आत्मबलले बचाउँछ जीवन
चाँदनी हमाल
काठमाडौँ,३० भदौ– ‘मनको कुरालाई बाँधी नराख, गाँठो परिजाला झट्टै सुनाइदेउ’ यो एउटा पुरानो नेपाली गीतको शब्दमात्र हैन अहिलेको कोभिड समस्यासँग जुध्ने महत्त्वपूर्ण अस्त्र रहेको मनोविद् र मनोचिकित्सक औँल्याउनुहुन्छ । प्रदेश २ की २२ वर्षीया एक किशोरीको प्रयासले पनि जीवन समाप्त पार्नेभन्दा सङ्घर्ष गरेर जिउने हो भन्ने तथ्य प्रमाणित गरेको छ । बिहे गरेको केही समयमै उहाँलाई श्रीमान्ले घरेलुहिंसा र तनाव दिन थाले । भर्खर बिहे गरेको अवस्था, नयाँ घर, समाजका कारण कसैलाई आफ्नो पीडा भन्न सक्नुभएन । अति भएपछि जीवन केही रहेनछ भनेर आत्महत्याको प्रयास गर्नुभयो । यद्यपि प्रयास असफल भयो । छरछिमेकबाट माइतीघरमा कुरा पुगेपछि उहाँ फर्कनुभयो । तनाव दिने श्रीमान्सँग सम्बन्ध विच्छेद गर्नुभयो । मनो–परामर्शदाताको सम्पर्कमा आएपछि आफूजस्तै पीडामा परेकाको सारथी बन्ने अठोट लिनुभयो ।
कोरोना भाइरसको सङ्कटसँगै पारिवारिक, सामाजिक तथा आर्थिक समस्यालगायतका सङ्कट पनि पछिल्लो समय मौलाउँदो छ । मानिस आफू बाँच्ने, अरूलाई बचाउने सङ्घर्ष चलिरहेका बखत आफ्नै मनमस्तिष्कसँगको अर्को सङ्घर्षमा सपनाजस्तै गुज्रिरहेका छन् । मनोविद डा. नरेन्द्रसिंह ठगुन्नाले धेरैले आफ्नो जीवन समाप्त पार्नेसम्मको अपराधतर्फ उन्मुख हुन पुगेको बताउँदै भन्नुभयो, “अब यो मनको कुरा त्यो मनले सुन्ने वातावरण बनाउनै पर्छ । अन्यथा मानिसमा एक तमासको सोचले आत्महत्या गर्नेतर्फ धकेल्दै लग्छ ।” उहाँले कोभिड–१९ महामारीको यो समयमा विभिन्न खालका नयाँ चुनौतीको सामना अकस्मात गर्नुपर्दा साना–ठूला सबै उमेर समूहका मानिसमा मानसिक समस्या बढ्दै जाँदा आत्महत्याको सोच विकास हुने गरेको बताउनुभयो । कोभिडको समयमा एक सय बालबालिकाले आत्महत्या गर्नु त्यसको दरिलो उदाहरण भएको ठगुन्नाले बताउनुभयो ।
कोभिडले महिलामा घरधन्दा र कामको बोझसँगै घरघरमा महिला हिंसाका घटना वृद्धि गरेको नेपालका विभिन्न सरकारी निकायकै तथ्यले पुष्टि गरेको छ । ज्येष्ठ नागरिक पनि घरमै रहनुपर्दा चौतारो, सत्तल र मन्दिरका भलाकुसारी कम भएको छ ।
मनोचिकित्सक डा. प्रदीप मानन्धरका अनुसार आत्महत्या गर्नबाट जोगिन र जोगाउन जीवनमा आइपरेका समस्यासँग नडराई सामना गर्ने र अरूबाट सिक्ने सिकाउने गर्नुपर्छ । उहाँले भन्नुभयो, “आत्महत्याको प्रमुख कारकतìव मानसिक समस्या हो तर यो अवस्थासम्म पु-याउन मदिरा, लागू औषध सेवन, घरेलु हिंसा, बेरोजगारी, अपहेलना, धोका, सामाजिक कलहलगायतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।”स्रोतः गोरखापत्र
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















