पारस खडकाद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
काठमाडौं,१९ साउन– नेपालको राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान एवम् अलराउन्डर पारस खडकाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । करिब दुई दशक नेपाली क्रिकेटमा निरन्तर राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्पर्धामा प्रदर्शनले चर्चा बटुल्नुभएका अनुभबी पारसले मंगलबार बिहान सन्यास लिने निर्णयमा पुगेको जानकारी सार्बजनिक गर्नुभएको हो ।
उहाँले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गिएपनि नेपाली क्रिकेटका लागि आफ्नो सपनालाई साकार पार्न नयाँ उचाइमा पुर्याउने विश्वास ब्यक्त गर्नुभएको छ ।
पूर्ब कप्तान पारसले आफ्नो क्रिकेट जिवनबाट सन्यास लिएको नेपाल क्रिकेट संघ(क्यान)ले पुष्टि गरेको छ ।
क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले पूर्ब कप्तान पारसनले इमेल गरी सन्यासबारे जानकारी गराउनुभएको बताउनुभएको छ । “पारसको अचानकको सन्यासको घोषणाले नेपाल क्रिकेट संघ स्तब्ध छ” भन्दै क्यानका कोषाध्यक्ष सिंहले नेपाललाई विश्वकपसम्म पुर्याउने सपनालाई साकार बनाउन उहाँको अनुभब र प्रदर्शनको खाँचो रहेको समयमा उक्त निर्णय आएको बताउनुभयो ।
पारसले आफ्नो सन्यासबारे घोषणा गर्नुभएको वक्तब्यमा नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता ब्यक्त गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको बताउनुभएको छ ।
राष्ट्रिय क्रिकेट टोलि हाल अन्तर्राष्ट्रिय एकदिबसीय श्रृखंला खेल्ने तयारीमा रहेको छ । बन्द प्रशिक्षण सोमबारबाट मात्रै सुरु भएको छ ।
पारसले सन् २००४, २००६ र २००८ को १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्नुभएको छ । सन् २००९ मा उहाँले राष्ट्रिय टोलिको नेतृत्व गर्ने जिम्मेवारी पाउनुभयो ।
सन् २००६ मा आईसीसी प्लेट च्याम्पियनशीपको सेमीफाइनलमा दक्षिण अफ्रिकालाई हराउन पारसको अन्तिम ओभरको बलिङ अझै स्मरणीय छ । गोरखापत्र
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















