एमालेको इतिहास चाहेर पनि कसैले मेटाउन सक्दैनः भट्टराई

स्याङ्जा,३० भदौ– नेकपा एमालेका सचिव एवं पूर्व मन्त्री योगेश कुमार भट्टराईले नेकपा एमालेको छुट्टै इतिहास रहेको बताउनुभएको छ ।उहाँले एमालेको इतिहास चाहेर पनि कसैले मेटाउन नसक्ने बताउनुभयो । नेकपा एमाले स्याङ्जा द्वारा आज जिल्ला सदरमुकामा आयोजित कार्यक्रर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताउनुभएको हो ।
नेता भट्टराईले नेता माधव कुमार नेपालले त्याग गरेर भएपनि एमाले विभाजन गर्न नहुने भन्दै नेपाल पार्टी विभाजनको तहसम्म पुगेकोले आफुहरुले साथ दिन नसकेको स्पष्ट पार्नुभयो ।

उहाँले नेकपा एमालेको इतिहास विभाजनको भन्दा पनि एकताको भएकोले आफुहरुले विभाजनको पक्षमा लाग्नेहरुलाई साथ दिन नसक्ने बाताउदै कार्यक्रतालाई एक जुट भएर संगठन विस्ताको अभियानमा लाग्न समेत आग्रह गर्नुभयो । उहाँले एमालेले विभिन्न समयमा आएका देशको विखण्डनका गतिविधीहरुलाई प्रास्त गर्दै अगाडी बढेकोले हिमाल, पहाडदेखि ताराइ सम्मका जनताको मनमा बस्न सफल भएकोले यो पार्टीलाई सडेयन्त्र गरेर कम्जोर बनाउछु भनेर सोच्नु दिवा सपना मात्रै हुने बताउनुभयो । अहिलेको अवस्थामा जतिसुकै पार्टी बने पनि प्रतिष्पर्धा दुई पार्टी बीच मात्रै हुने नेता भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो निर्वाचन प्रणाली नै त्यस्तै छ निर्वाचनका बेला जनताले दुई पार्टी रोज्छन् त्यो पार्टी एमाले र काग्रेस हो ।”

 कार्यक्रममा नेपाली कांग्रेस र अन्य पार्टी परित्याग गरी ७० जना नेकपा एमालेमा प्रवेश गरेको सचिव सुधिर पौडेलले जानकारी दिनुभयो ।

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal