भुइँमा मोबाइलले काम गर्दैन, अनलाइन कक्षा पढ्न रुखमै डेरा


खोटाङ,२९ भदौ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरले अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन्। 

सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागिता जनाइरहेका छन्। उनले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदै आएको बताए। 

अनलाइन कक्षा सञ्चालन भइरहेका बेला उनी रुखमा रहेको डेरामा बस्छन्। विद्यालयले २४ साउनदेखि अनलाइन कक्षामार्फत पढाइ सुरु गरेको छ। तर, नवलपुर सिम्लेमा मोबाइलबाट खासै इन्टरनेट चल्दैन। डाटा बल्लतल्ल कनेक्ट हुन्छ। कनेक्ट भइहाले जुम मिटिङमा ज्वाइन हुन सम्भव थिएन। त्यही कारण उनी ८/९ दिनसम्म अनलाइन कक्षामा सहभागी हुन सकेनन्। पढाइ छुट्न थालेपछि उनले जुक्ति निकाले। 

‘घरभन्दा माथिमाथिका डाँडामा निस्केर प्रयास गरेँ तर कनेक्सन राम्रो देखिएन। एउटा रुखको फेदमुनि बसेर चेक गरेँ। त्यहाँ कनेक्सन राम्रो देखायो। रुखमा चढ्दा अझ राम्रो कनेक्सन होला भनेर रुखमा चढेँ। अझ राम्रो कनेक्सन देखायो। जुम मिटिङमा जोडिन सफल भएँ,’ मगरले भने, ‘रुखमै चढेर दुई दिन अनलाइन क्लासमा सहभागी बनेँ। दिनभर रुखमा बसेर क्लासमा सहभागी हुन कठिन भएपछि रुखमै बस्ने डेरा बनाएको हुँ।’

छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगावले हर्षित बनाएको सरस्वती माविका निमित्त प्रधानाध्यापक नवीन चाम्लिङले बताए। 

सरस्वती माविमा कक्षा ६ देखि कक्षा १० सम्मको पठन-पाठन अनलाइन माध्यमबाट सञ्चालन भइरहेको छ। ३ असोजबाट भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्ने निर्णय हलेसी तुवाचुङ नगरपालिकाले गरिसकेको छ।  १६ वर्षीय धनकुमार परिवारको जेठो सन्तान हुन्। उनका भाइ नयन कक्षा ८ मा पढ्छन्। उनीहरु आमासँग बसिरहेका छन्। स्रोतः नेपालखबर

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal