काेराेना सङ्क्रमण र प्रतिकूल माैसमले अपेक्षाकृत सफलता मिलेन

छेटु शेर्पा   

काठमाडौं,१७ जेठ– गुणस्तरीय पर्यटन क्षेत्र मानिने पर्वतारोहण भोलि (मङ्गलबार) देखि बन्द हुने भएको छ । यस वर्षको वसन्त ऋतुको आरोहण अन्य हिमालको यस अघिनै सम्पन्न भइसकेको थियो भने सगरमाथा आरोहण भने मङ्गलबार सम्पन्न गरी बन्द हुने पर्यटन विभागले जनाएको छ । यस वर्षको आरोहण करिव ४५ प्रतिशतले सफल भएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

पर्वतारोहणमा प्रमुख मानिने सगरमाथा आरोहण भने खराब मौसम र कोरोना भाईरस महामारीका बीच पनि यस वर्ष लक्ष्यभन्दा बढीले आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । आधारशिविर भन्दा माथि चढेका आरोही मध्ये ९० प्रतिशत आरोहण सफल भएको तर आरोहण अनुमति लिएका आरोहीको तुलनामा भने करिव ४५ प्रतिशत मात्र आरोहण सफल भएको उहाँले जानकारी दिनुभयो । पर्यटन विभागको तथ्याङ ४३ आरोहणदलबाट ४०८ जना आरोहीले आरोहण अनुमती लिएका थिए । यीमध्ये करिब २०० आरोहीले आरोहण सम्पन्न गरेको श्रेष्ठको भनाइ छ ।

आरोही गाइड र आरोही गरी आधा रशिविरभन्दा माथि जानेको तथ्याङक ११ सय रहेको मध्ये करिव ४५० जनाले मात्र आरोहण सफल गरेका छन् । समयपरिस्थिति अनुसार चित्तबुझ्दो आरोहण नतिजा भएको उहाँले बताउनुभयो । आरोहीमध्ये माउन्टेन ट्रिप, फुर्तेम्वास ट्रेक लगायत चार कम्पनीले आरोहण रद्द गरेको गरी फिर्ता भएका थिए भने केही आरोही र आरोहीगाइडमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आरोहण प्रभावित बनेको थियो ।

अन्य वर्षभन्दा यस वर्ष मौसममा बढी खरावी भएकाले आरोहीले चुचुरो नजिकैबाट फिर्ता हुनुपरेको र आरोहणको मौका कम पाएको सेभेन समिट ट्रेकका निर्देशक एवं आधारशिविर मेनेजर टासिलाक्पा शेर्पाले जानकारी दिनुभयो । तेस्रो पटकसम्म आरोहण प्रयास भएको छ । पहिलो चरणमा तीन दिन मौसम खुल्दा बहराइका राजकुमार शेख मोहम्मद हमाल अलिफा सहितको टोलीले आरोहण सम्पन्न गर्नुभएको थियो भने दोस्रो चरणमा एक दिन मौसम खुल्दा जेठ ९ गते एकै दिन १७७ जनाले सगरमाथाको आरोहण गर्नुभएको थियो । तेस्रो चरणमा भने जेठ १७ र १८ गते मौसम सफा भएपछि आरोहण गर्ने र त्यस पछि आरोहण बन्द हुने भएको विभागको भनाइ छ ।
सगरमाथा आरोहणका लागि भने पर्यटन विभागले ७५ दिनको अनुमति दिने गरेको छ । यस पटक अमेरिकी र स्वीजल्याण्डका आरोहीको मृत्यु भएको थियो भने बाँकी दुई जना शेर्पा गाइडको मृत्यु भएको थियो । अघिल्लो वर्षहरुको तुलनामा मानवीय क्षति भने कमभएको विभागको भनाइ छ । यस वसन्त ऋतुमा पर्यटन विभागले १६ वटा हिमाल आरोहणका लागि ७४२ जना आरोहीलाई अनुमति दिएको थियो । यस वापत ७१ करोड ४८ लाख ५३ हजार ५२९ रुपैयाँ राजश्व संकलन गरेको थियो यस मध्ये सबैभन्दा धेरै सगरमाथाबाट ६६ करोड १३ लाख ४२ हजार ९८७ रुपैयाँ सङ्कलन भएको थियो । स्रोतः गोरखापत्र

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal