पर्यटकको बसाइ बढाउन सुुझाव

वसन्त पराजुली

सौराहा,१ असोज– कोरोना कहरका कारण रुग्ण चितवनको पर्यटन व्यवसाय उकास्न चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकको प्रवेश अवधि बढाउनुपर्ने निष्कर्षमा पर्यटन व्यवसायीहरू पुगेका छन् ।
उनीहरूले बसाइ अवधि हालको एक दिनबाट बढाएर तीन दिन पु¥याउनुपर्ने प्रस्ताव गरेका छन् तर निकुञ्ज प्रशासनले भने अनुमति दिएको छैन ।

पर्यटकीय होटल व्यवसायीहरूको छाता संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटकलाई निकुञ्जले दिने एकदिने प्रवेश पासको अवधि बढाएर तीन दिनको बनाउनुपर्ने माग गर्नुभयो ।
“पर्यटकको बसाइ लम्ब्याउने हो भने निकुञ्जभित्र पर्यटक प्रवेशको अवधि लम्ब्याउनुपर्छ,” उहाँले भन्नुभयो, “अहिले जति आएका पर्यटकको बसाइ केही दिन लम्ब्याउन सकियो भने मात्रै पनि रुग्ण पर्यटन व्यवसाय उकास्न सहयोग पुग्नेछ ।”
अहिले निकुञ्जले नेपालीका हकमा १५० रुपियाँ र विदेशीका हकमा दुई हजार रुपियाँ प्रवेश शुल्क लिने गरेको छ । यो शुल्क तिरेर पर्यटक एक दिन मात्रै निकुञ्ज अवलोकन गर्न पाउँछन् । यो प्रवेश शुल्क तिरेपछि तीन दिन निकुञ्ज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग हो ।

“एक दिन त हात्ती सफारीमै जान्छ । दोस्रो दिन जिप सवारी र डुङ्गा सवारी भयो, जङ्गलमा हिँड्न चाहने पर्यटकलाई तेस्रो दिन घुमाउन सकियो भने पर्यटकको बसाइ लम्बिने छ”, सङ्घका महासचिव गुणराज थपलियाले भन्नुभयो । उहाँका अनुसार अहिले एकै दिन सबै प्याकेज सक्दा पर्यटकले कि त कुनै प्याकेज छाड्नु परेको छ कि त हतार हतारमा थकित भएर प्याकेज पूरा गर्नुपर्ने बाध्यता छ ।
यहाँ हात्ती चढेर बाघ, गैँडाजस्ता दुर्लभ जनावर अवलोकन गर्न राष्ट्रिय निकुञ्ज खुला भएको हो । २०२९ सालमा स्थापित निकुञ्जले पाँच दशकको अवधिमा ३० लाख पर्यटकले निकुञ्ज अवलोकन गरिसकेको निकुञ्जले जनाएको छ ।कोरोना कहरअघिसम्म सामान्य अवस्थामा वर्षमा डेढ लाखको हाराहारीमा पर्यटकले निकुञ्ज अवलोकन गरेको पाइन्छ ।

आउनेमध्ये २० प्रतिशत सार्क राष्ट्रका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पर्यटकको प्रवेश अवधिकै कारण समस्या भएको भन्ने कुरा गलत भएको तर्क गर्नुहुन्छ । “पर्यटकको प्रवेश शुल्क निकुञ्जको आम्दानीसँग पनि जोडिएको सवाल हो । सामान्य अवस्थामा एकदिने प्रवेशपत्रबाटै पनि वर्षमा डेढ लाख रुपियाँभन्दा बढी पर्यटकले निकुञ्ज प्रवेश गरिरहेकोअवस्था छ,” उहाँले भन्नुभयो । उहाँले निकुञ्ज प्रवेश गर्ने व्यक्तिको नियमित अनुगमन र वन्यजन्तुको सुरक्षाका कारण पनि प्रवेश अवधिको दिन बढाउन नसकिएको उहाँले बताउनुभयो ।

“हाम्रो चिन्ता निकुञ्ज प्रवेश गर्ने व्यक्तिको नियमित अनुगमन कसरी गर्ने भन्नेमा हुन्छ,” उहाँले भन्नुभयो । चितवन हात्ती चढेर गैँडा हेर्न विश्वमा नै प्रख्यात क्षेत्र हो । निकुञ्जमा जङ्गल सफारी, हात्ती सफारीलगायतका गतिविधि गर्नै पर्यटकहरू आउँछन् ।
९३२ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा रहेका बाघ, गैँडाजस्ता दुर्लभ वन्यजन्तु, ६६० प्रजातिका चराचुरुङ्गी, विभिन्न प्रजातिका वनस्पति तथा सरिसृप पर्यटकका लागि आकर्षक मानिन्छन् । निकुञ्जभित्र रहेका बीस हजारी ताललगायतका रामसार क्षेत्रमा रहेका ताल तलैयाले पनि पर्यटकलाई तान्ने गरेका छन् । घडियाल प्रजनन केन्द्र, गिद्ध प्रजनन केन्द्र पनि पर्यटकको आकर्षण केन्द्र हुन् ।

झन्डै ९० प्रतिशत पर्यटक सौराहा भएर नै निकुञ्ज प्रवेश गर्ने गर्दछन् । सौराहाका अलवा जगतपुर, मेघौली, नवलपरासीको अमलटारीलगायतका क्षेत्रबाट पनि पर्यटक निकुञ्जमा आउने गरेका छन् तर पछिल्लो समय कोरोनाको कहरसँगै विदेशी पर्यटकको सङ्ख्या निकुञ्जमा शून्य छ ।
आएका नेपाली पर्यटकलाई पनि पूरै प्याकेज घुमाउन पाउँदा समस्या भएको छ । क्षेत्रीय होटल सङ्घले रात्रिकालीन जिप सफारी गराउन सके पनि पर्यटकको सङ्ख्या बढाउन सकिने बताउँदै आएको छ । अहिले निकुञ्जमा दिनमा मात्रै जिप सफारी छ ।स्रोतः गोरखापत्र

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal