सहकारीले गर्यो मित्रकोटीलाई सम्मान


पोखरा,२९ भदौ- पोखरा महानगरपालिका ८ मा रहेको सनसाइन बचत तथा ऋण सहकारी संस्थाले लामो समय सम्म संस्थामा रहेर प्रबन्धकको रुपमा काम गर्दै आउनुभएका नरेन्द्र बहादुर मित्रकोटीलाई सम्मान एवं विदाइ गरेको छ । सहकारी संस्थामा रहेर लामो समय सम्म संस्थाको प्रबन्ध संचालकको रुपमा काम गरेर संस्था प्रति पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै मित्रकोटीलाई सम्मान गरिएको सहकारी संस्थाले जनाएको छ ।

एक कार्यक्रमका बिच गण्डकी प्रदेश सभा सदस्य एवं शिक्षा उपसमिति संयोजक राजीव पहारीले मित्रकोटीलाई दोशल्ला ओडाएर सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पहारीले संस्थाको प्रगतिमा कर्मचारीको महत्वपूणर् भूमिका हुनेभएकोले कर्मचारीको सम्मानले काम गर्न थप हौसला प्रदान गर्ने बताउनुभयो ।

संस्थाको प्रबन्धकको भूमीकाबाट आफु बाहिर भए पनि संस्थामा संचालक समितिको सचिवको रुपमा अजै जिम्मेवारीका साथ काम गर्ने र आफ्नो कामको कदर गर्दै सम्मानित गरेकोमा संस्था प्रति धन्यवाद दिदै संस्थाको हितमा निरन्तर लागिरहने सम्मानित हुनुभएका मित्रकोटीले बताउनुभयो । सम्मानले आफुमा थप हौसला मिलेको उहाँको भनाइ थियो ।संस्थाका अध्यक्ष गजकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका कोषाध्यक्ष नवराज अधिकारीले गर्नुभएको थियो ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal