अखिल अध्यक्षमा सुनिता बराल, सचिवमा स्याङ्जाका भट्टराई

काठमाडौँ,२ असोज– नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन हुनुभएको छ । ललितपुर स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनःगठन गर्दै बराललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

निवर्तमान अध्यक्ष ऐन महरले बैठकमा राजीनामा दिएपछि बरालको अध्यक्षतामा ४ सय ६ सदस्यीय केन्द्रीय कमिटी पुनःगठन गरेको अनेरास्ववियुले जनाएको छ । पुनःगठित केन्द्रीय कमिटीले आगामी अखिलको २३औँ महाधिवेशन गराउने छ।

नवनिर्वाचित अध्यक्ष बराल अखिलको केन्द्रीय सदस्य, सचिवालय सदस्य, सचिव र उपाध्यक्ष भइसक्नुभएको छ । उहाँ अखिलमा महिलाबाट अध्यक्ष बन्ने तेस्रो हुनुहुन्छ । यस अघि रामकुमारी झाँक्री र नवीना लामा अखिलको अध्यक्ष भइसक्नुभएको छ।

सङ्गठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने र महासचिवमा समिक बडालले जिम्मेवारी पाउनुभएको छ भने सचिवमा स्याङ्जाका सुजन भट्टराई चयन हुनुभएको छ । उहाँले गण्डकी प्रदेशको इन्चार्जको समेत जिम्मेवारी प्राप्त गर्नुभएको छ । कालीगण्डकी गाउँपालिका स्थायी घर भएका भट्टराई लामो समयदेखि विद्यार्थी राजनीतिमा सकृय हुनुहुन्छ । निवर्तमान अध्यक्ष ऐन महर, उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला र शैलेश लामाले अखिलबाट बिदा लिनुभएको छ।

ताजा

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal