँदा धेरैले सास्ती भोग्न बाद्य छन् । सडक विस्तारका नाममा करोडौं बजेट खर्च गरिएको भएपनि नालीको समेत व्यवस्था हुन नसक्नु दुःखको कुरा हो ।

सिंह दरबारको अधिकार स्थानीय सरकारमा आएको यहि हो त ? आज वालिङ नगरवासीहरुलाई यहि प्रश्नले सताइरहेको छ । सुनुवाई गर्नुपर्ने निकायले नै गुनासा र समस्या सुन्दैन भने अब कोसँग गुहार माग्ने ?भनी नागरिकहरु पिडामा छन् । स्थानीय निर्वाचन भएको ४ वर्ष पूरा भैसक्दासम्म पनि शाखा सडकको समेत व्यवस्थापन नहुनुले आम नागरिकहरुमा चासोको विषय बनेको छ ।

ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट

२०८१ फाल्गुन १ गते, बिहीबार

इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता

२०८१ माघ ३० गते, बुधबार

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

२०८१ माघ ३० गते, बुधबार

गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

२०८१ माघ ३० गते, बुधबार

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

२०८१ माघ २८ गते, सोमबार

शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया

२०८१ माघ २८ गते, सोमबार

कास्की कारागारमा पानीको समस्या

२०८१ माघ २८ गते, सोमबार

चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला

२०८१ माघ २८ गते, सोमबार

वालिङमा माेटरसाइकल दुर्घटना हुँदा युवककाे मृत्यु

२०८१ माघ २८ गते, सोमबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal