गणेशमानको २५औँ स्मृतिमा विद्यार्थीलाई पोशाक वितरण
तोलाकान्त बगाले
वालिङ,२ असोज– नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । गणेशमान फाउण्डेसन काठमाडौँले गणेशमान स्मृति आधारभूत विद्यालय वालिङ ११ बिसौनीमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।
फाउण्डेसनले विद्यालयका करिव ६५ जना विद्यार्थीलाई ट्रयाकसुट, टोपी, मोजा, गलबन्दी, जुत्ता वितरण गरेको हो । पोशाक वितरण कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खांँणले शैक्षिक गुणस्तर बृद्धि गर्नतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षाको विकास नभई अन्य विकास हुन नसक्ने भएकाले आधुनिक र प्राविधिक शिक्षामा जोड दिंदै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले वालिङ नगरपालिकाको शैक्षिक गुणस्तर सुधार्नका लागि ब्रिटिश काउन्सिलसित तीन वर्षका लागि सम्झौता भई काम शुरु भईसकेको जानकारी दिनुभयो ।
विद्यालयमा आवश्यक प्राविधिक तथा अन्य सहयोग नगरपालिकाले उपलब्ध गराउने उल्लेख गर्दै उहाँले गुणस्तरीय शिक्षाले मात्रै विद्यार्थीको भविष्य उज्जवल हुने बताउनुभयो ।
पछिल्लो समय विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार आएसंँगै विद्यालयमा विद्यार्थीको चाप बढ्दै गईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारकबहादुर थापा कृष्णले बताउनुभयो ।
ताजा
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार






















