बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुलको नाम राखियो, ‘गण्डकी गोल्डेन ब्रिज’
बागलुङ,२३ भदौ– बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएकोे झोलुङ्गे पुलको नामाकरण गरिएको छ । सो पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको हो ।
बागलुङ नगरपालिकाले छ महिना अघि विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलको नामाकरण गर्न सार्वजनिक ररुपमा आवहान गरिएको थियो ।
नगरपालिकाको आवहान अनुसार प्राप्त भएका नामहरु मध्ये बागलुङ नगरपालिका ५ मालिका निवासी घनश्याम सापकोटाले तयार गरेको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गर्ने निर्णय भएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । मङ्गलवार सम्पन्न कार्यपालिका बैठकले उक्त नाम राख्ने निर्णय गरेको हो ।
पहिलो चरणमा नगरपालिकाले उत्कृष्ट दश नाम छनौट गरेको थियो । पुलको नाम तयार गर्ने व्यक्तिलाई नगरपालिकाले २५ हजार रुपियाँ उपलब्ध गराउने समेत घोषण गरेको थियो ।
बागलुङ नगरपालिका १ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका १ अदुवाबारी जोड्ने कालिगण्डकी नदी माथी हालै निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ । पुलले एकसाथ ६ सय १२ अर्थात ८५ मेट्रिक टन लोड धान्न सक्छ । पुलको नामाकरण संगै सो क्षेत्रमा आन्तरिक एवं वाहिय पर्यटकको आकर्षण बढ्ने समेत चर्चा सुरु हुन लागेको छ ।
ताजा
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार





















