पार्टी विभाजनको पुष्टि गर्ने आधार छैन भ्रममा नपारौ ः पूर्व मुख्यमन्त्री गुरुङ
स्याङ्जा,३० भदौ– नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले माधव कुमार नेपालले पदकै लागि पार्टी विभाजन गरेको बताउनुभएको छ । नेकपा एमाले स्याङ्जा द्वारा आज जिल्ला सदरमुकामा आयोजित कार्यक्रर्ता भेलालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
नेता गुरुङले पार्टी विभाजन गर्नुको कुनै सैद्धान्तिक र नीतिगत विमती नभएको केवल पदकै लागि पार्टी विभाजन गरेकोले यो विभाजनलाई पुष्टि गरेर देखाउन समेत चुनौती दिनुभयो । गुरुङले भन्नुभयो, “नेकपा एमाले विभाजन गर्नुपर्ने कुनै कारण छैन नेपालमा कम्युनिष्ट शक्तिलाई कम्जेर पार्न सडेन्त्रमुलक ढंगले एमाले विभाजन गरियो । यसले एमालेलाई मात्रै नभएर देशलाई नै नोक्सान हुन्छ ।”
सरकारमा सहभागि गठबन्धनको ध्यान एमालेलाई कम्जोर बनाउनमा केन्द्रित भएपनि त्यो सफल नहुने उहाँले बताउनुभयो । नेता गुरुङले पार्टी विभाजन गर्ने नेपालको पहिलेदेखिकै योजना रहेकाले पार्टी एकतामा उहाँको ध्यान केन्द्रित नगरेको बताउदै नेता नेपालको विगतदेखिका गतिविधीले पार्टी एकतामा भन्दा पार्टी फुटाउने मिसनका रुपमा प्रतिपक्षी दलसंग साठगाठ गरेको समेत आरोप लगाउनुभयो ।
बाह्य शक्तिसंगको मिलेमतोमा पार्टीलाई विभाजन गरेको भन्दै जनतलाई पार्टीप्रति अनावश्यक भ्रम फैलाईएको भन्दै कुनै भ्रममा नपर्न नेता गुरुङले आग्रह गर्नुभयो । एमाले अवको निर्वाचनमा समेत पहिलो पार्टीको रुपमा उदयमान हुने भन्दै नेता गुरुङले नेता कार्यकर्ताहरुलाई संगठित भएर लाग्न आग्रह गर्नुभयो ।
एमाले केन्द्रिय सदस्य तथा पुर्वमन्त्री पद्मा अर्यालले एमाले पार्टी सबैलाई समेट्ने विसाल पार्टी भएकाले एमालेमै समाहित भएर जनताको हितमा लाग्न आग्रह गर्नुभयो । विकासको लहर ल्याउने पार्टी र जनताको सुखदुखको पार्टी नेकपा एमाले भएकाले एमालेमै रहेर काम गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व मन्त्रीहरु जगत विश्वकर्मा र खगराज अधिकारी, केन्द्रिय सदस्यहरु लिला थापा र सीता सुन्दास र नेकपा एमाले सुरक्षा विभागका सचिव स्वभीयत ढकाल लगाएतले मन्तव्य राख्नुभएको थियो । जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सुधिर शर्मा पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेता उदय श्रेष्ठले राख्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस र अन्य पार्टी परित्याग गरी ७० जना नेकपा एमालेमा प्रवेश गरेको सचिव सुधिर पौडेलले जानकारी दिनुभयो ।
ताजा
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार























