नेपालबाट उन्मूलन हुन लागेको दादुरा फेरि देखिन थाल्यो

बिष्णु पाण्डेय
काठमाडौँ,३० भदौ– नेपालबाट उन्मूलन हुन लागेको दादुरा रोग फेरि देखिन थालेको छ । पछिल्ला बर्षमा नेपालमा देखिन छाडेको यो रोग गत हप्ता जाजरकोटमा दुई जनामा दादुरा सङ्क्रमण भएको पुष्टि भएको छ । कोभिड १९ को सङ्क्रमणको समयमा बालबालिका नियमित खोप प्राप्त गर्नबाट छुटेका कारण पनि यस्ता रोगहरु फेरि फर्कन सक्ने विज्ञहरुले बताउँदै आएका छन् ।
दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो,जुन मिजल्स भाइरसबाट लाग्दछ । यो रोग सामान्यतया पाँच वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप लिन सक्ने विज्ञहरुको भनाइ छ ।
स्वास्थ्यविद् डा. बाबुराम मरासिनीले दादुरा रोग निकै सङ्क्रामक रहेकाले यसले चाँडै नै महामारीको रुप लिन सक्ने देखिएकाले यसलाई नियन्त्रण गर्नु आवश्यक रहेको बताउनुभयो । पछिल्ला वर्षहरुमा नियमित खोपको सुनिश्चितता कम रहेको देखिएका कारण पनि दादुर रोग फेरि देखिन थालेको उहाँको भनाई छ । “पछिल्ला बर्षहरुमा नियमित खोप कार्यक्रम प्रभावित भएको देखिएको छ । जसका कारण नेपालमा निर्मूल हुँदै गएको दादुरा रोग फेरि देखिन थालेको छ” उहाँले भन्नुभयो ।
दादुरा रोग लागेको तीन वटा बच्चामध्ये एक जनाको ज्यान जान सक्ने भएकाले नियमित खोपमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । ९० प्रतिशत बच्चामा खोप नपुगे दादुरा खोपले महामारीको रुप लिन सक्ने उहाँको भनाइ छ ।
यस्तै संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पछिल्लो समय केही बालबालिकामा नियमित खोपको पहुँच नपुगेका कारण नै दादुरा रोगका विरामी फेला परेको हुन सक्ने बताउनुभयो । सर्वप्रथम बालबालिकामा नियमित खोपको प्रभावकारीता सुनिश्चित गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । दादुरा रोगको भरपर्दो उपचार खोप नै भएकाले यसको विस्तार गर्नु आवश्यक दखिएको उहाँले बताउनुभयो ।
यस्तै स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख सागर दाहालले दादुरा खोपको नियन्त्रणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय लागेको बताउनुभएको छ । जाजरकोटमा पनि गत हप्ता दादुरा संक्रमित फेला परेको क्षेत्रमा स्वास्थ्य टोलीले रेस्क्यु गरीसकेको उहाँले बताउनुभयो । “अहिले त्यहाँको अवस्था समान्य भैसकेको छ ,आगामी दिनमा पनि दादुराका बिरामी नभेटिउन भन्ने कुरामा मन्त्रालय सचेत छ । जसका लागि खोप नियमित खोप कार्यक्रम पनि अघि बढेको छ”उहाँले भन्नुभयो । कोभिड १९ को संक्रमणका रोक्न जारी निषेधाज्ञाका कारण कतिपय बालबालिका नियमित खोपबाट छुटे पनि अब भने सबै बालबालिकालाई कभरेज गर्नेगरी खोप कार्यक्रम विस्तार गरिने उहाँले बताउनुभयो ।स्रोतः गोरखापत्र

ताजा

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal