एमालेको इतिहास चाहेर पनि कसैले मेटाउन सक्दैनः भट्टराई
स्याङ्जा,३० भदौ– नेकपा एमालेका सचिव एवं पूर्व मन्त्री योगेश कुमार भट्टराईले नेकपा एमालेको छुट्टै इतिहास रहेको बताउनुभएको छ ।उहाँले एमालेको इतिहास चाहेर पनि कसैले मेटाउन नसक्ने बताउनुभयो । नेकपा एमाले स्याङ्जा द्वारा आज जिल्ला सदरमुकामा आयोजित कार्यक्रर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताउनुभएको हो ।
नेता भट्टराईले नेता माधव कुमार नेपालले त्याग गरेर भएपनि एमाले विभाजन गर्न नहुने भन्दै नेपाल पार्टी विभाजनको तहसम्म पुगेकोले आफुहरुले साथ दिन नसकेको स्पष्ट पार्नुभयो ।
उहाँले नेकपा एमालेको इतिहास विभाजनको भन्दा पनि एकताको भएकोले आफुहरुले विभाजनको पक्षमा लाग्नेहरुलाई साथ दिन नसक्ने बाताउदै कार्यक्रतालाई एक जुट भएर संगठन विस्ताको अभियानमा लाग्न समेत आग्रह गर्नुभयो । उहाँले एमालेले विभिन्न समयमा आएका देशको विखण्डनका गतिविधीहरुलाई प्रास्त गर्दै अगाडी बढेकोले हिमाल, पहाडदेखि ताराइ सम्मका जनताको मनमा बस्न सफल भएकोले यो पार्टीलाई सडेयन्त्र गरेर कम्जोर बनाउछु भनेर सोच्नु दिवा सपना मात्रै हुने बताउनुभयो । अहिलेको अवस्थामा जतिसुकै पार्टी बने पनि प्रतिष्पर्धा दुई पार्टी बीच मात्रै हुने नेता भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो निर्वाचन प्रणाली नै त्यस्तै छ निर्वाचनका बेला जनताले दुई पार्टी रोज्छन् त्यो पार्टी एमाले र काग्रेस हो ।”
कार्यक्रममा नेपाली कांग्रेस र अन्य पार्टी परित्याग गरी ७० जना नेकपा एमालेमा प्रवेश गरेको सचिव सुधिर पौडेलले जानकारी दिनुभयो ।
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार























