एमालेको इतिहास चाहेर पनि कसैले मेटाउन सक्दैनः भट्टराई

स्याङ्जा,३० भदौ– नेकपा एमालेका सचिव एवं पूर्व मन्त्री योगेश कुमार भट्टराईले नेकपा एमालेको छुट्टै इतिहास रहेको बताउनुभएको छ ।उहाँले एमालेको इतिहास चाहेर पनि कसैले मेटाउन नसक्ने बताउनुभयो । नेकपा एमाले स्याङ्जा द्वारा आज जिल्ला सदरमुकामा आयोजित कार्यक्रर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताउनुभएको हो ।
नेता भट्टराईले नेता माधव कुमार नेपालले त्याग गरेर भएपनि एमाले विभाजन गर्न नहुने भन्दै नेपाल पार्टी विभाजनको तहसम्म पुगेकोले आफुहरुले साथ दिन नसकेको स्पष्ट पार्नुभयो ।

उहाँले नेकपा एमालेको इतिहास विभाजनको भन्दा पनि एकताको भएकोले आफुहरुले विभाजनको पक्षमा लाग्नेहरुलाई साथ दिन नसक्ने बाताउदै कार्यक्रतालाई एक जुट भएर संगठन विस्ताको अभियानमा लाग्न समेत आग्रह गर्नुभयो । उहाँले एमालेले विभिन्न समयमा आएका देशको विखण्डनका गतिविधीहरुलाई प्रास्त गर्दै अगाडी बढेकोले हिमाल, पहाडदेखि ताराइ सम्मका जनताको मनमा बस्न सफल भएकोले यो पार्टीलाई सडेयन्त्र गरेर कम्जोर बनाउछु भनेर सोच्नु दिवा सपना मात्रै हुने बताउनुभयो । अहिलेको अवस्थामा जतिसुकै पार्टी बने पनि प्रतिष्पर्धा दुई पार्टी बीच मात्रै हुने नेता भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो निर्वाचन प्रणाली नै त्यस्तै छ निर्वाचनका बेला जनताले दुई पार्टी रोज्छन् त्यो पार्टी एमाले र काग्रेस हो ।”

 कार्यक्रममा नेपाली कांग्रेस र अन्य पार्टी परित्याग गरी ७० जना नेकपा एमालेमा प्रवेश गरेको सचिव सुधिर पौडेलले जानकारी दिनुभयो ।

ताजा

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal